६ चैत्र २०८१, बुधबार

हरियाणामा भाजपा नेता सुरेन्द्र जवाहराको गोली हानी हत्या

काठमाडौं । भारतको हरियाणाको सोनीपतमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुरेन्द्र जवाहराको गोली हानी हत्या भएको छ ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार उनका छिमेकीले जवाहराको गोली हानी हत्या गरेका हुन् । जवाहराका छिमेकीले तीन राउण्ड फायर गरेका थिए ।

 

शुक्रबार भाजपा नेता जवाहराले आफ्नो परिवार र पार्टी कार्यकर्तासँग होली खेलेका थिए । उनीहरु राति करिब ९ बजे घर पुगेका थिए, त्यही क्रममा छिमेकीले पेस्तोलले गोली हानेका थिए ।

 

घटनाको सीसीटीभी फुटेजमा भाजपा नेता जवाहरा आफ्नो ज्यान जोगाउन पसलमा पसेका थिए तर तीन राउण्ड गोली चलाउँदा ज्यान गुमाए । उनको शव खानपुर कलान गाउँस्थित फूलसिंह सरकारी महिला मेडिकल कलेज अस्पतालमा राखिएको छ ।

 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।