११ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेसले गर्याे संकल्प पत्र सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सभापति शेरबहादुर द‍ेउवाले पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन्।

तिहार अगाडि नै संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा सूचना निकालेर स्थगित भएको थियो । कांग्रेसले माओवादी केन्द्र, लोसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ।
कांग्रेसले संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार नारा तय गरेको छ। १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश सदस्यका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ।