१८ चैत्र २०८१, सोमबार

अमेरिकी हमलाले यमनमा मृत्यु हुनेको संख्या पुग्यो ३१

काठमाडौं । यमनमा अमेरिकी आक्रमणमा मारिनेको संख्या ३१ पुगेको छ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि शनिबार रातिदेखि अमेरिकी सेनाले यमनको राजधानी सना लगायतका क्षेत्रमा हुथी विद्रोहीलाई लक्ष्य गरेर ठूलो परिमाणमा हवाई हमला गरेको हो।

 

आइतबार बिहानसम्म त्यहाँ मारिने हुथी विद्रोहीको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

 

हुथी विद्रीहीहरुले रेड सीमा अमेरिकी पानी जहाजलाई लक्ष्य गरेर आक्रमण गर्दै आएको छ।

 

त्यसो हुँदा अमेरिकाले अर्बौं डलरको नोक्सानी ब्यहोर्नुपरेको भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यमनमा आक्रमण गर्न आदेश दिएका हुन्।

 

ट्रम्पको आदेशपछि अमेरिकाले गएराति यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।

यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको हो।