काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।
आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो ।
बैठकमा संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, विधेयकलगायतका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौँ । आफ्ना मन्त्रीहरूले प्रभावकारी काम गर्नुभन्दै नेपाली कांग्रेसले सात बुँदे निर्देशन दिएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दल कार्यसमिति बैठकले मन्त्रीहरूलाई सात बुँदे निर्देशन दिएको हो । पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सरकारलाई सात बुँदे सहमति अनुसार अघि बढाउन सात बुँदे निर्देशन दिइएको हो ।
निर्देशनहरू
१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।
२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन सक्रियतासहित कार्य गर्ने ।
३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।
४) चालू आर्थिक वर्षको बज...
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।
धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।
खाँण पक्राउ परेलगत्तै देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । त्यसपछि शीर्ष नेताहरुसँग देउवाले छलफल गरेका थिए । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन...
१८ माघ काठमाडौं ।सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् ।
तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ ।
यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधान...
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका छन् ।
देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गर्रै देउवा विजयी भयका हुन्।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो ।
निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ। देउवाले गगनलाई ३९ मतले पराजित गरेका हुन्।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए , भने देउवालाई उपसभापति रामचन्द्र पाैडेल र पुर्ण बहादुर खड्का काे समर्थन थियाे ।...
नेपाली कांग्रेसको संसदीय दलका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने पक्का भएको छ।
कांग्रेसको निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा दुवै नेता यथावत रहेका छन्।
दलको चुनावअघि देउवाको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा पस्तावकमा बसेका छन्।
त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्।
अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ। तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ।
कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन्। अदालतमा मुद...
काठमाडौं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंसिर ४ को चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्।
राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको भेटघाटमा नेता सिंहले आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे। ।
नागरिकले चाहेजस्तो राजनीतिक परिवर्तन भए पनि आम नेपालीको जीवनस्तर बदलिन नसकेको नेता सिंहले बताए।आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न मतदातालाई उनले आग्रह गरेका छन्।
‘अवसर पाउँदा कसले के गरिरहेकोछ, कुन राजनीतिकले दल के गरिरहेको छ, कुन नेता के गर्दै छन्’, उनले भने, ‘यी सबको लेखाजोखा गर्नुहोला र विवकेपूर्ण निर्णय लिनुहोला...
१३ कार्तिक काठमाडौं ।कांग्रेसका बाैद्धिक नेता नरहरि आचार्यले काठमाडौं- ५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्।
आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्।
‘काठमाडौं- ५ मा युवाहरूको बलियो टिम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टिमले जिते मात्र काठमाडौं- ५ मा विकासका ढोका खुल्न थाल्छन्।’
साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए। ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीपजीले घच्घच्याउनुहुनेछ,’ आचार्यले भने।
अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रस्ट पारे। त्यसैले, गठबन्धनप्रति जिम्मेवार र...
काठमाडौं : नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन्।
तिहार अगाडि नै संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा सूचना निकालेर स्थगित भएको थियो । कांग्रेसले माओवादी केन्द्र, लोसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ।
कांग्रेसले संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार नारा तय गरेको छ। १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश सदस्यका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ।...
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सात वटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागपछि मतादेशलाई धोका दिन पाइन्न भन्नेमा आफूहरु प्रष्ट रहेको उनले बताए ।
ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले बुधबार काठमाडौं क्षेत्र नम्बर ४ मा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’
आग्रह पूर्वाग्रह, सनक वा महत्वकाक्षा कारण कसैलाई पनि दाहिने देब्रे फर्किने छुट नभएको उनले बताए । ‘गठबन्धन त जित्यो, जित्यो अब । ७ वटै प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो, संघमा पनि बन्ने हो,’ महामन्त्री थापाले भने, ‘म निर्वाचन जित्न गाह्रो देखिरहेको छैन, तर निर्वाचन पछिको दिनका निम्ति संकल्प गरेका छौं, त्यो गाह्रो देखिरहेका छन् ।
...