
नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध मुद्दा दायर
काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतविरुद्ध अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेसँगै अनुसन्धान सुरु गरिएको थियो ।
यस सम्बन्धमा अनुसन्धान हुँदा बस्नेत र उनका परिवारले जाँच अवधिमा कूल उन्नाईस करोड पन्चानब्बे लाख चौरहत्तर हजार आठसय बैसठ्ठी रुपैयाँ पच्चीस पैसा वैध आर्जन गरेको देखिएको घिमिरेको भनाइ छ ।
जबकि उनले अठ्ठाईस करोड पैसठ्ठी लाख एकसठ्ठी हजार नौसय सड्सठ्ठी रुपैयाँ चौरानब्बे पैसा खर्च तथा लगानी गरेको देखिएको घि...