११ श्रावण २०८१, शनिबार

आजका युवाहरु निराश भयर प्रेम आचार्य भन्दा चे ग्वेभारा हुने साेच्नु पर्छ : उदय बहादुर चलाउने (दिपक )

नेकपा (बहुमत) कार्यालय सदस्य तथा युवा नेता उदय बहादुर  चलाउने ( दिपक)लेआज युवाहरु निराश भएर प्रेम आचार्य हुने कुराभन्दा पनि चे ग्वेभारा हुने सोच्नुपर्छ, फेरि एकपटक विदेशी एजेण्टहरुलाई पराजित गरेर युवाका सपना पुरा गर्नुपर्छ ।

बिहिवार  राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दिपकले देशबाट दैनिक हजारौं युवा तथा विद्यार्थीसंगै अरबौंको ढुकुटी पलायन गराउने अनि देशलाई कंगाल बनाएर असफल राष्ट्रमा परिणत गराउने विदेशी षड्यन्त्र उदाङ्गो भएकोले युवाहरु पुनः जागरुक हुनुपर्नेमा जोड दिए । चलाउनेले विदेशी कुचेष्टामा यहाँका नेताहरु संम्मिलीत भएको दिनको घाम जस्तै छर्लङ्ग भएको जिकिर गर्दै भने,वर्तमान संसदिय व्यवस्थामा कर्पोरेटरहरुले राजनीतिज्ञहरुलाई पनि आफ्नो पञ्जामा राखेर सरकार र सत्ता चालइरहेकोले देश असफलता तिर गएको बताएकाछन ।