११ श्रावण २०८१, शनिबार

Tag: उदय बहादुर चलाउने ( दिपक)

गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

गणतन्त्रका सिपाही, मृगौला पिडित मनाेजकाे आग्रह,: उपचारका लागि सबैले सहयाेग गराै

राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :जाजरकोटको कुसे गाउँपालिका – १ स्याक्री गाउमा स्थायी घर भएका मृगौला रोगबाट पीडित "मानबहादुर चलाउने" मनाेजले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनि देशपरिवर्तनको खातिर सपरिवार सहित १० बर्षे जनयुद्धमा जनकलाकार हुँदै जनमुक्ति सेनाकाे याेद्धा भएर लडेर गणतन्त्र ल्याउने मध्यका एक सिपाई समेत हुन् ।आर्थिक  अभाव भएपछि ४० बर्षीया चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन सार्वजानिक अपील गरेका हुन् । उनि जनमुक्ति सेनाका तत्कालीन डिभिजन सह-कमाण्डर उदय बहादुर चलाउने ‘दिपक’का कान्छा भाई हुन् । कमाण्डर चलाउने हाल मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यलय सदस्य तथा युवा नेता हुन् । दिपक लगायत उनका जेठा दाजु -भाउजू , बहिनिहरु सहित सात जना तत्कालीन जनयुद्धमा सामेल भयका थिए। निरन्तर क्रान्ति र परिवर्तनको पक्षमा लागिरहेका तथा माओवादी आन्दोलन भित्र इमानदार ...
गद्दार र धाेकेवाजहरूकाे चिहानमा मात्रै सहिदका सपनाहरू फक्रिन सम्भव हुन्छ : दिपक

गद्दार र धाेकेवाजहरूकाे चिहानमा मात्रै सहिदका सपनाहरू फक्रिन सम्भव हुन्छ : दिपक

राजनीति, राष्ट्रिय, विचार, शिक्षा
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यलय सदस्य तथा युवा नेता उदय बहादुर चलाउने "दिपक"ले "गद्दार र धाेकेवाजहरुकाे चिहानमा मात्रै सहिदहरुका सपनाहरु फक्रिन सम्भव हुने" कुरा  बतायका छन,। सहिद सप्ताहकाे अन्तिम दिनकाे अवसरमा विभिन्न आन्दोलनका क्रममा  सहादत प्राप्त गर्ने सहिदहरुकाे सम्झनामा आफ्नाे फेसबुक मार्फत श्रद्धाञ्जली ब्यक्त गर्दै उक्त कुरा बतायका हुन । फागुन २१:,प्रथम, सहिद सप्ताहकाे अन्तिम दिन : जनयुद्धको सहिद सप्ताह अन्तर्गत याे दिनलाई २८ सालकाे झापा आन्दाेनका सहिदहरूकाे सम्मान र सम्झनामा स्मरण गर्ने गरिन्छ । तत्कालिन नेकपा(माओवादी) काे २०५७ मा सम्पन्न दाेस्राे राष्ट्रिय सम्मेलनकाे निर्णय पश्चात् याे दिनले जनयुद्ध र झापा आन्दाेलनलाई जाेड्याे । माओेवादी जनयुद्धले आफुलाई इतिहासका तमाम् न्यायपुर्ण वलिदानहरूमा समर्पित गर्ने क्रममा झापाकाे उच्चता समेत उद्घाेष ग...
जाजरकोट भूकम्प : गम्भिर चेतावनी र नवनिर्माणको कार्यभार: “दिपक”

जाजरकोट भूकम्प : गम्भिर चेतावनी र नवनिर्माणको कार्यभार: “दिपक”

Breaking News, पुर्वाधार, विचार
गत कार्तिक १७ गतेको भूकम्पले क्षेतविक्षेत घरहरुको भग्नाववशेषमा फेरिएको जाजरकोटको पूर्वि क्षेत्र र पश्चिम रुकुमको पश्चिमी गाउँहरुमा पुग्ने जोकोहि मानिसहरुको मनमा एक प्रकारको प्रश्न उब्जिन्छ– यदि केहि मिनि सेकेण्ड मात्रै कम्पन बढेको भए ? मध्य रातको समय, ढुंगा र माटोका कमजोर घर, छितरिएको बस्ती, यातायातको असुविधा एउटा भयावह परिणामको कल्पनाले जिऊ सिरिङ्ग हुन्छ र मुटुको धड्कनले गति तिब्र बनाउन थाल्दछ । बाँचेका मानिसहरु ती सबै घरभित्रै थिए, जुन घर भूकम्पले चिरा पारेर जीर्ण बनाईदिएको छ । उनीहरु तब मात्रै घरबाट बाहिर निस्किए, जब कम्पन सुस्त भयो । उपर्युक्त स्थितिसँग तुलना गर्दा जे जति जन–धनको क्षति भयो, त्यो वास्तवमा न्यून हो ।२०७२ सालको भूकम्प पश्चात् पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको बारे प्रसस्तै बहसहरु भएका थिए । आवासीय नवनिर्माणको गीत पनि प्रशस्तै गाइएको हो । तर, त्यो क्रमशः दिन, महिना ...
“पोलिटिक्स इज डर्टी गेम”

“पोलिटिक्स इज डर्टी गेम”

राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’ ‘ममीलाई भन न ।’ मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई भन भन्नुहुन्छ । जसले ल्याइदिए पनि मलाई कस्ट्युम चाहियो । आजै चाहियो, अहिल्यै चाहियो ।’ त्यही बीचमा नजिकैको कोठाबाट आवाज आयो– ‘मैले तपाईंलाई कतिपटक भनिसके, यसपटकको शुक्रवार छोरालाई पौडी खेल्ने बेला लगाउने कपडा अनिवार्य चाहिन्छ भनेर ? कसलाई चाहिया हो, कसले किन्नुपर्ने हो ? आफैँ–आफैँले विचार गर । मलाई कसैले तनाव नदेउ।’ मैले छोराको अनुहारतिर हेरे। जबाफको प्रतीक्षामा ऊ मलाई नै हेरिरहेको थियो । अब जबाफ के दिने हो ? म अकर्मण्य र निरुत्तर भावमा अलमलिएको देखेर उसले नै मौनतालाई तोडेर भन्यो– ‘ड्याडी, तपाईंले राजनीति गर्छु भन्नुभा’ होइन र ? अनि तपाईंले गरेको ...
चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

राजनीति, विगन्यूज, विचार
पृष्ठभूमि : - सैनिक नियमअनुसार कुनै पनि टुकडीले आफ्नो गन्तव्यका क्रममा बाटो हरायो भने ऊ जुन चौबाटो, दोबाटो वा बिन्दुबाट हराएको हो त्यहाँ फर्कनुपर्दछ । हाम्रो महान् जनयुद्धको यात्रा आज बाटो बिराएको सैनिक टुकडी भएको छ । तारेभीरमा फसेजस्तै भएको छ माओवादी पार्टी विभाजनका करिब आधा दर्जन चिरामा छिन्नभिन्न भइसकेको छ । अझै संवेदनशील कुरा के भने माओवादी आन्दोलन व्यक्ति-व्यक्तिमा विभाजित हुँदैछ । जनता, सहिद परिवार, घाइते अपाङ्ग योद्धाहरू र पार्टीका बीचमा अन्तरविरोध छ । कार्यकर्ता र नेतृत्वबीच अन्तरविरोध छ । नेता र नीतिबीच अन्तरबिरोध छ । माओवादी आन्दोलन एजेन्डाविहीन हुँदैछ । यो जटिलताबाट गुजनुपर्दा इमानदार कार्यकर्ताहरु क्रमशः पार्टी र आन्दोलनबाटै पलायन भइरहेका छन् । क्रान्तिकारी प्रवृत्ति र पङ्क्ति एकपछि अर्को कमजोर बन्दै गइरहेको छ । त्यसको दुष्परिणाम के भएको छ भने आन्दोलनभित्र विभिन्नखाले गलत...
आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धकाे

आवश्यकता राज्य पुनर्संरचनाको : आवश्यकता तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धकाे

