११ श्रावण २०८१, शनिबार

यलन मस्क ट्विटर काे सीईओ आफैं बन्ने तयारीमा

वासिङटन डिसी : एलन मस्क ट्वीटरको मालिक बनेलगत्तै उनले ४ शीर्ष अधिकारीलाई हटाएका छन्। उनी आफैं ट्विटरको सीईओ बन्ने तयारीमा रहेका सञ्चार माध्यमहरुमा रिपोर्ट छ।

ब्लूमबर्गको रिपोअनुसार मस्क आफैं सीईओ बन्ने तयारीमा रहेका हुन्।

उनले हटाएका  ४ शीर्ष अधिकारीमध्ये दुई भारतीय पराग अग्रवाल र विजया गड्डे पनि समावेश छन्। पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। सोही समयमा कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट प्रतिबन्ध लगाएपछि चर्चामा आएका थिए।