५ जेष्ठ २०८२, आईतवार

Tag: नलगाड नगर पालिका

जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ८ वटा पालिकाकाे संयुक्त तालिम संचालन

जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ८ वटा पालिकाकाे संयुक्त तालिम संचालन

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :नलगाड नगरपालिकाको दल्ली जाजरकोटमा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी आठ वटा पालिकाकाे संयुक्त ६ दिने तालिमको संचालन भयकाे छ।शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त तालिमको शुभारम्भ गरिएको हो ।नलगाड र भेरी नगरपालिका जाजरकोट  सहित रुकुमपश्चिम, डोल्पा जिल्ला ८ वटा स्थानीय तहहरुको आयोजनामा उक्त तालिमको सुरुवात गरिएको हो । सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना  ले उक्त तालिमको सहजीकरण गरेको छ ।जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्युनिकरण, बायो–ईन्जिनियरिङ र मुलाधार÷जलाधार व्यवस्थापनका बिषयमा ६ दिनसम्म तालिम संचालन गरिने सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना नलगाड संयोजक चन्द्र बहादुर पुनले जानकारी दिएका छन् । तालिममा नगर तथा गाउँपालिकामा कार्यरत प्राविधिक, सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मा कार्यरत कर्मचारीहरु सहभागी रहेका छन् ...
जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट: जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ। जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटिबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो। डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । दुर्घटनामा २ जना घाइते भएका छन्।...
जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटकाे उप मेयर पदमा देवका लामिछाने (शाेभा) विजयी भएकि छिन। आईतवार भयकाे उप मेयर पदका लागी नेकपा माओवादी केन्द्रकी उम्मेदवार लामिछानेले ४२७०मत ल्याएर विजय भएकि हुन,। उनकि निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकि ईन्द्रा सिंह चन्दले ३१४७ मत ल्याएकि थिइन भने नेकपा एमाले कि उम्मेदवार सुनिता बाेहराले २५४१,राष्ट्रिय स्वतन्त्र पार्टीकि पार्वती पुनले १७९,राष्ट्रिय प्रजातन्त्र पार्टीकि सुनिता पुन रावलले ५७, र  नेपाल समाजवादी पार्टीकि पवित्रा जैशीले १५ मत प्राप्त गरेकाे  निर्वाचन अधिकृतको कार्यलय जाजरकोटले जनाएकाे छ । यश अघि नेपाली कांग्रेसबाट निर्वाचित सरिता सिंह गत २०८०/ कार्तिक १७ गते राति गएकाे भुकम्पमा परि निधन भय पछि साे ठाउमा उप मेयर पदका लागि निर्वाचन भयकाे हाे । विजयी भयकी लामिछाने जनयुद्धकाल देखि भेरि कर्णाली एफ एफ रेडियाेमा काम गर्दै हाल नलगाड एफएममा र ...
खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

खाेलामा पाैडी खेल्न गएका बालक बेपत्ता

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका-३ कैना स्थित झुप्रे खोलाले बगाउँदा ६ वर्षीय बालक महान थापा बेपत्ता भएका छ्न् ।बिहान १० बजेतिर साथीहरुसँग नजिकैको खोलामा पौडी खेल्न गएका महान बेपत्ता भएका दल्लीस्थित प्रहरीले जनाएको छ । बेपत्ता बालक स्थानीय कैनबजारका युवा व्यवसायी हरिचन्द्र थापा र बृहस्पति पुनका छोरा हुन् ।उनको परिवारजन, प्रहरीलगायतले खोजी गरिरहेका छन् ।...
नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनि विदा दिने निर्णय सार्वजनिक गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराम पोखरेलद्धारा हस्ताक्षर गरिएको प्रेस नोटमा यही माघ २७ गते नलगाड नगरपालिकाको २९ औं नगर कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको बताईएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा रहेको सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेलाई स्मण गर्दै नलगाड नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, बिषयगत शाखा र सवै विद्यालयहरुमा सार्वजनिक विदा दिने प्रेस नोटमा जनाईएको छ । विगत बर्षहरुमा फागुन १ गतेदेखि ३ गतेसम्म जनयु...
जाजरकोटमा पुलबाट खसेर एक युवाको मृत्यु

