काठमाडौं । झापामा एक जना वृद्ध मृत फेला परेका छन्।
भद्रपुर नगरपालिका–१० मा एक वृद्ध घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतक सोही ठाउँका अन्दाजी ६५ वर्षीय निगे राई हुन्। उनी मंगलबार बिहान करिब ८ बजेतिर घरबाट निस्केका थिए।
राई डाँगीबारीस्थित भित्री सडकखण्डको कल्भर्टबाट करिब ८–१० फिट तल लडेको र अवस्थामा घोप्टो परेर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।