१३ बैशाख २०८३, आईतवार

समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

समाचार
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।   जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५  फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । ...
काठमाडौंमा पूर्वराजालाई स्वागत

काठमाडौंमा पूर्वराजालाई स्वागत

समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।   राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन्।   विमानस्थलको मूल गेटबाहिर निस्किएपछि पूर्वराजा शाहले ‍त्यहाँ उपस्थित भएकाहरूलाई अभिवादन गरेका थिए।   स्वागतका लागि पुगेकाहरूले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी पनि गरेका थिए। पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै जनताको साथ खोजेका थिए। राप्रपालगायत दलहरूले पूर्वराजाको वक्तव्यलाई समर्थन र स्वागत गरेका थिए।   ...
मन्त्रिपरिषदले सोधेको स्पष्टीकरणमा कुलमान घिसिङले फर्काए यस्तो जबाफ

मन्त्रिपरिषदले सोधेको स्पष्टीकरणमा कुलमान घिसिङले फर्काए यस्तो जबाफ

समाचार
काठमाडौं । मन्त्रिपरिषद बैठकले सोधेको प्रश्नमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सफाइ पेस गरेका छन्। गएको बिहीबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेस गर्न पत्राचार गरेको थियो।   मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार तीन दिनभित्र सफाइ पेस गर्न आग्रह गरेको थियो। मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएकोले सोही दफा १०.३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने? भन्ने प्रश्न सोधेको थियो।   यसमा घिसिङले कार्यसम्पादन सम्झौता बमोजिम तोकिएको लक्ष्य हासिल भएको उल्लेख गरेका छन्। आर्थिक वर्ष २०७८/७९ र २०७९/८०को मूल्यांकित कार्य सम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ अंक प्राप्त गरेको उनले उ...
अनिश दवाडीको शब्द लयमा खेम सेन्चुरी देवि घर्तीको यो दुनिया त ..

अनिश दवाडीको शब्द लयमा खेम सेन्चुरी देवि घर्तीको यो दुनिया त ..

मनाेरन्जन, समाचार
फागुन-२५। लोक दोहोरीमा एक क्षेत्र चर्चा कमाइरहेका खेम सेन्चुरी र देवि घर्तिको "यो दुनिया त बेग्लै रहेछ" बोलको गीत बजारमा आएको छ। गीतलाइ लोकप्रिय सर्जक अनिश दवाडीले शब्द लय गरेका हुन्। दवाडी गीत संगीत क्षेत्रमा एक अबब्ल सर्जकको रुपमा छन्। उनका गीत लगभग जसो चर्चामै छन्। मिठा शब्द चयन संगै मनमोहक भाका भरेर गीत बनिरहेका हुन्छन् दवाडीका। यस्तै यतिबेला गीतले चर्चा कमाउन थालिसकेको छ। टिकटक देखि युटुवसम्म गाना घन्किरहेको छ। बिनोद बाजुरालीको अडियो एरेन्जमा भिडियो केशबराज भट्टले निर्देशन गरेका छन्। दिनेश पराजुलीको छायांकन, मोज कार्कीको सम्पादन भित्र जुना कार्की,कपिल, सोफिइले रुवाउने अभिनय दिएका छन्। पुरा भिडियो जेके फिल्मसवाट विश्वभर उपलब्ध छ। https://youtu.be/Lq0T6foynqg?t=33...
लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ मासिक शृङ्खला लघुकथा विशेष कार्यक्रम सम्पन्न

लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ मासिक शृङ्खला लघुकथा विशेष कार्यक्रम सम्पन्न

समाचार
जयराम बिडारी काठमाण्डौँ / लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रममा रेणु अधिकारी ‘मौनता’कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’को परिचर्चा गरिएको थियो । राजधानीको तानपा-८,स्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिषठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा हुनुहुन्थ्यो । यसैगरी विशेष अतिथिमा कृतिका परिचर्चाकार डा. कौशिला रिसाल,कृतिकार रेणु अधिकारी ‘मौनता', प्रा...
नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न

नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न

समाचार
बुटवल । नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको अधिवेशनको मतदान कार्यक्रम वडा नं. १२ र १३ को अधिबेशन को मतदान श्री नयाँ गाउँ उच्च मा.वि. को प्राङ्गणमामा शान्पिुर्ण रुपमा सपन्न भएको छ । संस्थाको कुल २३ सिटको कार्यसमितिको लागि ६९ जनाले उम्मेदवारी दिएका थिए । कार्यसमितिको लागि प्यानल दर्ता गराउँदा एमाले र माओबादी तथा काङ्ग्रेस र राप्रपा गठबन्धन गरि चुनावमा उत्रीएका थिए भने गठबन्धनका बिरुद्ध स्वतन्त्र समूह एक्लै मैदानमा उत्रेको हाम्रो वुटवल संवाददाताले जानकारी गराएका छन् । बिहान ८ बजे बाट सुरु भयेको मतदान ४ बजे सम्पन हँुदा कुल ४७०० मत मध्य २६०४ मत खसेको थियो । स्वतन्त्र उम्मेदवारका रुपमा रहेका अध्यक्ष पदका उम्मेद्वार बामदेब भुसाल लाई जिताउन सुभचिन्तक सहित नपाली काँग्रस(बिपि) कि केन्द्रिय सदस्य देवि लामिछाने बिहानै बाट मतदान स्थलमा खटिएर भरपुर सहयोग गरेको श्रोतले बताएको छ । ...
“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

