काठमाडौं : चार दलिय समाजवादी माेर्चालाई बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुहरुले आज विभिन्न सुझाव, आलोचना र टिप्पणी गरेका छन ।
नेकपा माओवादी केन्द्र , नेकपा एकीकत समाजवादी, नेकपा र जसपा सम्मिलित समाजवादी माेर्चाले आज बुद्धिजीवी र नागरिक समाजका अगुवा संग परामर्श कार्यक्रममाकाे आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रममा सहभागी भएका नेपालका बामपंथी बुद्धिजीवीहरुकाे उक्त पार्टी र माेर्चालाई विभिन्न सुझाव दिएका थिय ।भाेजराज रेग्मी : यस्ता कार्यक्रम विप्लव रसिला हुन्थे आज निन्याउराे , उकुसमुकुस देखिन्छ , बाेलिमा तगाडा तियाे , आज किन निराशा देखिनु हुन्छ ,हाे निराशा काे भुमरिमा हामी छाै २०७५ पछि बहुमत पछि अध्याधिक बहुमत थियाे , उर्जा थियाे , केही कुरा गम्भीरता पुर्वक साेच्ने वेला छ , अहिले गणतन्त्र माैन किन राजावादी किन सडकमा ,सामाजिक संजालमा गणतन्त्र डिफेन्सङ भयर किन आयाे ।सत्ताका लागि जे पायाे तेहि गर्ने खालका गतिविधि देखा परेका छन ।नेपालीको मायालाई घटाउदै जाने खालका प्रबृत्ति देखा परेका छन ।२०६२/६३ काे आन्दोलनको सार राजतन्त्र फाल्ने थियाे । धेरै राजा भन्दा एउटा राज ठिक भन्ने खालकाे अवस्था किन आयाे ?हामी पुरानाे साेचबाट मुक्त हुनेकि नहुने ।हिजाे टेस्टेट भयकाहरु किन फेरि जुरमुराउनु पर्ने अवस्था आयाे । गल्ती गरेकाेमा राष्ट्रबाट माफि माग्नु पर्छ ।
हिरण्यलाल श्रेष्ठ : सिस्टम भित्र र बाहिर समस्या देखा परेका छन , हिन्दुराज्यकाे छाँया नेपालमा परेकाे छ । राजावादी किन सल्बलाए,? दरवार हत्याकाण्डमा पनि आर्मि लागेकाे थियाे कुरा किन आज बाहिर आयाे। पुर्व राष्टपति काे किन चाँसाे राजनीति दलसंग ?
५५/६० जनाकाे हातमा मुलुकको अर्थतन्त्र छ , यसलाई चिर्न सकियाे भने समाजवादी आउँछ कि , जियाे पाेल्टिकल लाई नबुझिकन समाजवादीलाई सफलता हासिल गर्न सकिदैन ।कार्यन्वयन तर्फ समाजवादी माेर्चा रहाेस ।
गाेविन्द
जतिवेला देशमा समस्या आउँछ राजनीति पार्टी र नागरिक समाजका अगुवा हरुकाे तालमेलकाे सुरुवाती हुन्छ । फाेर्स र एजेन्डा हरुलाइ एकीकृत गरेर लिन सक्नु पर्छ । हामिले ब्यक्ति केन्द्रीत समाज निर्माण गर्न लाग्यौं , समाज र देश केन्द्रीत समाज निर्माण कसरी गर्ने । याे व्यवस्था जादैन र यहि अवस्थामा रयाे भने पनि राम्रो हुदैन ।तुहाँलाे लाग्न दिनु हुदैन हटाउने किसिमका अवस्था कसरी ल्याउने ।
माेतिलाल नेपाली :हामिले सेना र सत्ता लाई कहाँ पुर्यायाै । दलाल ब्यवस्था पकड्ने कि समाजवादी ल्याउने ? क्रान्तिका प्रेरक तत्वहरुलाई किन आज अपहेलित ।
देव बहादुर पाैडेल ,:अहिलेकाे अवस्थाको जिम्मेवारी काे हुने।गणतन्त्रका बिरुद्ध नारा लगाउदै राजावादीहरु किन आय ? यसकाे सिर्जना गर्ने हामी नै हाै । गणतन्त्र आय पछि दुनियाँ भ्रष्ट भयका छन किन ? प्रतिगमनकारीकाे सिर्जना गर्नु हाम्रै हामी सक्षम भयनाै ।जन्ताले राजतन्त्र चाहेका हेइनन , परिवर्तन चाहेका हुन ।जन्ताकाे जिवनस्तरमा परिवर्तन आएन । हामी प्राकृतिक का धनी भयर पनि अन्धकारमा किन लुकिरहेका छाै ।हामिले हाम्राे राजनीतिलाई आत्मनिर्भर ढंगले बढाउन सकेनाै । प्रतिगामी गणतन्त्रको लुताे हाे । गणतन्त्र पछि नेपाली जन्ताकाे भबिस्य किन झन अन्धकारमा गयाे। राजनीति पृष्ठभूमि नभयकाहरुले किन आज सडक लिय ।
चन्द्रकान्त ज्ञवाली : हिजाे जनयुद्ध,जनआन्दोलन र आज पनि सडकमा भयका जन्ताकाे उहीँ थिय ? उनिहरुकाे अवस्था के ? संसद बन्नलाई मन्त्री बन्नलाई कराेडाै दिनु पर्ने ।
एकराज भण्डारी : फरक खालकाे राजनीति काे सुरुवात गरेकाे दस बर्ष भयाे ।संविधानमा समाजवाद उन्मुख भने पछि वैज्ञानिक समाजवादी स्थापना गर्नु पर्छ भनेर नेकपा स्थापना गरियाे । संसद भित्र गणतन्त्र मुर्दावादका नारा लगाउछन ।दस बर्षकाे अनुभवले राज्य फेल भयकाे अवस्था आयाे ।संसद फेलर अवस्थामा पुग्याे । न्यायलय पनि जनपक्षीय भयन । राज्यका अंगहरु नै फेल भयका छन । समाजवादी माेर्चामा पनि फलानाे छ म त्यहा आउदैन । समाजवाद पनि जनैकाे मन्त्र जस्ताे भयाे । शिक्षा ,स्वास्थ्य राेजगारका कुरा समाजवादीहरुले मुल एजेन्डाका रुपमा उठाउनु पर्छ ,अब समाजवादी चरित्रका घाेषणापत्र हरुमा पनि निर्माण गरिनु पर्छ।
युगनाथ लम्साल :अवस्था नियन्त्रण भन्दा बाहिर गयकाे छैन नियन्त्रण गरेनाै भने जाने खतरा छ । “सिन्टम हाे कि डिजिम हाे “नामकाे कम्युनिस्ट भयाै तर फिउडरिजम भयाै किन? ४ वटा “प” वरिपरि राजनीति घुम्दैछ – पावर , पथ,पैसा र परिवार ,समाजवादले शिक्षा र स्वास्थ्यमा के के गर्ने ? भन्ने कुरा मुल एजेन्डा बनाईनु पर्छ ।
डा. महेश नाथ : राजनीति सुन्यता भयाे । किन ? जन्तामा निराशा का झिल्का हरु किन ?
नारायण बास्काेटा:नेपाली जन्ता ईमान्दार र परिश्रमी छन ।नेपालमा करिस्मेटिक लिडर मात्र आउने कि ! जनमुखी नेता आउने !अरुले बिगार्ने काम गर्दैनन,आफै भित्र बिग्रिने कसरत हुने गरेका छन ।
खिमलाल देवकाेटा :कम्युनिस्ट हुनु भनेकाे क्रान्तिकारी हुनु हाे ।तर हामी क्रिटिकल भयाै किन ? राजावादी हरुलाई प्रतिवाद गर्ने किसिमले जानू पर्ने अवस्था नभयकाे ।
दिपेन्द्र बहादुर क्षेत्री ,:एउटा अभियान सकियो भने पछाडिका सबै भुलिदिने समस्या छन ।राजाबाट लियका भाैतिक संरचनाहरु नै भ्रष्टाचार गर्ने थलाेका रुपमा किन भय।
डा.चन्द्रमणि अधिकारी :राजनीति , संविधान मा हामिले कहाँ गल्ती गरियाै।राजनीति मा निराशा छ। पाेखरिकाे पानी सकियाे भने फेरि आउने पानी कस्तो आउँछ।देशमा पाचवटा वर्ग ; राजनीतिलाई दुरुपयोग , प्रसासनकाे दृष्टिकोण बाट फाइदन लिने , उद्यमिशिल बाट बार्गेनिङ गरेर फाइदा लिने,बिचाैलिया र जन्ता हरुकाे वर्ग।समाजवादमा समाजवाद प्रदायि देश हुन्छ ।राजनीति भनेकाे समाजसँग जाेडियकाे कुरा हाे ।त्यसकारण वर्गहरु बिभाजन भयकाे अवस्था छ ।
माेहना अन्सारी : प्रतिपक्ष काे भुमिका समाजवादी माेर्चा छ , सडक र सदनमा याे हाजिर छ ।साेसल मिडिया एउटा फाेर्स हाे, यसलाई नै,हाम्राे कनेक्टिङ फ्याक्टर बनाणपर्छ। कम्युनिस्ट र धर्म काे निकै टाढाको बिषय हाे , तर प्रचण्ड प्रधानमन्त्री भयकाे वेला भारतमा गयर धर्मका कुरा गरेर आउनु भयाे ।र राजावादी हरुकाे कार्यक्रममा भारतिय धर्मलम्विहरुकाे फाेटा आउनु पनि तेहि उपज हाे कि ?
द्वन्द्वका घाउहरु अझै उस्तै छन ।उसलाई समाधान कसरी गर्ने ।
मल्ल के सुन्दर ; ज्ञानेन्द्र काे काउन्टरमा प्रचण्ड जि उत्रिने हाेइन ! तपाईंहरु सडकमै हामि यहाँ छाै भन्दै उत्रिएको दिन देखि कहाँ जानू भयकाे थियाे ? नेताहरुकाे त्याग र राजतन्त्रले दमन गरेकाे कुरा पढाइको खाेई ।कम्युनिकेसनकाे कमि भयाे ।
“सुनकाे सिक्काहरु सडकमा चम्किए पछि खाेटा सिक्का तेसै तह लाग्छन ।” जस्ता सुझाव राखेका थिए। उक्त कार्यक्रमकाे अध्यक्षता नेकपाका महासचिव विप्लव सिले गरेका थिए भने कार्यक्रममा अतिथिका रुपमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , पुष्पकमल दाहाल “प्रचण्ड” र जसपा का नेता महेन्द्र राय यादवकाे थिए । कार्यक्रमकाे संचालन नेकपा माओवादी केन्द्रका महासचिव देवी गुरुङले गरेका थिए ।