१९ चैत्र २०८१, मंगलवार

पिडित जनताहरुले सिंहदरवार घेर्न आउन नपरोस् — राम प्रसाद न्यौपाने

काठमाडौं । देशकै मुटु काठमाडौं त्यसको पनि मुटु मानिने बालुवाटार क्षेत्रको सडक मर्मतको बहानामा त्यस क्षेत्रमा सडक लथालिङ्ग र धुलाम्य बनाएको भन्दै स्थानियहरु आक्रोशित बनेका छन् ।

सम्बन्धित पक्ष जिम्बेवार बनेर समस्याको समाधान गर्नतर्फ ध्यान नदिए पिडित नागरिकहरु सिंहदरवार र मन्त्रालय घेर्न जानु पर्ने दिन आउन सक्ने नेपाली काँग्रेस काठमाडौं महानगर समिति वडा नं. ४ का शभापति तथा स्थानिय समाजसेवी राम प्रसाद न्यौपानेले बताउनु भएको छ ।

तिन चार बर्ष धुलो र हिलोको मारमा परेका बालुवाटार क्षेत्रका नागरिकहरुले केहि समय राहत पाएको भएपनि बिगत पाँच महिना देखि पुन त्यस क्षेत्रलाई खनेर अलपत्र पारे पछि धुलो र हिलोले आजित बनेका छन् ।

बालुवाटार क्षेत्रको लाम्टीङ्गिन मार्ग,नयाँबस्ती मार्ग ,कैलाशपती मार्ग लगयतको सडकहरु भत्काएर अलपत्र छोडिदा त्यस क्षेत्रमा बसोबास गर्ने धरै नागरिकहरु बिरामी पर्न थालेको न्यौपाने बताउनुहुन्छ ।

यो बिषयमा कामपा वडा नं. ४ मा सम्पर्क गर्दा काठमाडौं महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृत नभएर काम रोकिएको भन्ने जवाफ आएपछि पिडित नागरिकहरु झन आक्रोशि बनेका हुन् ।

सरकार र बालेनको जुँगाको लडाईमा नागरिकहरु मिचाईमा परेको भन्दै यस्तै अति भए आमनागरिकको जन स्वास्थको अधिकारको बिषयमा कानुनी उपचार खोज्न जानुपर्ने अवस्था आउने समाजसेवी न्यौपानेको भनाई छ ।

उहाँ भन्नुहुन्छ “ घरबाट निस्कने बितिकै आम नागरिक यो बाटो कहिले बन्छ भनेर प्रश्न गर्नुहुन्छ तर आफु नाजवाफ भएर हिड्नु परेको छ । ति दरवारमा बसेर शासन गर्नेलाई त भन्न सजिलो होला तर हामि यहिँका आम नागरिकको बिचमा बसेर काम गर्नेलाई गाह्रो छ ।”