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
केही दिनयतादेखि नक्कली भुटानी शरणार्थीकाण्डले नेपाली समाज र राजनीतिलाई निकै तरङ्गित र उद्वेलित गरिरहेको छ । विभिन्न आयामबाट घटनाको विश्लेषण र संश्लेषण भइरहेको छ । आआफ्नो वर्गदृष्टि, सूचना र ज्ञानको सीमाअनुसार जजसले जेजे परिभाषा अथ्र्याए पनि अन्ततः यो घटनाले संसदीय व्यवस्था र नेपाली राजनीतिको चरम जनघाती तथा राष्ट्रघाती चेहरालाई सर्वाङ्ग उदाङ्गो पारेको छ । नेपालको भूराजनीतिक संवेदनशीलता र नेपाली राजनीतिको अदूरदर्शितालाई सतहमा प्रकट गरिदिएको छ । हुनत भ्रष्टाचार र राष्ट्रघातका घटनाहरू नेपाली जनताका लागि कुनै नयाँ र पहिलो हुन छोडेको धेरै भैसक्यो । कोसी–गण्डक–महाकाली सन्धि, सुडान–लाउडा–वाइडबडी काण्ड, बालुवाटार–यती–ओम्नी काण्ड, एमसीसी इत्यादि अनेकौँ तमाम काण्डहरूमा कथित ठूला पार्टीका ‘शीर्ष’ नेताहरू, बडेमानका माफियाहरू र ‘उच्च ओहोदा’ का कर्मचारीहरूको भिलिभगत कहीँ–कतै लुकेको विषय नै होइन । कहीँ...
पार्टी एकता : आवश्यकता र आधार , उदय बहादुर चलाउने ( दिपक)

पार्टी एकता : आवश्यकता र आधार , उदय बहादुर चलाउने ( दिपक)

राष्ट्रिय, विचार, शिक्षा, समाचार
चैत २४ नेपाली क्रान्तिकारी आन्दोलनको एक गौरवपूर्ण दिन हो । उक्त ऐतिहासिक दिनलाई साक्षी राखेर दुई कम्युनिस्ट पार्टी– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक उद्घोष भएको छ । यो एकता प्रक्रियाले सच्चा कम्युनिस्टहरूलाई उत्साहित, उत्प्रेरित र आशावादी बनाएको छ भने प्रतिक्रियावादी एवम् संशोधनवादी कित्तामा स्वाभाविक बेचैनी सुरु भएको छ । यद्यपि विगत एक दशकदेखि नेपाली राजनीति र विशेषतः माओवादी आन्दोलनमा भएको टुटफुट र विभाजनको पृष्ठभूमिले एकताको सार्थकताप्रति केही प्रश्नहरू जरुर खडा गरिदिएको छ जसलाई नजरअन्दाज गर्नु असम्भव नै छ । यसका साथै इतिहासका खासखास मोडहरूमा भएका कतिपय एकताका पहलहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदान गरेको विशिष्ट योगदान जसले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी प्रवाहलाई अग्रगति प्रदान गरेको थियो, उक्त दृष्टान्तलाई सम...
जनयुद्धको सार्वभाैमिकता

जनयुद्धको सार्वभाैमिकता

राजनीति, राष्ट्रिय, विचार, समाचार
२०५२ साल फागुन १ गते उद्घोष भएर दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध महाभारत कथाका योद्धा कर्णझैँ त्यति बेला ‘कवच–कुण्डल’ विहीन भयो जति बेला २०६३ साल मङ्सिर ५ गतेको विस्तृत ‘शान्ति सम्झौता’ मा सहीछापसहित जनयुद्धको मुख्य ताकत जनमुक्ति सेनालाई ‘क्यान्टोनमेन्ट’ मा थुनेर ‘अपरिचालन’ को अवस्थामा राखियो । कथित अयोग्यता, समायोजन र पुनस्र्थापनाको षड्यन्त्रद्वारा अन्ततः जनमुक्ति सेनालाई एक–एक गरेर छिन्नभिन्न पारियो । तत्पश्चात् माओवादी वर्चस्व भएको संविधानसभाको समेत विघटन गरियो र पूर्ण रूपले जनयुद्धको विघटन गरियो । देशीय सामन्तवाद र वैदेशिक प्रतिक्रियावादी एकाधिकार पुँजीवादका एजेन्टहरूको मुटुमा असहनीय बज्र प्रहार गरेर आमउत्पीडित श्रमिक जनता, दलित, महिला, जनजाति, मधेसी आदिको स्वाभिमान र अस्तित्वलाई माथि उठाइरहेको महान् जनयुद्ध जब एकपछि अर्को चुनौतीका पहाडहरू छिचोल्दै विजयका नयाँ–नयाँ मञ्जिल उक्लन थाल्...
आजका युवाहरु निराश भयर प्रेम आचार्य भन्दा चे ग्वेभारा हुने साेच्नु पर्छ : उदय बहादुर चलाउने (दिपक )

आजका युवाहरु निराश भयर प्रेम आचार्य भन्दा चे ग्वेभारा हुने साेच्नु पर्छ : उदय बहादुर चलाउने (दिपक )

Breaking News, अर्थवाणिज्य, राजनीति, विगन्यूज
नेकपा (बहुमत) कार्यालय सदस्य तथा युवा नेता उदय बहादुर  चलाउने ( दिपक)लेआज युवाहरु निराश भएर प्रेम आचार्य हुने कुराभन्दा पनि चे ग्वेभारा हुने सोच्नुपर्छ, फेरि एकपटक विदेशी एजेण्टहरुलाई पराजित गरेर युवाका सपना पुरा गर्नुपर्छ । बिहिवार  राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दिपकले देशबाट दैनिक हजारौं युवा तथा विद्यार्थीसंगै अरबौंको ढुकुटी पलायन गराउने अनि देशलाई कंगाल बनाएर असफल राष्ट्रमा परिणत गराउने विदेशी षड्यन्त्र उदाङ्गो भएकोले युवाहरु पुनः जागरुक हुनुपर्नेमा जोड दिए । चलाउनेले विदेशी कुचेष्टामा यहाँका नेताहरु संम्मिलीत भएको दिनको घाम जस्तै छर्लङ्ग भएको जिकिर गर्दै भने,वर्तमान संसदिय व्यवस्थामा कर्पोरेटरहरुले राजनीतिज्ञहरुलाई पनि आफ्नो पञ्जामा राखेर सरकार र सत्ता चालइरहेकोले देश असफलता तिर गएको बताएकाछन ।...
नेपाली राजनीति प्रयाेग र परिणाम

नेपाली राजनीति प्रयाेग र परिणाम

Breaking News, राजनीति, विचार
उदय बहादुर चलाउने (दिपक ) प्रत्येक निरन्तरताको एउटा सीमा हुन्छ । एउटा निश्चित समयावधिमा त्यो सीमा समाप्त हुन्छ र त्यहाँ एउटा क्रमभङ्गता पैदा हुन्छ । त्यसबाट नयाँ प्रक्रियाको आरम्भ हुन्छ । वस्तुको विकास र विनाशसम्बन्धी यो एक अविराम प्रक्रिया हो । यसको अनन्त शृङ्खला छ । प्रत्येकपल्टको निरन्तरताले जब क्रमभङ्गताको स्थान लिन्छ तब वस्तुको स्वत्वमा समेत आधारभूत परिवर्तन हुन जान्छ । हरक्षेत्रमा, चाहे त्यो भौतिक दुनियाँमा होओस् वा सामाजिक जीवनमा यो नियम सर्वत्र लागू हुन्छ । नेपालको राजनीतिलाई निरन्तरतामा क्रमभङ्गताको नियमबाट हेर्दा यसका थुप्रै चरणहरू रहेका छन् । धेरै पुरानो इतिहास नखोतलेर भुरे–टाकुरे ‘रजौटा’ कालीन अवस्थादेखि यताको मात्रै विश्लेषण गर्ने हो भने पनि पचासौँ रजौटा प्रणालीबाट एउटै केन्द्रीकृत सामन्ती अधिराज्यमा केन्द्रित एवम् विकसित हुनु निरन्तरतामा क्रमभङ्ग नै थियो । त्यसपछिको प्र...