२३ भाद्र २०८१, आईतवार

माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

लेखक : राम बहादुर सिंह

             १४ कार्तिक, काठमाडौं ।आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि   नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ ।

माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।