२३ भाद्र २०८१, आईतवार

Tag: भुकम्प

पश्चिम नेपाल केन्द्र बिन्दु भएर ५.९ स्केलकाे भुकम्प गयाे

पश्चिम नेपाल केन्द्र बिन्दु भएर ५.९ स्केलकाे भुकम्प गयाे

Breaking News, माैसम, विज्ञान प्रबिधि
१० माघ, काठमाडौं । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन सुर्खेत का कर्मचारी ले जानकारि दिय  । भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् । थप बिबरण आउन बाकि छ ..?  ...
बाग्लुङ केन्द्र बिन्दु भएर मंगलबार राति भुकम्प महसुस

बाग्लुङ केन्द्र बिन्दु भएर मंगलबार राति भुकम्प महसुस

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
 बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएक‍ो छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १:२३ देखि ३:२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो। राति १:२३ मा अधिकारी चौर भएर ४.७, राति २:७ मा खुंगा केन्द्रविन्दु भएर ५.३ र राति ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।   ...
अछाम केन्द्रविन्दु भयर भुकम्प

अछाम केन्द्रविन्दु भयर भुकम्प

Breaking News, पुर्वाधार, समाचार
अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर हिजो (मंगलबार) साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।...
बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ  ।साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।  ...
डोटीमा भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

डोटीमा भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
            २३ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि मन्त्री खाँणले जानकारी लिएका छन् । उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पन...
डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ ।  उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको  अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।•...