१२ पुष २०८१, शुक्रबार

Tag: काठमाडौ

अखिल क्रान्तिकारीले मन्त्री,पुर्वमन्त्रि र संसदहरुकाे लगानिमा रहेका स्कुल र कलेजहरुमा टाँस्याे कालाे ब्यानर

अखिल क्रान्तिकारीले मन्त्री,पुर्वमन्त्रि र संसदहरुकाे लगानिमा रहेका स्कुल र कलेजहरुमा टाँस्याे कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । अखिल क्रान्तिकारीले शिक्षाको मन्त्री अशोक राईको स्वप्नबाटिका स्कुल देखि साँसद विनोद चाैधरिकाे लगानी रहेको स्कुल सम्म टाँग्याे कालाे ब्यानर । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल(क्रान्तिकारी)ले "बिद्यालय शिक्षा विधेयक २०८०", शिक्षा क्षेत्रमा भईरहेका भ्रष्टाचार, निजीकरण,ब्यापारिकरण र चरम लुटका बिरुद्ध  मन्त्री,साँसद र कर्मचारीहरुका स्कुल, कलेज र क्याम्पसहरुमा बिहीबार कालाे ब्यानर टाँसेकाे छ। वर्तमान शिक्षामन्त्री अशोक राईकाे  - स्वप्नबाटिका स्कुल,काठमाडौं पुर्व प्रधानमन्त्री,काँग्रेस सभापति शेरबहादुर पत्नि आर्जु राणाकाे युलेन्स स्कुल,काठमाडौं पुर्वमन्त्रि उमेश श्रेष्ठकाे लिटिल एन्जलस स्कुल,काठमाडौं पुर्वमन्त्री उमेश श्रेष्ठ  लिटिलएन्जलस स्कुल र युनाइटेड स्कुल,ललितपुर प्रतिनिधि सभाका सांसद डा. मिनेन्द्र रिजाल - एपेक्स कलेज,काठमाडौं साँसद बिनोध चौधरी - क्याम्पिएन र...
प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छन्। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास...
प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् । नेकपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए । प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताए । ‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं ।...
नेकपाकाे आयाेजनामा एमसिसि बिरुद्ध बृहत गाेष्ठि हुने

नेकपाकाे आयाेजनामा एमसिसि बिरुद्ध बृहत गाेष्ठि हुने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे आयाेजनामा आज काठमाडौँमा ‘एमसीसी परियाेजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया’ विषयक बृहत अन्तरक्रिया हुने भएकाे छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द "विप्लव"काे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेकपा एकिकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (एमाले) का नेता डा.भीमबहादुर रावल, वरिष्ठ बुद्धिजीवी युवराज संग्राैला, बुद्धिजीवी डा.सुरेन्द्र भण्डारीलगायत वक्ताहरुले आ-आफ्नो धारणा राख्ने छन् । आज अपरान्ह १२:३० हुने साे कार्यक्रम जमलस्थित राष्ट्रिय नाँचघरमा हुनेछ। कार्यक्रममा सहभागी भइदिन युवा, विद्यार्थी, बुद्धिजीवी र देशभक्त नागरिकलाई कार्यक्रममा नेकपा प्रचार विभागले सबैसँग अपिल समेत गरेकाे छ ।...
एमसिसि साम्राज्यवादी मिसनमा आधारित परियाेजना हाे : सिपि गजुरेल

एमसिसि साम्राज्यवादी मिसनमा आधारित परियाेजना हाे : सिपि गजुरेल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी सम्झौता (परियोजना) अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित परियोजना भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी परियोजनालाई श्रीलङ्कामा जस्तै फिर्ता नपठाएर नेपाल युक्रेन जस्तै अमेरिका र चीनबीचको युद्धबाट खरानी हुने दावी गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले देशको स्वाधीनताको रक्षा गर्न चाहने सबैले अमेरिकाको एमसीसी परियोजनालाई कार्यान्वयन होइन, फिर्ता पठाएरै छाड्नुपर्ने विचार व्यक्त गरे । अमेरिकाले एमसीसी सम्झौता सदनबाट पारित गरेपछि नेपालको उत्तरी क्षेत्रमा हतियारहरु जम्मा पार्न थालेको चर्चा गर्दै अमेरिकाले जे गरेपनि यो दलाल सरकारसँग उनीहरुलाई नियन्त...
अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकताकाे भेला सम्पन्न भयकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोल स्थित पुर्व नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा बहुमत सम्बद्ध स्वास्थ्य कर्मि संगठनकाे एकताको भेला कार्यक्रमा पार्टी केन्द्रीय कार्यलय सदस्य , सिपि गजुरेल ( गाैरव) , पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन), कार्यलय सदस्य तथा संगठनका फ्रयाक्सन इन्चार्ज गम्भीर , कार्यलय सदस्य तथा न्याय बिभाग प्रमुख मंगल , केन्द्रीय सचिवालय सदस्य पुर्ण बहादुर सिंह "समरजंग" लगायतका नेताहरुकाे बिशेष उपस्थितिमा एकताको भेला सम्पन्न भयकाे हाे । भेलाले जनस्वास्थ्य कर्मिहरुकाे राेजगारि, पेशागत र राजनैतिक अधिकारका सुनिश्चितताका लागि संघर्ष गर्ने, स्वास्थ्य क्षेत्रमा देखियका निजिकरण र जनस्वास्थ्य कर्मि बिराेधि सम्पूर्ण ऐन , कानुनकाे खारेजी र नयाँ कानुन निर्म...
आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।२९ औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै आएको बताय, । आदिवासी जनजाति, मधेसी, महिला, दलित मुस्लिम, थारु, मजदुर, किसान लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्ने पार्टी नै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको स्पष्ट पारेका थिय । वैद्यले भने, “आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ ।” “यो कथित संविधानलाई वास्तविक जनताहरु मजदुर किसान, आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, थारु कसैले पनि स्वीकारेको छैन । सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुसँग एकताबद्ध भएर संघर्ष अगाडि बढाइन्छ । अब जनगणतन्त...
एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५  जना गयल भए भने यस वर्ष ५० जना मात्र गयल देखिए । 'यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको देखिन्छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ' महानगरले भनेको छ । गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको सङ्ख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेक...
डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, सचेत हुन डाक्टरको सुझाव

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, सचेत हुन डाक्टरको सुझाव

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्। महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा साउन १ गते सम्म आइ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार बिरुद्ध संघर्षका कार्यक्रम गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार बिरुद्ध संघर्षका कार्यक्रम गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिसट पार्टी, नेपालले भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष चर्काउने निर्णय गरेको छ ।शुक्रबार जेठ ५ मा बसेको  पार्टीको केन्द्रीय कार्यालयको बैठकले जेठ ७ देखि १७ सम्म भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षतामा बसेको बैठकले जेठ ७ गते काठमाण्डुको सम्वाद डबलीमा पार्टीको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गर्ने, त्यसै गरी जेठ ८ र ९ गते विद्यार्थीले र जेठ १० र ११ गते मजदुुरले काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी हेडक्वार्टरले जनाएको छ । प्राप्त जानकारी अनुसार जेठ ११ गतेभित्र आफ्नो अनुकूलतामा पार्टीले प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचारको विरोध तथा भण्डाफोर गर्ने, पार्टीको आयोजना र पार्टी तथा जवस मोर्चाहरुको सक्रिय सहभागीत...