काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम मा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ।
घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।
गत माघ २४ गते ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका थिए । अन्य घाइते भने खतरामुक्त रहेका बताइएको छ ।
काठमाडौं। गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ ।
जिल्ला अदालत काठमाडौंमा उनीहरूले आज सम्बन्ध विच्छेद गरेका हुन् । केहि समयअघि एलिनाले सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरु विवाहको ९ महिनामै छुट्टिएका हुन् । एलिनाले विष्णुसँग केही पनि नलिई सम्बन्धविच्छेद गरेकी हुन् ।
सम्बन्धविच्छेदपछि एलिनाले स्टाटस लेख्दै सम्बन्धविच्छेद रहरले नभइ बाध्यताले गर्नुपरेको बताएकी छिन् ।
एलिनाले भनेकी छन्, ‘प्रिय बिष्णु,अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको...
काठमाडौं / साँगे सभ्यताको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समुदायलाई एकताबद्ध गर्ने अभिप्रायका साथ आगामी फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने भएको छ।
साँगे दर्पण प्रकाशन समितिको संयोजनमा भर्चुअल माध्यमबाट यस सम्मेलन हुन लागेको हो । माघ २८ गते काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि साँगे सम्मेलनमा ‘साँगे सभ्यता संरक्षण तथा विकास अभियान’ को औपचारिक घोषणा गरिने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा समितिले यस ऐतिहासिक सम्मेलनमा करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको जनाएको छ। सम्मेलनमा स्वागत मन्तव्य, राष्ट्रिय गान, परिचयात्मक सत्र, सहभागी वक्ताहरूका मन्तव्य, धन्यवाद ज्ञापन, क्षेत्रगत संयोजन समिति प्रस्ताव, तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान कार्यसमिति गठनजस्ता गतिविधिहरू समावेश गरिनेछ। यो सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिक...
नेपालगन्ज : बाके जिल्लाको नेपालगन्जमा एक जना युवाको करेन्ट लागेर मृत्यु भयकाे छ ।
नेपालगंज उप-महानगरपालिका - १८ मा आईतवार अपरान्ह ४ :३० बजे तिर बर्दिया जिल्ला गुलरिया नगरपालिका -७ का १९ वर्षिय राज राठाेरकाे मृत्यु भयकाे हाे ।
ना ५ ख १४१४ नम्बरको गाडी मर्मत गर्ने क्रममा गाडिको छतमा चढ्ने क्रममा नजिकैको तारले छुयपछि उनलाई करेन्ट लागेकाे हाे । करेन्ट लागे पछि निज राठाेर भुईमा झरे लगतै उनकाे मृत्यु भयकाे प्रहरीले जनायकाे छ ।
...
स्मृतिमा प्रिय भाई नयन -
✍️म भन्दा ५ महिना मात्र कान्छो थियो भाई नयन ! त्यसैलेहामी दुई भाई बीच दाई-भाईको मात्र नाता नरहेर एउटा असल दौतरीको नाता थियो । हामी दुईभाईले खेल्ने माटो र धुलो मात्र एकैनभएर अध्ययन गर्ने स्कूल समेत एकैथियो । म एक कक्षा अघि हुन्थे। उ एक कक्षा पछि हुन्थ्यो । त्यसैले पनि प्राय : मैले पढेकै पुस्तकहरु उस्ले पढ्यो । मैले बनाएका नोटहरु उस्ले घोक्यो । म अघि -अघि उ पछि -पछि हिडिरह्यो । पढाइमा उस्लाई यसै कारणले पनि सहज थियो। नजानेको कुरा सिकाइ माग्न मलाई जस्तो उस्लाई गाह्रो कहिलै भएन । हामी स्कूल जाँदा र आउँदा पनि सँगै हुन्थ्यौ । खासगरी हामी स्कूल पढ्दाको क्षणमा स्कूल जाँदा र आउँदा विद्यार्थीहरुको लाम हुन्थ्यो । त्यो लाममा हामी दुई भाई जहिलेपनि अघि पछि हुन्थ्यौ । हामी दुई भाई अन्य विद्यार्थीको तुलनामा साना र फुच्चेथियौ । स्कूलमा हामीलाई सानो देखेर प्रायले हेप्न...
