२८ चैत्र २०८१, बिहीबार

मोरङमा अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका-२ गोलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्पास्पेन ३ सय ७० ट्याब्लेट र नगद ४९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिष तामाङ, २० वर्षीय रोहन निरौला र २६ वर्षीय मानव लिम्बु रहेका छन् ।

 

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित धनकुटा शहिदभूमी गाउँपालिका-४ बस्ने ३१ वर्षीय शिव राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।