६ कार्तिक २०८२, बिहीबार

Tag: काठमाडौ

चारदलकाे आयोजनामा  काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा

चारदलकाे आयोजनामा काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा बुधबार काठमाडौँ शान्तिवाटिकामा हजारौँको जनसहभागितामा संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा सम्पन्न भएको छ ।सभामा सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले विद्यमान संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न नयाँ क्रान्तिको तयारी भइरहेको बताए । नेता किरणले वैज्ञानिक समाजवाद स्थापनाका लागि सच्चा क्रान्तिकारी पार्टीहरूबीच एकता हुनुपर्ने पनि बताए । वैकल्पिक सत्ता स्थापनाका लागि राष्ट्रघाती, दलाल र पुँजीवादी शक्तिका विरुद्ध एकजुट भएर लड्नुको विकल्प नरहेको धारणा नेता किरणले राखे । संसद्‌वादी सरकारका तीनवटै अङ्ग असफल भइसकेको र ती एकआपसमा झडपमा उत्रिएको स्पष्ट पार्दै क्रान्तिकारी माओवादीका महासचिव किरणले लोकतान्त्रिक नाउँ गरेको फास...
संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     काठमाडौँ : सरकारले आउँदो मङ्सिर ४ गते गर्न लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले देशमा कुनै परिवर्तन नल्याउने, बरु यसले निर्वाचित/वैधानिक दलाल मात्र जन्माउने, आर्थिक व्ययभार मात्र बढाउने निष्कर्ष निकाल्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले बुधबार काठमाडौँमा विशेष अवज्ञा/बहिष्कार सभा गर्न लागेका छन् । चार दलले निर्वाचनको अवज्ञा तथा वहिष्कारका पक्षमा जनमत सिर्जना गर्न असोज २३ गतेदेखि कात्तिक २३ गतेसम्म देशव्यापी जनसभा घोषणा गरेका थिए । चार दलले निर्वाचन अवज्ञाका लागि अभियानात्मक रूपले संयुक्त कार्यक्रमहरू गर्दै आएका छन् । काठमाडौँको कार्यक्रम यसअघि घोषित कार्यक्रमको उत्कर्ष सभा हो । चार दलले क्रान्तिकारी शक्ति, उत्पीडित जनता र सञ्चारकर्मीलाई कार्यक्रममा सहभागिताका लागि आह्वान पनि गरेका छन् । नेकपा (बहुमत) केन्द्रीय प्रचार, ...
संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड

संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड

चुनाव, राजनीति, राष्ट्रिय, समाचार
             १५ कार्तिक काठमाडौं  । नेकपा प्रवक्ता प्रकाण्ड सीले आगामी संसदीय व्यवस्था अन्तर्गतको संघीय र प्रादेशिक चुनाव शसक्त खारेज गर्ने बताउनु छ । उहाँले चुनाव खारेजी अभियानलाई राज्यले दमन गरे प्रतिरोध गरिने बताउनु भएको छ । उहाँले एमसीसी पक्षधर दलाल, भ्रष्टाचारी, राष्टघाटी, भुमाफिया, सुदखोर, तस्कर, व्यभिचारीहरुलाई पार्टीले कारवाहीको निशाना बनाउने बताउनु भएको छ । मंगलबार नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकाण्डले निर्वाचन खारेजी अभियान ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन समेत संघर्षको मोर्चा हुने बताउदै सम्पूर्ण देशभक्त क्रान्तिकारी एवं सच्चा लोकतन्त्रवादीहरुले यो चुनावलाई खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले चुनावको वर्गीय पक्षधरता हुने बताउदै संसदीय चुनावले दलाल पुँजीवादलाई बलियो बनाउने बताउनुभयो । उहाँले स्थानीय चुनावलाई कार्यनीत...
७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं , निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ । डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ । हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब सात जिल्लाको मतपत्र छपाइ बाँकी आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७...