छोरीसँग मिलेर बुहारीले बनाइन् योजना, २० हजार सुपारी दिएर ससुराको हत्या
काठमाडौं । संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिला र तीन जना नाबालिकलाई पक्राउ गरेको छ।
खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ७२ वर्षीय मिनबहादुर कुमालको हत्या भएको थियो।
उनको हत्या गरेको अभियोगमा प्रहरीले उनकै ४५ वर्षीया बुहारी, उनकी १३ वर्षीया छोरी र १७ वर्षका दुई जना किशोरलाई पक्राउ गरेको हो।
१७ वर्षका दुई किशोर १३ वर्षीया बालिकाका साथीहरू हुन्।
घटना वैशाख १३ गते राति साढे १० बजेतिर हो। मिनबहादुर आफ्नै घरमा सुतिरहेको बेलामा दुई जना व्यक्ति आएर हत्या गरेको खबर प्रहरीले पाएको थियो।
उनको हत्या भएको खबर पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। दुई जना व्यक्ति आएर हत्या गरी भागेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख एवं डिएसपी दक्षकुमार बस्नेतको नेतृत्वमा टोली खटिएको थियो।
७२...









