११ श्रावण २०८१, शनिबार

संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड

             १५ कार्तिक काठमाडौं  । नेकपा प्रवक्ता प्रकाण्ड सीले आगामी संसदीय व्यवस्था अन्तर्गतको संघीय र प्रादेशिक चुनाव शसक्त खारेज गर्ने बताउनु छ । उहाँले चुनाव खारेजी अभियानलाई राज्यले दमन गरे प्रतिरोध गरिने बताउनु भएको छ । उहाँले एमसीसी पक्षधर दलाल, भ्रष्टाचारी, राष्टघाटी, भुमाफिया, सुदखोर, तस्कर, व्यभिचारीहरुलाई पार्टीले कारवाहीको निशाना बनाउने बताउनु भएको छ ।

मंगलबार नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकाण्डले निर्वाचन खारेजी अभियान ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन समेत संघर्षको मोर्चा हुने बताउदै सम्पूर्ण देशभक्त क्रान्तिकारी एवं सच्चा लोकतन्त्रवादीहरुले यो चुनावलाई खारेज गर्नुपर्ने बताउनुभयो ।

उहाँले चुनावको वर्गीय पक्षधरता हुने बताउदै संसदीय चुनावले दलाल पुँजीवादलाई बलियो बनाउने बताउनुभयो । उहाँले स्थानीय चुनावलाई कार्यनीतिक प्रयोग गरेको भन्दै अब यसको औचित्य सकिएको बताउनुभयो । उहाँले नवौं महाधिवेशनले दर्शन, अर्थशास्त्र र कम्युनिस्ट संगठन, संस्कृतिमा नयाँ शंश्लेषण गरेको भन्दै यसले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडी बढाउने बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा स्थायी समिति सदस्य बिषम सीले महाधिवेशनले पास गरेको निर्णय सुनाउनुभएको थियो भने कार्यक्रमको सञ्चालन पिबिएम माइला लामाले गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा नेकपाका आफ्ना नेता कार्यकर्ताले नामको पछाडी सी लेख्ने, दुई महिनामा एकपटक अनिवार्य शारिरीक श्रम गर्ने, उत्पादनमा जोडिने, पार्टी स्कुल संचालन गर्ने,सहिद तथा वेपत्ता परिवारको सेवाका लागि ५ लाख रुपैयाँको केन्द्रीय कोष खडा गर्नेलगायतका निर्णयहरु गरेको बताएको छ ।