कविता, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
✍️हाम्रो सुर नमिल्नु, ताल नमिल्नु, विचार नमिल्नु, सपना नमिल्नु… तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमी नमिल्नु । तिम्रो प्रेमको वर्षातले मेरो मन रुझाउन नसक्नु । तिमी मेरै भएर पनि टाढाको आकाशझैं लाग्नु, म तिम्रो भएर पनि शून्यतामा हराउनु । जसरी– दुई किनार नमिलेर नै बनेको हो नदीको अस्तित्व । जसरी– रात र दिन नमिले झै हामीले बुझेका छौं । समयको महत्व हो, त्यसैगरी–तिमी र म नमिल्नु पनि, केहि मिल्नु थियो । जस्तो – कुनै एउटा प्रेमिल यादहरू । केही नमिल्नु पनि त, धेरै कुरो मिल्नु हो । कुनै दिन तिमी भेटियौ भने, सिर निहुराएर अन्तै हेरिदिन्छु । नदेखेझैं गरिदिन्छु । देखिहाल्यौ, बोलायौ भने, नसुनेझैं गरिदिन्छु । अपरिचित बनिदिन्छु । सोध्यौ तिमीले भने, “सन्चै छ,” जस्तो भान पारिदिन्छु । सबै कुरा हाँसेरै टारिदिन्छु । साथी मात्र थियौं जस्तो गरिदिन्छु । आँसुहरू आँखामा रोकी दिन्छु । जीवन एक फूलबारी...
समाजसेवी सावित्री घिमिरे सम्मानित

समाजसेवी सावित्री घिमिरे सम्मानित

समाचार
काठमाडौं । राष्ट्रिय नागरिक विकास समाज द्वारा आयोजित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय नारी सम्मान समारोह कार्यक्रम २०८१ मा समाजसेवी सावित्री घिमिरे सम्मानित हुनुभएको छ । यो कार्यक्रममा विभिन्न भूमिका बाट राष्ट्रलाई अनुकरणीय योगदान दिएका विशिष्ट ५०नारीहरुलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघीय संसद प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाको बाहुलीबाट उहाँ सम्मानित हुनु भएको हो । २०७२को भुकम्प देखि कोरोना भाइरस(कोभिड—१९)ले देशमा अप्ठ्यारो परेको बेलामा पिडितहरुको दैलो दैलोमा पुगि राहत वितरण गर्ने देखि बिभिन्न सामाजिक काममा समेत सकृय भुमिका निर्वाह गरेको भन्दै आयोजक संस्था राष्ट्रिय नागरिक विकास समाजले घिमिरेलाई सम्मानित गरेको हो । सम्मान ग्रहण पछि मिडियाकर्मीहरु संग कुराकानी गर्दै समाजसेवी सावित्री घिमिरेले यो सम्मानले आफुलाई अझ थप जिम्मेवारी थपिए...
‘गैरआवासीय नेपाली संघको महाधिवेशन २०२५ सम्पन्न गर्नु हाम्रो दायित्व हो’ : पूर्व अध्यक्ष रबिना थापा

‘गैरआवासीय नेपाली संघको महाधिवेशन २०२५ सम्पन्न गर्नु हाम्रो दायित्व हो’ : पूर्व अध्यक्ष रबिना थापा

समाचार
काठमाडौं/ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्ने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रविना थापाले गैरआवासीय नेपालीहरूले नेपाल सरकारसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रीसहित एनआरएनएका पूर्व अध्यक्षसहित अग्रज अभियन्ताहरुको छलफलका क्रममा उहाँले सो धारणा राख्नुभएको हो । "नेपालको कानूनलाई सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि हाम्रो योगदान जारी राख्नुपर्छ” उहाँले भन्नुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २० वर्षको स्वर्णिम इतिहासलाई निरन्तरता दिने तथा संघका कार्यविधिहरूलाई परिमार्जन गर्ने उद्देश्यले आगामी ३ र ४ मे २०२५ मा गर्न लागिएको एकीकृत महाधिवेशनका लागि सबै पञ्जीकृत सदस्यलाई महाधिवेशनमा सहभागी हुन समेत पूर्व अध्यक्ष थापाले आग्रह गर्नुभयो । महाधिवेशनलाई सफल बनाउन संघका सबै सदस्यहरूले नेपा...
नारी दिवसका दिन जुम्लामा हिंसा पिडित महिलाहरुले खाेले दिमा आमा घर

नारी दिवसका दिन जुम्लामा हिंसा पिडित महिलाहरुले खाेले दिमा आमा घर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
जुम्ला :जुम्लामा हिंसा पिडित महिलाहरुको शशक्तिकरण, आपतकालिन आश्रय, न्याय पैरविका लागि दिमा आमा घरको स्थापना गरिएको छ । बढिरहेको हिंसाका घटना न्यूनिकरण गर्न तथा न्यायीक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पिडित महिलाहरुले कार्यालय स्थापना गरेका हुन् । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा आमा घर स्थापना गरिएको हो ।११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका अध्यक्ष दिलमाया शाहीले जुम्लामा दिमा आमा घरको आवश्यकताका बिषयमा जानकारी दिनुभयो । उहाँले जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफुँ सँग जोडिएका सात जना महिला मिलेर हिंसा पिडितकाको न्याय, आत्मनिर्भरता, पैरवि तथा शशक्तिकरणका लागि दिमाआमा घर स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले पत्रकारिता गर्दाका विभिन्न समयमा हिसां पिडित घटनाले ंिहंसा पिडित महिलाहरु सदरमुकाममा बसेर कानूनी निकाय जान सक्ने कठिन भएकाले गुणस्तर ब...