२ कार्तिक २०८१, शुक्रबार

एसईई परीक्षा चैत १५ देखि २७ गते सम्मा संचालन हुने ,जम्मा ४,८९,४४४ परिक्षार्थिले भरे रजिष्टेृसन फारम

काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।

बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् ।

जस मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, कर्णालीबाट पुरुष १६ हजार २०० र महिला १६ हजार ३१८ र सुदुर पश्चिमबाट पुरुष २७ हजार ८०९ र महिला २८ हजार ७१६ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्कन पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । बढीमा दुई विषय न्एनजी आएकाले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउने वाेर्डले जानकारी गरेकाे छ ।