फागुको सुस्तायो चहलपहल
काठमाडौं । केही दिन भयो काठमाडौंको मौसम खुल्न सकेको छैन। न घाम लाग्ने, न बादल नै फाट्ने अचम्मसँग धुम्मिएको छ, काठमाडौं उपत्यकासहित देशको धेरै भागको मौसम।
पर्यावरणले वसन्त डाकिसक्दा पनि मौसमले खुलेर स्वागत गर्न नसकेकै अवस्थामा फागुको रौनक भित्रिएको छ।
फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा यो पर्वको विशेष रौनक छाउने गर्छ।
तराईं क्षेत्रमा भने फागु पूर्णिमाको भोलिपल्ट होली पर्व मनान्छ। त्रेता युगदेखि नै नेपाली, परम्परा र रीतिरिवाजको अविच्छिन्न हिस्सा बनेको होली विशेष गरेर रङ र पानीको सांस्कृतिक संगम हो।
आपसमा रङ दलेर र पानी छ्यापेर मनाइने यो पर्व भावना तथा सद्भाव सेतु पनि हो।
प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै यो पर्वको उल्लास सुरू हुन्छ।
हनुमानढोका दरबारको गद्दी बैठक...









