१५ पुष २०८२, मंगलवार

Tag: काठमाडौं

दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालाई भ्रष्टाचारकाे आराेपमा कालोमोसो

दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालाई भ्रष्टाचारकाे आराेपमा कालोमोसो

Breaking News, अर्थवाणिज्य, समाचार
काठमाडौं :माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यक्रताहरुले  दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ?  संगठनले केही प्रमाण समेत सार्वजनिक गरेकाे छ । १:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले । २:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले । ३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले ४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले । ५:- किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि म...
आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ । फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको ...
क्रान्तिकारी युवा संगठन नेपालका अध्यक्ष हरिष भट्ट सहित दर्जन  भन्दा बढि गिरफ्तार

क्रान्तिकारी युवा संगठन नेपालका अध्यक्ष हरिष भट्ट सहित दर्जन भन्दा बढि गिरफ्तार

Breaking News, राजनीति, समाचार
काठमाडौं : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका युवा नेता हरिष भट्ट सहित दर्जन भन्दा नेताकार्यकर्ताहरुलाई प्रहरीले माईतिघर मण्डलाबाट गिरफ्तार गरेको छ । आज  उक्त पार्टी निकट जवस माेर्चाहरुले अरुण चाैधरीलाई उन्मुक्ति दिएको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको हाे । उनिहरु अरुण चाैधरिलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शनमा उत्रिएका थिए ।...
बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

अर्थवाणिज्य, कृषि, विचार
माक्र्सले अतिरिक्त मुल्यको सिद्धान्तमा “अत्यधिक नाफाका लागि पुँजीपतिले माल उत्पादन यत्रतत्र भौतारिने गर्दछन । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ । र त्यसले देशको आर्थिक संकट पैदा गरिरहन्छ ।” भने झै बिचौलियाले उत्पादनको लागत मुल्य दिदैन र उपभोक्तलाई स्वस्थ वस्तु खुवाउदैन । राज्यको मुल्य मान्दैन राष्ट्रिय उत्पादन नलिएर नाफा कमाउन सस्तोमा वस्तु खोज्दै जान्छ । राष्ट्रिय उत्पादन बन्द गर्न बाध्यता बनाउछ । यसले राज्य आर्थिक भार थुपार्छ । विश्व आज पुँजीवादबाट समाजवाद उन्मुख छ, जहाँ  श्रम शोषणको अन्त्य गरी सामाजिक व्यवास्थाको थालनी समान हैसियतको आधार खडा भएको छ । जसमा पुँजीपति र श्रमजीवीको लडाई चरम उत्कर्षमा छ । तर यही पुँजीवादी पद्धतिमा विचौलीया प्रथा हावी भएको पाइएको छ ,  विकशीत देशमा यसको कम देखिन्छ भने विकाशोन्मुख देशमा यसको बढी मा...
माओवाद के हाे ? – हस्त बहादुर के सी

