१० असार २०८२, मंगलवार

रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ।

 

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सुन बरामद भएको सेतोपाटीलाई बताए।

 

‘सुन बरामद भएर भन्सारमा पठाइएको छ,’ उनले भने, ‘बरामद भएको सुनको मात्रा यकिन गर्न बाँकी छ।’

 

उनकाअनुसार सात वटा बिस्कुट बरामद भएको हो।