जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे
काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–२ को झुलेनीमा ठाउँमा चट्याङ लागेर २१ वटा भेडा बाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा भेडाबाख्रा मरेका हुन् ।
गुठी गाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठीचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए ।
घरमा ल्याउन रुख मुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो । हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडा बाख्रा छन् । उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ ।
चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दुःखी भएका छन् । गुठीगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन् ।
गाउँमा करिब ३,५०० भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटा भेडाबाख्राको मूल्य कम्तीमा१० हजारदेखि अधिकतम २५ हजा...









