विदेशी मुद्रासहित एक जना ट्रक चालक पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित एक जना ट्रक चालक पक्राउ परे।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी ट्रक चालक र बरामद विदेशी मुद्राबारे अहिलेसम्म प्राप्त जानकारी भन्दै केही कुरा खुलाएको छ।प्रहरीका अनुसार ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुशाङ लामा (फुच्चे) हुन्। उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए।
ट्रक उनको आमाको नाममा छ। उनले ट्रकमा विदेशी मुद्रा राख्नुअघि २० दिनदेखि रङ लगाउन ट्रक ग्यारेजमा राखेका थिए।लामा सुन तस्करी आरोपमा पाँच वर्ष जेल परेका थिए। जेलबाट छुटेपछि ...