माओवाद के हाे ? – हस्त बहादुर के सी

राजनीति, विचार, शिक्षा
प्रारम्भ- यस लेखमा विश्व सर्वहारा वर्गको मुक्तिको पथप्ररदर्रशक सिध्दान्त मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधाराकाबारेमा सर्वसाधारण पाठक तथा यस विषयका अध्ययताहरुले बुझ्न सक्ने गरि सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ । विश्व सर्वहारा वर्गको आफ्नो विचारधारा छ , त्यो हो सर्वहारावादी विचाणणरधारा । सर्वहारावादी विचारधारा भनेको मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधारा नै हो । यसैगरी मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधारा भनेको पनि सर्वहारावादी विचारधारा नै हो । स्पष्ट रुपमा भन्नुपर्दा मार्क्सवादी - लेनिनवादी - माओवादी विचारधारा भनेको वर्तमान युगको सबैभन्दा वैज्ञानिक तथा क्रान्तिकारी विचारधारा हो । यसलाई अझै यसरी स्पष्ट पार्न सकिन्छ कि यो सर्वहारावादी दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको संश्लेषणमा आधारित रहेको छ । वास्तवमा यो यस्तो विचारधारा हो - जसले सर्वहारा वर्ग अर्...
राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ ।बिहिवार  बिहान ९ बजेदेखि सुरु भयकाे मतदान दिउँसो ३ बजेसम्म सकिने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० ...
राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं: यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, विचार, संस्कृति, स्वास्थ
काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पुर्ण बहादुर हमालकाे निधन प्रति केन्द्रले श्रद्धाञ्जली ब्यक्त गरेकाे छ । शनिबार एक प्रेस वक्तव्य मार्फत दिवंगत हमाल प्रति श्रद्धाञ्जली ब्यक्त गरियकाे हाे। केन्द्रका अध्यक्ष हस्त बहादुर के.सि.द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ " बिश्वभर क्रियाशिल क्रान्तिकारी लेखक तथा पत्रकार संगठन, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पूर्ण बहादुर हमालकाे निमाेनियाका कारण उपचारक्रममा २०८० साल माघ २ गते ६४ बर्षकाे उमेरमा अल्पआयुमै निधन भयकाे छ । उहाँ लामाे समय देखि बाथरोगले ग्रसित हुनुहुन्थ्यो उहाकाे मृत्युले हामी अत्यन्तै भावविह्वल भयका छाै । वक्तव्यमा भनियकाे छ -हाम्राे संगठन यश दुखद घडीमा बुवा पुर्ण प्रसाद हमाल प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शाेकसन्तब्द परिवार जनमा हार...
डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डा ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य "किरण"ले दुःख व्यक्त गरेका छन् । आईतवार  शोक बक्तव्य जारी गर्दै वैद्यले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका हुन् । गत पुस २७ गते राति नेपालगंज देखि काठमाडौं आउने क्रममा  समालोचक, वामपन्थी चिन्तक तथा प्रध्यापक डाक्टर ताराकान्त पाण्डेयको दाङ जिल्लाको  भालुबाङमा बस दुर्घटनामा उपचार लिने क्रममा निधन भएको थियो । नेपाली प्रगतिवादि साहित्य जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलन र माक्र्सवादी साैन्दर्य चिन्तनकाे क्षेत्रमा अग्र पंक्तिमा रहेर स्थापित ब्यक्तित्वका रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आउनु भयका ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भयका पाण्डे केन्द्रीय स्कुलिङ ...
नेपाली राजनीतिमा तिनवटा धारा बिद्यमान छन,क्रान्तिकारी धारा नै मुल जनपक्षीय धारा हाे : सिपि  गजुरेल

नेपाली राजनीतिमा तिनवटा धारा बिद्यमान छन,क्रान्तिकारी धारा नै मुल जनपक्षीय धारा हाे : सिपि गजुरेल

Breaking News, राजनीति, विचार, शिक्षा, संस्कृति
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य तथा भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष सीपी गजुरेलले अहिले नेपाली राजनीतिमा तीनवटा धाराहरु रहेकाे बताय ।यथास्थितिवादी, प्रतिगामी र अग्रगामी÷क्रान्तिकारी धारा (जनगणतन्त्रवादी) विद्यमान रहेको भन्दै अग्रगामी र क्रान्तिकारी धाराको नेतृत्व क्रान्तिकराी कम्युनिस्ट पार्टी, नेपालले गरिरहेको स्पष्ट पारे । अहिले यथास्थितिवादीहरुले जनगणतन्त्रवादीहरुलाई घेराबन्दि गरेको चर्चा गर्दै अहिले कमजोर जस्तो देखिए पनि विजयी हुने राजनीतिक लाइन (धारा) यही नै भएको नेता गजुरेलले दाबी  गरे। शुक्रबार काठमाडौंकाे घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयाेजित "१२ओैं भक्त बहादुर श्रेष्ठकाे स्मृति दिवस"का दिन नेता गजुरेलले भने  "पार्टीको क्रान्तिकारी लाइनका विषयमा कसैसँग सम्झौता नगरेको र यो नै सबैले कम्युनिस्ट क्रान्तिकारी हर...