श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको प्रमुख आतिथ्यतामा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं बार्षिकउत्सव सम्पन्न
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं बार्षिकउत्सव श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
काठमाडौं बैङ्क्वेट थापागाउँ बानेश्वरमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति,राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखती , महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल, महासंघको वरिष्ठ सल्लाहकार निरन्जनकुमार श्रेष्ठ, समाजसेवी तथा नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी रहनु भएको थियो ।
महासंघका महासचिव विवेकदास श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा महासंघ अन्तरगत रहेक...









