काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने उद्घोष गरेका छन् ।समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् ।महासचिव विप्लव सीले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताउदै भने- ‘हामी नेपालको होल कम्युनिस्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त ? भन्नेमा पनि सोचिरहेका छौँ । माओवादीलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिस्ट मुभमेण्टलाई नयाँ अवधारणामा, रूपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।’
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले तत्कालीन राजा विरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको आयोग बनाएर छानविन गर्न जरुरी रहेको बताए । उनले आफूहरुले तत्कालीन समयमा र गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि पनि उक्त कुरा भन्दै आएको बताए ।
अध्यक्ष प्रचण्डले आफूले पुरानै तथ्यमा आधारित भएर अभिव्यक्ति दिएको र एक पटक दरबार हत्याकाण्ड पुनः छानविनको आवश्यकता रहेको बताउदै भने- ‘मैले हिजो जे बोलेको छु, त्यो धेरै पहिलादेखि नै बोलिराखेको कुरा हो । दरबार हत्याकाण्ड भएको लगतै, जतिबेला हामी भूमिगत थियौं, त्यतिबेला पनि यही कुरा बोलिएको थियो । म पहिलो चोटी गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि पनि त्यही कुरा बोलिएको थियो । मैले छानविन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेला नै भनेको थिएँ । तिनै कुरालाई अहिले जसरी फेरि पुनरुत्थानको कोशिस भएको छ, त्यो सन्दर्भमा स्मरण गर्न आवश्यक ठानेर मैले भनेको छु– यो जनतालाई लागेको छ भन्ने भाषा छ त्यहाँ । जनताको मनमा यी प्रश्न छन् । यसको उत्तर खोज्नै पर्छ भन्ने हिसाबले भनिएको हो । पुरानै तथ्य, पुरानै प्रमाण र आम नेपाली जनताको मनमा जे छ, त्यो कुरा मैले मुखरित गरेको हो ।’नेपालमा संघिय गणतन्त्रको बिषयमा जसले बढि लगानी गरेकाे छ उसैलाई जाेगाउनका लागि पनि उत्तिकै चिन्ता हुन्छ ।संघीयता, संविधान र समानुपातिकका बिषयमा सबैकाे चासाे र एक मत थियन ! गणतन्त्रमा आउन कतिपयलाई बाध्य पारिएको थियाे । “रियाक्टिभ र एक्टिभकाे कुरा हाेइन” सुदृढ लाेकतन्त्र सुदृढ गणतन्त्र नै हाम्रो जाेड हाे । “मैदान खालि छैन है” आलोचना , टिप्पणी र सुझावहरुलाई गम्भीरतापूर्वक लियका छाै ।
यसैगरी, अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा प्रचण्डका लागि सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको बताउँदै मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको बताए । उनले समाजवादी मोर्चा जे उद्देश्यले गठन भएको हो त्यही उद्देश्यमा अगाडि बढिरहेको समेत बताए ।
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको बताउँदै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने गरी मोर्चाले नयाँ सङ्कल्प लिएको बताए । उनले भने- ‘ग्रामीण अर्थतन्त्रको विकास कसरी गर्ने, जनताको जीवनमा कसरी परिवर्तन गर्ने त्यसको लागि मोर्चा अगाडि बढेको छ । ’
अध्यक्ष प्रचण्डले गणतन्त्र पक्षधरहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको समेत बताए । उनले सरकारमा रहँदा उठाइएको भ्रष्टाचार र सुशासनका कुरा अझै आफूले उठाइरहेको बताउँदै जनताको कुनै पनि हकलाई नमारिएको बताए ।
यसैगरी, अध्यक्ष प्रचण्डले सबैको धर्म र परम्परालाई रक्षा गर्ने काम गरिरहेको बताए । उनले आदिवासी जनजाति, महिला, मुस्लिमलगायतले पाएको अधिकारको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष सुरु गरिएको बताउँदै एउटा धर्म, संस्कृतिलाई काखी च्याप्ने काम कसैबाट हुन नहुने ठोकुवा गरे ।
यसैगरी, अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुरु गरेको तराई मधेस जागरण अभियान रोकिएको नभई स्थगित गरिएको बताउँदै चाँडै नै पुनः सुरु हुने बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन धेरैको रगत बगेको बताउँदै त्यसका विरुद्धमा कसैले गलत क्रियाकलाप गरेमा सतर्क हुन आफूहरूको कर्तव्य रहेको समेत बताए । उनले भने- ‘गणतन्त्रमाथि कसैले धावा बोल्छ भने त्यसको प्रतिकार गर्ने हाम्रो कर्तव्य हो।
नेपालको इतिहासमा राजतन्त्रलाई अन्त्य गरी जनताको सार्वभौमसत्ता कायम गरिएको छ जनताको सार्वभौमसत्तामाथि कसैले धावा बोल्यो भने चुप लागेर बस्दैनौँ ।’
यसैगरी, अध्यक्ष प्रचण्डले विशिष्ट व्यक्तिलाई सेवा सुविधा दिने विधेयक ल्याउने कुरा बेमौसमी बाजा भएको टिप्पणी गर्दै भने-‘’त्यो मस्यौदा अहिले बेमौसमको बाजाजस्तो किन गरेको होला भनेर हामीले पार्टीभित्र पनि भनिसकेका छौं ।यो अहिले जरुरी कुरा होइन। यसले प्रतिक्रियालाई जन्म दिने कुरामात्रै हो, यो अहिलेको आवश्यकता होइन ।’
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले वंशवादमा शासन चलाएकाहरूबाट देशलाई मुक्त गरी देशलाई समाजवादी गणतन्त्रमा लैजाने बताए । उनले समाजवादी गणतन्त्रमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै व्यवस्था परिवर्तन गरेर देशलाई अग्रगमनतिर लैजाने तयारीमा रहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताए ।हामिले राष्ट र जन्ताका सामु समस्या देखिय पछि बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुलाई सम्झने गर्छाै । राज्य राम्रो बनाउन कार्यकारी अधिकार भयकाे ब्यक्ति चाहिन्छ ।राजावादीलाई इङ्गित गर्दै नेता नेपालले भने “मान्छे ओईरेका हुन या ओईराईएका हुन याे बुझ्न जरुरी छ ।सबैभन्दा पाेल्ने कुरा भ्रष्टाचारका कुरा ।सुशासनका कुरा ।जन उत्तरदायीका कुरा हुन । हामी सच्चिन जरुरी छ ।नेता नेपालकाे जाेड थियाे ।