राजकुमार हुमागाई / घटना स्थलबाट हिमाल घिमिरेको रिपोर्ट
काभ्रे । काभ्रे बेथानचोक १ च्याम्राङ्गबेसिमा सुसुराको निधन पछि माइतीमा रहेकी बुहारी किरिया बस्न घर फर्कने क्रममा बिच बाटोमै दुर्घटनामा परि निधन भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका वडा नं १ का भीम प्रसाद गौतमको शनिवार बिहान घरमै निधन भएको थियो । गौतमकी साहिँली बुहारी मेनुका गौतम मकवानपुर हेटौंडा माइतीमा थिइन् ।
गौतमको निधन पछि उनी आइतबार ससुराको किरिया गर्नका लागि घर फर्कर्ने क्रममा उनको बिच बाटोमै निधन भएको हो । मकवानपुरको फापरबारी सम्म सार्वजानिक बसमा आएकी उनले ललितपुर हुँदै काभ्रेसम्म पुग्नका लागि जेठाजूका छोरा (भतिजा)लाई बोलाइ उनले चलाएको मोटरसाइकलमा घर फर्कर्दै गरेको बुझिएको छ ।
अपरान्ह ४ बजेको समयमा मोटरसाइकलमा गुडीरहेकै बेला गौतमले ओडोको सल बाइकको चेनमा अड्किए पछि उनी सलमा बेरिएर सडकमा खसेको बताइएको छ ।
उनको घटना...
काठमाडौं । युवा व्यवसायी तथा समाजसेवी गौतमको पहलमा नुवाकोट जिल्ला बिदुर न.पा. वार्ड न. ८ निवासी बिष्णु तामाङ टाउको र घाँटीको संबेदनसिल रोग बाट पिडित भै पहिला वीर अस्पतालमामा र हाल सुकेधारा स्थित होलिस्तिक युनिभर्सल अस्पतालमा थेरापी गराई रहेको अवस्थामा उनको उपचारमा थप सहजताको लागि व्हिल चेयर हस्तान्तरण गरिएको छ ।
बिदेश जान भनेर बनाएको पासपोर्ट बाकसमा थन्काएर नेपालमै केहि गर्न सकिन्छ भनेर व्यवसायतिर आबद्ध भएका गौतमले सेवानै धर्म हो भन्ने मान्यता बमोजिम आफ्नो कमाईको केहि प्रतिशत सामाजिक काममा लगानी गर्ने गरेका छन् ।
गौतम राजनितिमा पनि सकृय व्यक्तित्व हुन् । गौतम नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत ईन्द्रावती काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष समेत हुन् ।
कोहि नहुनेको साहारा भगवान हुन्छन् भनिन्छ तर कोहि नहुनेलाई साहारा मानिसले पनि दिन सक्छ भ...
काठमाडौं । ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।
अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको हो ।
गत माघ २४ गते मध्यराति अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल, फुलारालगायतको ग्याङले आक्रमण गरेका थिए ।
मदिराले लठ्ठ भएर हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण गरेका थिए । मध्यरातमा होहल्ला गर्दै आएका उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको बताईएको छ । अहिले जोशी भने फरार रहेको बताइएको छ ।...
काठमाडौँ । राजधानीको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ । आइतबार अपराह्न दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङ भन्ने स्थानमा बस दुर्घटना भएको हो ।
दुर्घटनामा परेको बस जुनकिरी स्कुलको भएको र त्यसमा सवार २५ जना घाइते भएका छन् ।
अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
...
काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतविरुद्ध अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेसँगै अनुसन्धान सुरु गरिएको थियो ।
यस सम्बन्धमा अनुसन्धान हुँदा बस्नेत र उनका परिवारले जाँच अवधिमा कूल उन्नाईस करोड पन्चानब्बे लाख चौरहत्तर हजार आठसय बैसठ्ठी रुपैयाँ पच्चीस पैसा वैध आर्जन गरेको देखिएको घिमिरेको भनाइ छ ।
जबकि उनले अठ्ठाईस करोड पैसठ्ठी लाख एकसठ्ठी हजार नौसय सड्सठ्ठी रुपैयाँ चौरानब्बे पैसा खर्च तथा लगानी गरेको देखिएको घि...