जाजरकोटमा पुलबाट खसेर एक युवाको मृत्यु

Breaking News, पुर्वाधार, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जाजरकोटमा पुलबाट खसेर एक जना युवाको मृत्यु भएको छ । साेमबार जिल्लाको नलगाड नगरपालिका वडा न-५,ऐरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नलसिंङगाड खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका शाहीकाे टाउको र शरिरको भित्री भागमा चोट लागेको र घाइते अवस्थामा उनलाई प्राथामिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज पठाइएकोमा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी सन्तोष रोकाले जानकारी दिए ।...
नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोट प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई बताएका हुन । विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने अधिकृत भट्टराइको भनाई छ । १०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ । सबै पा...
भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जाजरकोटको नलगाड नगरपालिकाकाे चिउरी गाउँमा  पुगेर अभिभावक विहिन प्रेमकला विकलाई भेटी राहत हस्तान्तरण गरेका छन्।भुकम्पमा अभिभावक गुमाएकी ९ वर्षीया प्रेमकला विकको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो । तिनै प्रेमकला विकको लागि काठमाडाैँ दशरथ रंगशालाका खेलाडिहरुले पठाएको राहत स्वरुपको नगद रकम नेता सुदर्शनले प्रेमकलालाई मंगलबार हस्तान्तरण गरेका हुन् ।"दिलिप स्मृति प्रतिष्ठान"का अध्यक्ष एवम् प्रशिक्षक राजेन्द्र खत्रीका स्वर्गीय छोरा दिलिप खत्रीको सम्झनामा स्थापना गरिएको आवद्ध ३८ जना खेलाडिहरुले उठाएको रकम प्रेमकलालाई हस्तान्तरण गरिएको हो । स्वर्गीय दिलिप खत्रीका बुवा राजेन्द्रले क्रान्तिकारी कम्युनिस्ट पार्टीका ३ नम्बर प्रदेश कार्यालयका सहायक सचिव झनक श्रेष्ठ ‘प्रज्वल’लाई हस्तान्तरण गरेको उक्त...
एउटै याेजना दुई कार्यलयबाट भुक्तानी

एउटै याेजना दुई कार्यलयबाट भुक्तानी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक, एउटै उपभोक्ता समितिले भुक्तानी दुई कार्यालयबाट लिएको भेटिएको छ । गत आर्थिक बर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी दिइएको हो । एउटा नक्कली उपभाेक्ता समिति खडा गरी २०८० असार मसान्तमा हतारहतारमा भुक्तानी लिईयकाे छ। नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको भेटिएको हो । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौ संशोधन) ले गरेका व्यवस्था प्रतिकुल हुनेगरी उनै उपभोक्ताहरु रहेकाे समितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिएको पाइएको छ। उपभोक्ता समितिकै एक जना सदस्यले पेटी ठेक्कामा लिएर काम गरेको दुवैतिरबाट भुक्तानी लिएको पाइएकोछ। स्था...
मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

मिल चलाउने क्रममा घाईते एक महिला लाई हेलिकप्टरबाट काठमाडौं उद्धार

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं ८ कि पशुपति चन्द आफ्नो जिविकाे पार्जनकाे लागि मिल चलाउने क्रममा उक्त मिलमा परेर सिकिस्त घाइते भयपछि हेलिकप्टर मार्फत काठमाडौं उद्धार गरियकाे छ । नलगाड नगरपालिकाकाे आर्थिक सहयोग र जाजरकोटजिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, कर्णाली BBC संवाददाता प्रकाश पन्तको समन्वयमा कैलाश यर लाइन्सद्वारा घाइते पशुपति चन्द लाई काठमाडौ वीर हस्पिटलमा उद्धार गरियकाे हाे । घाईते चन्दकाे टाउकाेमा गम्भीर चाेट लागेकाे बताईयकाे छ।...