
ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु
काठमाडौं । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बेलुकी ७:५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति मृत्यु भएको हो।
ट्रकको ठक्करबाट अटोमा सवार रहेकी मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको छ।अटोमा पुजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए। दुर्घटनामा उनी पनि घाइते छन्। उनको अवस्था मध्यम...