११ श्रावण २०८१, शनिबार

Tag: भुकम्प प्रभावित क्षेत्र

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :पुर्ननिर्माणका लागि सरकारले प्रति परिवार पाँच लाख अनुदान दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार घर निर्माणका लागि पाँच लाख अनुदान दिने निर्णय गरेको हो । पुनर्निर्माणका लागि सरकारले आन्तरिक स्रोत, बाहृय सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । कार्यविधि अनुसार भूकम्प प्रतिरोधी घरको ढाँचा तयार गरी पुनर्निर्माणको काम अघि बढ्ने बताईयकाे छ। भूकम्प गएको चार महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । "कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाहृय स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,"गृह मन्त्री श्रेष्ठले भने । जाजरकोटमा हालसम्म ४२ हजार...
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका  लागि सस्तो ब्याजमा ऋण पाईने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  । यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपाल राष्...
आरसिपि नेपालकाे केन्द्रीय “जनसेवा अभियान” टिम राहत र पुनःनिर्माणका लागि भुकम्प प्रभावित क्षेत्रमा पुग्याे

आरसिपि नेपालकाे केन्द्रीय “जनसेवा अभियान” टिम राहत र पुनःनिर्माणका लागि भुकम्प प्रभावित क्षेत्रमा पुग्याे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनकाे नेतृत्वको केन्द्रीय "जनसेना अभियान" टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा  पुगेकाे छ ।भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुर्ननिर्माणको लागी नेता सुदर्शनकाे नेतृत्वमा पार्टी निकट बिद्यार्थी संगठनका केन्द्रीय संयाेजक मिलन राई,क्रान्तिकारी युवा संगठनका केन्द्रीय कार्यलय सदस्य प्रमाेद सिंह, मजदु संगठन का केन्द्रीय संयोजक दिनेश शर्मा लगायत ४० जनाकाे  अभियान टोलि राहत सामग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा आइतबार पुगेकाे  हो । भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उ...
भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर  जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

भुकम्पकाे केन्द्र बिन्दु मकवानपुर जिल्लाकाे चित्लाङ, ४.५ म्याग्निच्युड

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : १ बजेर १९ मिनेट जाँदा मकवानपुर जिल्लाको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियाे।    
भुकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणका लागि १अर्ब ४१ कराेड निकाशा

भुकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणका लागि १अर्ब ४१ कराेड निकाशा

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं : भूकम्प प्रभावित जिल्लामा अस्थायी घर निर्माण गर्न पहिलो किस्ताको  १अर्ब,४१ कराेड रकम निकासा भयकाे छ । साेमबार नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो ।  सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम निकासा भएको प्राधिकरणको भनाइ छ । भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए । जाजरकोट र पश्चिम रुकुमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ । निकाशा भयकाे रक...
भुकम्प पिडितका अस्थायी टेन्टमै पुगेर उपचार गर्दै :स्वास्थ्य जनस्वयंसेवक

भुकम्प पिडितका अस्थायी टेन्टमै पुगेर उपचार गर्दै :स्वास्थ्य जनस्वयंसेवक

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर भुकम्प पिडितहरुका टेन्ट मै पुगेर उपचार गरेका छन् ।कुशे गाँउपालिकाका वडा नम्बर १ स्याँक्रिमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन,नेपालका स्वास्थ्य टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर भुकम्पबाट विस्थापित पिडितका अस्थायी टहराहरुमा पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् । जन स्वयंसेवकका २ नम्बर टाेलि कमान्डर अनन्तकाे नेतृत्वमा HA डाक्टर संन्जय लावड,जनसंचारका दिग्दर्शन,जनस्वयंसेवकका जनसेवकहरु र स्थानीय जनस्वयंसेवकहरु लगायतको उपस्थितिमा उपचार गरिएको हाे । भुकम्पमा परि घाइते भएका र भुकम्पबाट विस्थापित पिडितहरु अस्थायी टेन्टबाट बस्नुपर्ने बाध्यताले माैसमि चिसोले गर्...
क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका लागि शुरु गर्याे जनसेवा अभियान

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका लागि शुरु गर्याे जनसेवा अभियान

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
  जाजरकोट : माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि आजबाट जनसेवा अभियान शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गाेपि सिंहकाे घर भुकम्पले क्षतविक्षत बनाएकाे घरलाई पुर्ननिर्माणकाे लागि शुरुवात गरेको हाे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने "दिपक" लगायतकाे टिम जिल्लामा पुगि यतिबेला भुकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिरहेकाे छ। शनिबार स्वास्थ्य सामाग्री सहित भुकम्प  प्रभावित क्षेत्र जाजरकोट पुगेर जिल्ला अस्पतालमा सामाग्रीहरु हस्तान्तरण गरि भुकम्पले क्षेतिग्रस्त घरहरुकाे उद्धारमा खटिएका हुन ।  इन्चार्ज दिपकका साथमा ६ नम्बर प्रदेश समिति संयाेजक संगम,जाजरकोट जिल्ला ईन्चार्ज अनन्त ,केन्द्रीय सदस्य विपिन,क्रान्तिकारी युवा संगठन नेपालका ...
माओवादी केन्द्रका द्धाेय उपमहासचिव बस्नेत र शर्मा भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिरहेका छन

माओवादी केन्द्रका द्धाेय उपमहासचिव बस्नेत र शर्मा भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिरहेका छन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।नेकपा माओवादी केन्द्रका उपमहासचिव द्वाेय शक्ति बहादुर बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ भुकम्प प्रभावित क्षेत्रमा उद्दार-राहतमा जुटिरहेकाछन । पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकर र पुर्व गृह तथा बर्तमान -उर्जा जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर  बस्नेत भुकम्प प्रभावित क्षेत्रका पीडितसँगै छन् । उद्दार कार्य सकिएपछि अहिले राहत तथा पुनःस्थापनाको  कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन शर्मा रुकुम र बस्नेत जाजरकोटका पिडितहरुसंगै सुखदुःखमा खटिरहेका छन ।२०७९ काे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस संगकाे गठबन्धनमा शर्माले रुकुम पश्चिम बाट ३९,५४९ मत ल्याई बिजयी भयका थिय भने जाजरकोटकमा बस्नेतले पनि ३४,१५१ मत प्राप्त गरि विजयी भयका थिय । शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२,९६१ र बस्नेतका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५,१२० मत प्राप्त गरि पराजित भ...