१५ पुष २०८२, मंगलवार

Tag: काठमाडौं

माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :काठमाडौंकाे माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क...
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर...
सर्वाेच्चद्वारा याेगराज ढकाल (रिगल)काे सजाय बदर, तत्काल पक्राउ गर्न आदेश

सर्वाेच्चद्वारा याेगराज ढकाल (रिगल)काे सजाय बदर, तत्काल पक्राउ गर्न आदेश

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउकाे छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको हाे । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो । चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढक...
धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हाे।  
दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

Breaking News, मनाेरन्जन, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं। दशैंकाे बेला काठमाडौं देखि घर फर्किनेहरुको जताततै ताती लागेको छ। नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ भने एयरपोर्ट मा पनि तेत्तिकै भिडभाड देखिन्छ । यातायात ब्यवस्था बिभाग ले यात्रुहरुकाे सहजका लागि गत असाेज २२ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि प्राय काठमाडौं देखि विभिन्न ठाउँका लागि छुट्ने बसहरु बुकिङ भय पछि,थप गाडिहरुकाे ब्यवस्था गरेर पनि यात्रुहरूलाई गन्तव्यमा पुर्याउने र कसैले दुख नपाउने गरि सबै तिर टिम परिचालन गरियकाे नयाँ बसपार्क स्थित काउन्टर संयोजक ले बताय । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेक...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
ललितपुर ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, केन्द्रीय कमिटी काे दाेश्राे पुर्ण  बैंठकका निर्णय सार्वजनिकरण गर्न पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयकाे छ । असोज १६ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको बैंठकका निर्णय सार्वजनिक गर्न बुधबार ललितपुरकाे कोपुन्डोल पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ कार्यालय सदस्य गौरवले पत्रकारको प्रश्नको जबाफ दिँदै भने, ‘राष्ट्रिय राजनीतिक सम्मेलन चुनावभन्दा ठीक उल्टो बाटो हो । सांसदबादिहरुले गर्ने चुनावको बाटो गोलचक्करको बाटो हो । राष्ट्रिय राजनीतिक सम्मेलनले प्राप्त उपलब्धिको रक्षा पनि गर्छ र नयाँ प्राप्ति गर्ने जनसंविधान निर्माण गर्दै जनगणतन्त्र स्थापना गर्छ ।’ गाैरवले बताय । सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजन...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कमिटीकाे दाेश्राे बैंठक सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कमिटीकाे दाेश्राे बैंठक सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक काठमाडौँमा सुरु भएको छ । काठमाडौंको घट्टेकुलोस्थित "इच्छुक सांस्कृतिक प्रतिष्ठान"मा मंगलबार बाट सुरु भएको बैठक आगामी शनिबार सम्मा चल्ने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले संगठन, संघर्ष, पार्टीको आगामी महाधिवेशन र तात्कालिक राजनीतिक कार्यनीतिको विषयमा केन्द्रित रहेर एजेण्डासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिय। बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्यालय सदस्य, सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिका सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि अध्यक्ष किरणले स्पष्टीकरण दिने र प्रस्तुत एजेण्डामाथि आवश्यक छलफलसहित ठोस निर्णय गरी बैठक सम्पन्न हुने सम्बद्ध पार्टी कार्यालयले जानकारी दिएको छ । राजनीतिक प्रतिवेदन...
पेट्रोलियम पदार्थको मुल्य बढ्याे,खाना पकाउने सिलिन्डर काे मुल्य २१५ रुपैया बढ्यो

पेट्रोलियम पदार्थको मुल्य बढ्याे,खाना पकाउने सिलिन्डर काे मुल्य २१५ रुपैया बढ्यो

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ...
अभिनेता अनमाेल के सि पक्राउ

अभिनेता अनमाेल के सि पक्राउ

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले बताए । निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।...
प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट पार्टी संगठन” नामक बुक आज सार्वजनिक हुने

प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट पार्टी संगठन” नामक बुक आज सार्वजनिक हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।स्वाभिमान प्रकाशन गृह प्रा.लि. ले आज दिउसाे १ बजे होटेल हार्दिक (सद्भाव हल), बागबजार, काठमाडौँमा लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी संगठन’ नामक पुस्तकको सार्वजनिककीकरण एवम् विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार स्वाभिमान प्रकाशन गृह प्रा.लि.का अध्यक्ष भीम चापागाईँले सम्पादकज्यू/समाचार प्रमुखज्यूलाई पत्रमार्फत विशेष अन्तरक्रिया कार्यक्रमको आफ्नो लोकप्रिय सञ्चार–माध्यमबाट समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् । उक्त विशेष अन्तरक्रिया कार्यक्रममा वक्ता अतिथिहरु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की, नेकपा (एकीकृत समाजवादी) का महासचिव धनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेप...