९ कार्तिक २०८१, शुक्रबार

Tag: अध्यक्ष

कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

कान्तिपुर पब्लिकेशनका अध्यक्ष, सिराेहिया कार्यलयबाटै पक्राउ

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।मंगलबार उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।...
राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं ;राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।  
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवार दर्ता

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवार दर्ता

Breaking News
काठमाडौं ;राष्ट्रिय सभा अध्यक्ष पद लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। भोलि मंगलबार राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क भयकाे बताउछन।    ...
अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको इतिहास

अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको इतिहास

Breaking News
-विश्वको जनसंख्याको आधा हिस्सा महिलाले ओगटेका छन् । मानव समाजको विकासको इतिहासमा के पाइन्छ भने आदिम साम्यवादको अन्त्यतिर त्यस समाजमा मातृ सत्ता सञ्चालनमा थियो । जसलाई मातृसतात्मक समाज भनिन्छ । त्यतिबेला समाजका मालिक महिलाहरु थिए । जब मानव समाज वर्गको उत्पत्ति भयो , त्यसै बखत मातृसत्तालाई अपदस्त गरेर पृतिसतात्मक समाजको स्थापना भयो । पुरुषहरु सम्पत्तिका मालिक बन्न पुगे । त्यो दास युगिन राज्यसत्ताको उदय भयो जसलाई दासस्वामी समाज वा राज्य व्यवस्था भनिन्छ । त्यसपछि पुरुषले महिलाहरुलाई दासदासीको रुपमा प्रयोग गर्न थाल्यो र पुरुषले महिलालाई यौन भोकको साधन र सन्तान जन्माउने मेसिनको रुपमा प्रयोग गर्न थाल्यो । त्यसपछि ( दास युगदेखि आजसम्म ) महिलाहरु सम्पत्तिविहिन बन्न पुगे । पैत्रिक सम्पत्तिको हकदार छोरा बन्ने प्रथा शुरु गरेपछि छोरीहरू सम्पत्तिविहिन बन्न पुगे । यो अवस्था आजसम्म पनि कायमै छ । महिलाल...
नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”

नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”

राजनीति, विचार, शिक्षा
आज देशैभर जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ, जनयुद्धको एकजना पहलकर्ताको हैसियतले यसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारिदिनुस् न ?–सर्वप्रथम त यहाँहरुलाई जनयुद्धको शुभकामना छ । यही मिडियामार्फत् सबै कमरेडहरु, शुभेच्छुकहरु र आम जनतामा जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध नेपालमा सामन्तवाद, विस्तारवाद र साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनका विरुद्ध देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरेर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं । यसको औचित्य के छ भन्ने जहाँसम्म प्रश्न छ– वास्तवमा शोषित पीडित तथा सर्वहारा वर्ग, किसान, मजदुर, महिला, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, उत्पीडित क्षेत्रका जनता लगायत राष्ट्रिय पुँजीपतिवर्गसम्मको मुक्तिको लागि, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याह...
नेपाल बार एशाेसियशन जाजरकोटकाे अध्यक्षमा अधिवक्ता भिम बहादुर सिंह

नेपाल बार एशाेसियशन जाजरकोटकाे अध्यक्षमा अधिवक्ता भिम बहादुर सिंह

Breaking News, चुनाव, निर्वाचन
जाजरकोट :कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह सर्वसम्मत चयन भएका छन । सोमबार सम्पन्न नेपाल बार एशोसिएशन, जाजरकोटको जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा राजबहादुर सिंह, सचिवमा सहदेव जंग शाह र कोषाध्यक्षमा छविराज शर्मालाई अधिवेशनले सर्वसम्मत चयन गरेको छ । अध्यक्ष सिंह पत्रकार महासंघ जाजरकोट शाखाका पुर्व अध्यक्ष र हाल केन्द्रीय निर्वाचित सदस्य हुन ।...
इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाल पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो । प्रगतिवादी कवि तथा निबन्धकार पंज्ञानी सो प्रतिष्ठानको सदस्यसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पंज्ञानीलाई अध्यक्षमा चयन गरेपछि खाली भएको सदस्य सचिवमा प्रतिष्ठानकै कार्यसमिति सदस्य समेत रहेका कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई चयन गरिएको छ । अध्यक्ष पंज्ञानी तथा सदस्यसचिव मरहट्टा दुबै जना तीसको दशकदेखि निरन्तर प्रगतिवादी साहित्य लेखनमा क्रियाशील ब्यक्ति हुन । दुवै स्रष्टा नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा कविता र निबन्धकारका रूपमा स्थाप...
अनेरास्ववियु कर्णाली काे अध्यक्ष मा बिबश भारतिकाे दाबि

अनेरास्ववियु कर्णाली काे अध्यक्ष मा बिबश भारतिकाे दाबि

Breaking News, राजनीति, विचार, शिक्षा
सुर्खेत : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पौष ७ र ८ गते हुँदैछ । दैलेख सदरमुकाममा सम्पन्न हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वको लागि विद्यार्थी नेताहरुले सक्रियता बढाएका छन । विषेशगरि संगठनको प्रदेश अध्यक्षका लागि जाजरकोटका विद्यार्थी नेता बिबश भारतीले बलियो दाबी प्रस्तुत गरेका छन । अनेरास्ववियु जाजरकोटको पूर्व अध्यक्ष समेत रहेका भारती काठमाडौमा सम्पन्न अनेरास्ववियुको २३ औं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा झिने मतान्तरले पराजित भएका थिए । झिनो मतले माथिल्लो कमिटीबाट बाहिरिनु परेकोले प्रदेश कमिटीको नेतृत्वको लागि आफ्नो दाबी स्वभाविक भएकोले प्रतिनिधिहरु र नेतृत्वले आफुप्रति न्याय गर्ने भारतीको विश्वास छ । अनेरास्ववियु सिटिइभिटी एसियन ईन्जिनियर क्याम्पस कमिटीको अध्यक्ष ह...
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबारको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । पुन द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक रहेकी पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् । स्थायी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका रहेकी उनी युद्ध पत्रकारिता गरेकी हुन् । अध्ययनमा पुनले कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर तह गरेकी छन् । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडा...
अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील विवाह सम्पन भयकाे छ।पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्षनेताहरू काे उपस्थितिमा अध्यक्ष राईले गाेरखाकि कुसुम गुरुङसँग प्रगतिशील विवाह गरेका हुन् । पुँजीवादी विवाहमा जस्तो कुनै तडकभडक नगरी सामान्य सयपत्री फूलको माला र अवीर एकअर्कामा साटासाट गरि मिलन राई र कुसुम गुरुङ वैवाहिक जीवनमा बाँधिएका हुन । शुक्रबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको प्रगतिशील विवाह कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टीका कार्यालय सदस्यहरु सीपी गजुरेल, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली,उदय बहादुर चलाउने,गुणराज लाेहणि, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा लगायतका नेताहरु वैवाहिक कार्यक्रममा सहभागी रहेका थिए। अध्यक्ष किरण लगायतका नेताहरुले प्रगतिश...