३१ भाद्र २०८१, सोमबार

Tag: भुकम्प

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड उपमेयर सरिता सिंह लगायत ५४ जनाकाे ज्यान गयकाे छ

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प, नलगाड उपमेयर सरिता सिंह लगायत ५४ जनाकाे ज्यान गयकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट ।जाजरकोट केन्द्र बिन्दु भयर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गयकाे हाे ।जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन । हाल सम्म नलगाड नगरपालिकाकि उपप्रमुख सरिता सिंह लगायत ५४ जनाको मृत्यु भएको छ खबर प्राप्त भयकाे छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको ...
धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हाे।  
काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।काठमाडौं उपत्यकामा ७:३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
अफगानिस्तानमा भुकम्प जादा १०० जनाकाे ज्यान गयाे

अफगानिस्तानमा भुकम्प जादा १०० जनाकाे ज्यान गयाे

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । कतिपय मिडियाहरुले भूकम्पमा परी ३०० भन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक गरिरहेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन । अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले १०० जनाको मृत्यु भएको पुष्टि गरेको अलजजिराले जनाएको छ ।...
प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" आज भुकम्पले क्षति ग्रस्त भयकाे ठाउँमा, स्थलगत अध्यनका लागि बझाङ जादैछन । प्रधानमन्त्री सहित १८ जनाकाे टाेलि आज बझाङ जादै छ । प्रधानमन्त्री का साथमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ ,परराष्ट्रमन्त्री एनपि साउद , सांसद भानुभक्त जाेशी, गृह सचिव , राष्ट्रिय बिपद् जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख लगायतकाे टिम जादैछन । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प मा परि २७ जना घाइते भयका छन भने एक जनाकाे मृत्यु भयकाे छ । प्रदेश भरि ७६ वटा निजि घर तथा एउटा  सरकारी कार्यलय पुर्ण रुपमा क्षति भयकाे छ भने ३ सय १ निजि घर र ३२ वटा सरकारी कार्यलयमा आंशिक क्षति पुगेकाे सुदुरपश्चिम  कार्य संचालन केन्द्रले जनायकाे छ । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क...
सुदुरपश्चिमकाे बझाङ केन्द्र बिन्दु भयर ६.३ रेक्टर स्केलकाे भुकम्प गयाे

सुदुरपश्चिमकाे बझाङ केन्द्र बिन्दु भयर ६.३ रेक्टर स्केलकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं ।आज दिउसाे सुदुरपश्चिम केन्द्र बिन्दु भयर भुकम्प गयकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हाे ।त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए । स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।...
बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ । यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।...
टर्की भुकम्प परि  हाल सम्मा २८ हजारकाे मृत्यु सयाै घाइते

टर्की भुकम्प परि हाल सम्मा २८ हजारकाे मृत्यु सयाै घाइते

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विगन्यूज, समाचार
२९ माघ, काठमाडौं । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८  हजार नाघेको छ  भने हजारौँ घाइते भएका छन् । टर्कीएमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५  जनाले ज्यान गुमाएको तठ्ठ्यांक छ । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भ...
टर्कीमा ७.८ स्केलकाे भुकम्प ,हाल सम्म ९० जनाकाे ज्यान गयाे ।

टर्कीमा ७.८ स्केलकाे भुकम्प ,हाल सम्म ९० जनाकाे ज्यान गयाे ।

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विज्ञान प्रबिधि, समाचार
टर्कीमा सोमबार बिहान शक्तिशाली ७.८ म्याग्निच्युटकाे भुकम्प गयकाे बीबीसी ले जनाएको छ । बीबीसी टर्की सेवाका संवाददाताबाट प्राप्त जानकारीअनुसार भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो। यूएसजीएसले  जनाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयानुसार बिहान ४.१७ बजे गएको थियो। यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो। टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले ट्वीटरमा भूकम्प प्रभावित क्षेत्रमा सुरु भएको उद्धार कार्यको जानकारी दिएका छन्। टर्की र सिरियामा गरी अहिलेसम्म ...
जुम्ला र मुगुका बासिन्दा भुकम्प काे त्रासले घर भित्र जादैनन्

जुम्ला र मुगुका बासिन्दा भुकम्प काे त्रासले घर भित्र जादैनन्

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
१६ माघ जुम्ला  ।भूकम्प आउदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर वाहिर निस्केर आगो वालेर बसिरहेका छन् । मानिसहरुले दुख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक मानिसको खोजी शुरु गरेको हो । जुम्लाको माईनस डिग्री कठाग्रिदो चिसोमा मानिसिहरु भुकम्प आउदैछ भन्ने हल्लाले घर भित्र पस्न त्रासले  वाहिर बस्न वाध्य भएका छन् । भुकम्प आउदैछ रे, भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिईरहेका छन् । भुकम्प आउदैछ भन्ने बिषय स्थानीय प्रशासनलाई समेत टेलिफोन आईरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफुलाई रातभर फोन आएर हैरान बनाएको बताउनुभयो । यता पनि फोनहरु आईरहेका छन् । यो भ्रामक हल्ला हो । मानिसहरुलाई यसरी दुख दिनेलाई खोजी कार्य शुरु भएको र कारवाही गरिने प्रमुख जिल्...