११ श्रावण २०८१, शनिबार

Tag: माओवादी केन्द्र

प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ। प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि तेश्रै स्थानमा छ। पहिलो स्थानमा एमाले र दोस्रो स्थानमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १०:३०  बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले...
नेकपा विप्लव  निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

नेकपा विप्लव निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
      काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारी (बिधुसि ) सहितका केही  युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ।...
अमेरिकी राजदूत थम्पसन र प्रचण्ड  बीच भेटवार्ता : नेपाली राजनीति र आर्थिक विकासबारे छलफल

अमेरिकी राजदूत थम्पसन र प्रचण्ड बीच भेटवार्ता : नेपाली राजनीति र आर्थिक विकासबारे छलफल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
१५ कार्तिक  ललितपुर : नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। खुमलटार निवासमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए। उनले भने ,‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ। तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु।’ उनले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बता‍उँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए। राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँद...
माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
             १४ कार्तिक, काठमाडौं ।आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि   नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।  ...
माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
६ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ । इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले  भने ।...
बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

बागि उम्मेदवारी दिने नेता कार्यक्रतालाई कार्वाही गर्ने ।माओवादी केन्द्र

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि जनाएको छ ।...
हरिबोलमाथि कसरी हावी भए राजन ?

हरिबोलमाथि कसरी हावी भए राजन ?

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
३१ असोज, काठमाडौं । लडेकाजति कुनै चुनाव नहारेका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली टिकट नै पाएनन् । सिन्धुलीबाट २०७० र २०७४ का दुई चुनाव जितेका गजुरेल फेरि पनि चुनाव लड्न चाहन्थे तर हाललाई उनको संसदीय राजनीतिको यात्रामा ‘ब्रेक’ लागेको छ । यसबाट असन्तुष्ट बनेका गजुरेलले भने आफूले टिकट नपाउनुको स्पष्ट कारण नदिएसम्म चुनावी गतिविधिमा सहभागी नहुने अडान लिएका छन् । स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म गजुरेल र जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को नाम सिफारिस भएको थियो । तर, अन्तिममा टिकट भने राजनले नै पाए । गजुरेलले जिल्लाबाटै आफूलाई जबरजस्ती रोक्न खोजेकोरुपमा बुझेका छन् । ‘उहाँविरुद्ध नांगो गुटबन्दी भयो,’ गजुरेल निकट एक नेता भने, ‘गाउँपालिकाका नेताहरुलाई थर्काएर एउटा मात्...
अर्थ मन्त्री शर्माले गरे उम्मेदवारी दर्ता ।

अर्थ मन्त्री शर्माले गरे उम्मेदवारी दर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ असाेज रुकुम : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नेकपा माओवादी केन्द्र का प्रभाव शालि नेता अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर) ले रुकुम पश्चिम बाट उम्मेदवारी दर्ता गरेका छन । आज अपरान्ह मुसिकाेट खलंगामा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यलय मा पुगि  संगै प्रदेश क बाट महेन्द्र के सि र ख बाट राजकुमार शर्मा ले पनि उम्मेदवारी दर्ता गरायका हुन ।...
‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ प्रचण्ड

‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ प्रचण्ड

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
    २३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताएका छन् । गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन् । प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए । ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ,’ उनले भने, ‘मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’ गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले बताए । ‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो ला...
प्रचण्ड र  डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

प्रचण्ड र डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
२२ असोज, काठमाडौं । आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका थिए बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई अन्तर हृदयदेखि स्वागत गरेको बताएका छन् । भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । बाबुरामको सचिवालयका एक सदस्यले भोलि (आइतबार) उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा जाने जानकारी दिए ।निर्वाचन आयोगले आइतबार ...