५ चैत्र २०८१, मंगलवार

ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाले निकाल्यो दक्षिण अफ्रिकाका राजदूतलाई

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई निस्कासन गरको छ।

 

अमेरिकाका  विदेशमन्त्री मार्को रूबिओले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई अब अमेरिकामा स्वागत गर्न नपर्ने भनेर एक्समा लेखेका छन्।

 

क्यानडामा जी-७ राष्ट्रहरुको विदेश मन्त्रीहरूबीचको बैठक सकेर अमेरिका फर्किएका रूबिओले राजदूत रसुललाई अमेरिका प्रवेशमा रोक लगाइएको बताएका हुन्।

 

विदेशमन्त्री रूबिओले रसुलले जातीय राजनीति गरेको र अमेरिकी राष्ट्रपति ट्रम्पको कट्टर विरोधी भएका कारण उनलाई अमेरिकामा स्वागत गर्न नसकिने भनेर एक्समा लेखेका छन्।

 

‘दक्षिण अफ्रिकी राजदूत रसुललाई हाम्रो महान देश अमेरिकामा स्वागत छैन। उनी एक जातीवादी हुन् जो अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन्,’ रूबिओले एक्समा लेखेका छन्।