२० जेष्ठ २०८३, बुधबार

समाचार

बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

समाचार
काठमाडौं ।  सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन् ।   यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा एक युवक मृत र एक जना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत फेला परेका जानकारी दिए । यस्तै, मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ ।   घाइते यादवको बरहथवास्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।   घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भ...
साताको पहिलो कारोबार दिन आइतबार घट्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन आइतबार घट्यो सुनको मूल्य

समाचार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । जसअनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो ।   यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । ...

होली खेल्ने विषयमा विवाद हुँदा युवकको मृत्यु

समाचार
काठमाडौं ।  होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ।   जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो।   अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए।   आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको उनले बताए। ...
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो

समाचार
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।   नेप्से २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा बन्द भएको हो। आइतबार कारोबार रकममा पनि गिरावट आएको छ।   गत कारोबार दिन अर्थात् बुधबार आठ अर्ब २३ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ४० करोड रूपैयाँ कमी आएको हो।   आज ३१६ वटा धितोपत्रको एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएको हो।आइतबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।   ...
अमेरिकी हमलाले यमनमा मृत्यु हुनेको संख्या पुग्यो ३१

अमेरिकी हमलाले यमनमा मृत्यु हुनेको संख्या पुग्यो ३१

समाचार
काठमाडौं । यमनमा अमेरिकी आक्रमणमा मारिनेको संख्या ३१ पुगेको छ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि शनिबार रातिदेखि अमेरिकी सेनाले यमनको राजधानी सना लगायतका क्षेत्रमा हुथी विद्रोहीलाई लक्ष्य गरेर ठूलो परिमाणमा हवाई हमला गरेको हो।   आइतबार बिहानसम्म त्यहाँ मारिने हुथी विद्रोहीको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।   हुथी विद्रीहीहरुले रेड सीमा अमेरिकी पानी जहाजलाई लक्ष्य गरेर आक्रमण गर्दै आएको छ।   त्यसो हुँदा अमेरिकाले अर्बौं डलरको नोक्सानी ब्यहोर्नुपरेको भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यमनमा आक्रमण गर्न आदेश दिएका हुन्।   ट्रम्पको आदेशपछि अमेरिकाले गएराति यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।...
हाम्रो लघुकथा केन्द्रद्वारा स्रष्टा सम्मान

हाम्रो लघुकथा केन्द्रद्वारा स्रष्टा सम्मान

समाचार
- माधव घिमिरे 'अटल' हाम्रो लघुकथा केन्द्रले आफ्नो पाँचौँ वार्षिक सभा कार्यक्रममा 'आँखीझ्याल' र 'भ्रममार्ग'का सर्जक तथा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन' तथा दिलीप राई 'सगर'लाई अर्पण गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै वरिष्ठ नाटककार तथा लघुकथाकार अशेष मल्लले पुरस्कृत श्रीओम श्रेष्ठ 'रोदन'को मुक्तकण्ठले प्रशंसा गर्दै साहित्यिक संस्थाहरूमा पुस्तान्तरणको समस्या उजागर गरे । उनले कृति किनेर पढ्ने संस्कृति विकास गर्न सबैले सकारात्मक योगदान गर्न आग्रह गरे । साहित्यकारहरू नाटक हेर्न नजाने, गायकहरू साहित्य सुन्न नजाने र चित्रकारहरू सङ्गीत श्रवण नगर्ने परम्परागत सोचमा परिवर्तन आउन जरुरी भएको उनको दाबी थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि प्रा.डा.भरतकुमार भट्टराईले लघुकथा केन्द्रले जीवन्त रूपमा आफ्ना चार गौरवशाली वर्ष व्यतीत गरेकोमा कृतज्ञता ज्ञा...
समाजवादी माेर्चालाई बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुकाे सुझाव यस्तो छ

समाजवादी माेर्चालाई बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुकाे सुझाव यस्तो छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : चार दलिय समाजवादी माेर्चालाई बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुहरुले आज विभिन्न सुझाव, आलोचना र टिप्पणी गरेका छन । नेकपा माओवादी केन्द्र , नेकपा एकीकत समाजवादी, नेकपा र जसपा सम्मिलित समाजवादी माेर्चाले आज बुद्धिजीवी र नागरिक समाजका अगुवा संग परामर्श कार्यक्रममाकाे आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रममा सहभागी भएका नेपालका बामपंथी  बुद्धिजीवीहरुकाे उक्त पार्टी र माेर्चालाई विभिन्न सुझाव दिएका थिय ।भाेजराज रेग्मी : यस्ता कार्यक्रम विप्लव रसिला हुन्थे आज निन्याउराे , उकुसमुकुस देखिन्छ , बाेलिमा तगाडा तियाे , आज किन निराशा देखिनु हुन्छ ,हाे निराशा काे भुमरिमा हामी छाै २०७५ पछि बहुमत पछि अध्याधिक बहुमत थियाे , उर्जा थियाे , केही कुरा गम्भीरता पुर्वक साेच्ने वेला छ , अहिले गणतन्त्र माैन किन राजावादी किन सडकमा  ,सामाजिक संजालमा गणतन्त्र डिफेन्सङ भयर किन आयाे ।सत्ताका लागि जे पायाे...
माओवादी मात्र हाेईन सिङ्गो कम्युनिस्टहरुकाे एकताकाे अभियानमा छाै : विप्लव सि

माओवादी मात्र हाेईन सिङ्गो कम्युनिस्टहरुकाे एकताकाे अभियानमा छाै : विप्लव सि

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने उद्घोष गरेका छन् ।समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् ।महासचिव विप्लव सीले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताउदै भने- ‘हामी नेपालको होल कम्युनिस्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त ? भन्नेमा पनि सोचिरहेका छौँ । माओवादीलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिस्ट मुभमेण्टलाई नयाँ अवधारणामा, रूपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।’ यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले तत्कालीन राजा विरेन्द्रको वंशनाश हुनेगरी भएको द...
नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न

नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न

खेल, समाचार
काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ - नेकोस द्वारा आयोजित १ vs १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा भएको हो । उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल शिन क्योकुशिन कराँते संघका नेपाल प्रमुख सुर्य बहादुर बुढाथोकीको अध्यक्षतामा रहेको उक्त प्रतियोगितामा नेकपा एमालेका केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघका इन्चार्ज तथा पुर्व बागमती प्रदेश मन्त्री जेएन थपलिया प्रमुख अतिथि साथै प्रधानमन्त्री केपी शर्मा ओलिका स्वकीय सचिव तथा नेकोसका उपाध्यक्ष दिपेन्द्र दाहाल विशेष अतिथिको रूपमा सहभागी भएका थिए । फुलकन्ट्याक्ट कराँते संघ - नेकोसका अध्यक्ष तथा नेपाल बुदोकाई-दो संघका अध्यक्ष ...
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।   युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । ...