ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । काठमाडौँमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन— २०८१मा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल र नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा महासंघको तर्फबाट अध्यक्ष ठुलोबाबु श्रेष्ठले गरेका छन् ।
सम्मेलनका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र महासंघ बिच निजि, समुदाय साझेदारीमा ग्रील तथा स्टील फेब्रिकेटर्स क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर समेत सम्पन्न भएको हो । यसले रोजगारी र श्रमिकहरूको अभिवृद्धिका लागि सरकार र नेपालको निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्ने अपे...









