८ आश्विन २०८१, मंगलवार

Breaking News

नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएकाहरूमा हाइफ्रोफाइलवाला व्यक्तिहरूको नाम एकपछि अर्को गरी छताछुल्ल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त घटना गम्भीर राष्ट्रघात र जनघात भएको बताएको छ । नेपाल सरकारको नेतृत्व गर्दै आएका पार्टीका नेताहरू, मन्त्रीहरू तथा सरकारका उच्चपदस्थ कर्मचारीहरूसमेत यस्तो कार्यमा संलग्न भएको कुरा अहिले नेपाली सञ्चारमाध्यममा छताछुल्ल भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो नेपालको इतिहासमा लज्जास्पद परिघटना भएको पनि बताएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकार नै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परि...
रायमाझीले कानुनलाई सघाउनु पर्ने एमालेको ठहर

रायमाझीले कानुनलाई सघाउनु पर्ने एमालेको ठहर

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । तर उनी फरार छन् । आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको थियो । बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’...
आज कानुन दिवश विविध कार्यक्रम गरि मनाईदै

आज कानुन दिवश विविध कार्यक्रम गरि मनाईदै

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शु...
कक्षा १२काे वार्षिक परिक्षा आजदेखि सुरु ४लाख ६७ हजार बिद्यार्थीले परीक्षा दिने

कक्षा १२काे वार्षिक परिक्षा आजदेखि सुरु ४लाख ६७ हजार बिद्यार्थीले परीक्षा दिने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन् ग्रेडेड) आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थी लाभान्वित भएका छन् । अर्थात ती विद्यार्थीहरुले जति ...
जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं । प्रगतिशील तथा जनवादी कलाकारहरुकाे संयुक्त प्रस्तुति राष्ट्रका लागी संगित अभियात्रा अन्तर्गत जनसंगितिक कार्यक्रम सम्पन्न भयकाे छ । साेमबार काठमाडौं काे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे हलमा संचालन भयकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , झलनाथ खनाल , पुर्व सभामुख कृष्ण बहादुर महरा , सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्मा , साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुधन किराँती,नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , नेकपा मशालका महासचिव शन्त बहादुर नेपालीकाे बिशेष सहभागीता रहेकाे कार्यक्रममा प्रगतिशील तथा जनवादी कलाकार हरुले राष्टभाव र जनवादी गित ,नृत्य,नाटक र संगितद्वारा मनाेरन्जन तथा सम्पूर्ण कम्युनिस्ट एक हुनु पर्ने खालका भाव सहितका गित प्रस्तुत गरेका थिए। कार्यकममा चर्चित जनवादी गायक जीवन शमाले चाहिँदैन मलाई सिस...
ठुला भ्रष्टाचारीहरुका फाइल खाेले सरकारलाई समर्थन गर्ने : राप्रपा अध्यक्ष लिङ्देन

ठुला भ्रष्टाचारीहरुका फाइल खाेले सरकारलाई समर्थन गर्ने : राप्रपा अध्यक्ष लिङ्देन

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं ।प्रज्ञाप्रतिष्ठानकाे सभा हलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे महिला संगठन काे प्रथम महाधिवेशनकाे उद्घाटन कार्यक्रम लाई सम्बाेधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गरेका छन् । महाधिवेशनलाई  आइतबार सम्बोधन गर्दै उनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका बताय । सम्बोधनको क्रममा उनले भने,‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै पुर्व मन्त्री , उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ ,विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन र क्या...
पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
सुर्खेत।पुर्व जनमुक्ति सेना नेपाल कर्णाली प्रदेशको भेलाबाट बीर बहादुर रावत सौगातलाई संयोजक चुनेको छ । सुर्खेतमा भएको पहिलो भेलाबाट पुर्व ब्रिगेड कमाण्डर बिर बहादुर रावत सौगातलाई संयोजक चुनेको हो । कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी पुर्व जनुमक्ति सेना नेपालले संगठन निमार्ण गरेको हो । पुर्व जनमुक्ति सेनाहरुको समस्या समाधान, वहिर्गमित पुर्व जनमुक्ति सेनाहरुको समास्या, घाइते अपागंहरुको समस्या सामाधानका लागि संगठन निमार्ण गरेको बताइएको छ । ३५ सदस्यीय समितिमा सह संयोजक लिला महरा कल्पना रहेकी छन । भेलामा पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आन्तरीक मामला मन्त्री कृष्ण जिसी  नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीलगायतका अतिथिहरुको उपस्थीति रहेको थियो । भेलामा बिभिन्न ज...
जाजरकोट कुशेमा शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न

जाजरकोट कुशेमा शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका जाजरकोटकाेमा सकरात्मक अनुशासन,सामाजिक संवेगात्मक ,सिकाई र लैङ्गकि समता एवम् सामाजिक समावेशीकरण सम्बन्धि कुशे गाउपालिका भित्रका प्राथमिक तहका शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भयकाे छ । बिहिवार संचालन भयकाे कार्यक्रम  २५६७ ओै बुद्ध जयन्तीको अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा कुशे र पहाडी बिकास क्षेत्र अभियान जाजरकोटकाे आयोजना तथा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेगमा कुशेका ९ वटै वडा अन्तर्गतका बिद्यालका  २५ जना प्रतिनिधि शिक्षक र शिक्षिकाहरुकाे सहभागीतामा गाउपालिकाकाे सभाहलमा तालिम संचालन भयकाे हाे । गाउपालिका शिशा युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाह, राेष्टर प्रशिक्षक तथा थर्पु मा.बि ढिमेका शिक्षक टेक बहादुर मल्ल , पहाडी बिकास क्षेत्र अभियान कुशेका शिक्षा संयाेजक अरुण पहाडी ,पहाडीकि फिल्ड अफिसर भग...
फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।अमेरिका लैजाने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेकाे बताएको छ। उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ । तर, उनी हिजो र आज सार्वजनिक विदा भएको कारण काठमाडौंमा आई लुकेर बसेका छन् । यसअघि उनले हिजो आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए । तर, भैरहवाबाट उनी एकाएक गायब भएको समाचार आएका थिए । उनले काठमाडौं आउनुपुर्व प्रहरी प्रमुख वसन्त कुँवरसँग सम्पर्क गरेको बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । प्रहरीले हिजो नै सन्दीपविरुद्ध तीन दिनको समय अदालतबाट लिएर अनुसन्धान थालेको छ।   ...
जाजरकोट छेडागाड ९ मा ट्याक्टरमा दुर्घटना १० जना घाइते

जाजरकोट छेडागाड ९ मा ट्याक्टरमा दुर्घटना १० जना घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । छेडागाड नगर पालिका वडा न ९ पजारुमा ट्याक्टर दुर्घटना भई १० जना घाइते भएका छन ।घाइतेहरु मध्य५जनालाई सुर्खेत पठाइएको छ भने  पाँच जना सामान्य घाइतेलाई छेडागाड स्वास्थ्य चाैकिमा उपचार भईरहेकाे छ । शुक्रबार ट्याक्टरमा ढुङ्गा ल्याउन गएका कामदारहरु पदम अधिकारी,राजेन्द्र अधिकारी,सुरेन्द्र अधिकारी,जनक खत्री ,दल्चन खत्री ,नरेन्द्र अधिकारी, गोरख अधिकारी ,नरबहदुर अधिकरीका साथै चालक र सहचालक सहित दस जना घाइते भयकाे स्थानीय हरि बहादुर अधिकारीले बताय।...