१० बैशाख २०८३, बिहीबार

समाचार

कुशे गाउपालिका जाजरकोटद्वारा भाडा निर्धारण :

कुशे गाउपालिका जाजरकोटद्वारा भाडा निर्धारण :

Breaking News, अर्थवाणिज्य, समाचार
जाजरकोट । जाजरकोट कुशे गाउपालिका थर्पु भार्मा  द्वारा भाडा निर्धारण गरियकाे छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर राेकाय  द्वारा हस्ताक्षरित सुचनापत्र अनुसार  खलंगा देखि कुशेका विभिन्न टाेेलकाे भाडा निर्धारण गरियकाे हाे । बिगत लामाे समय देखि कुशेवाँसी हरुले भाडाकाे बिषयमा सास्ती खेप्नुपरेको थियाे । खलंगा देखि कुशेका बिभिन्न गाउटाेलहरुमा पुग्न करिव १ हजार देखि ३ हजार सम्मा भाडा तिरेर जाेखिम पुर्ण यात्रा गर्नु परेकाे थियाे , माैसमि राेड गाउँ- गाउमा पुगेता पनि अझै सम्मा हिडेर खलंगा सम्मा आउनु पर्ने बाध्यता रहेकाे छ । भाडा निर्धारण गरे पछि अब सबैकाे मनमा खुसिकाे दियाे बल्ने त छ??  , तर जाेखिमपुर्ण यात्राले मनमा डर काे वास त रहिरहने छ । सुचना हेर्नुहाेस : ...
जिल्ला अस्पताल डाेल्पा द्वारा हाल सम्मा दिईएका सेवा सुबिधा हरु ।

जिल्ला अस्पताल डाेल्पा द्वारा हाल सम्मा दिईएका सेवा सुबिधा हरु ।

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
 डोल्पा जिल्ला अस्पतालको वार्षिक उत्सब, यस वर्ष विविध कारणबस औपचारिक रुपमा केहि कार्यक्रम हरु नभएतापनि गएको आर्थिक वर्ष र यस साउन बाट मंसिर सम्म यस अस्पतालले दिएका सेवा हरुको बारेमा सानो जानकारि दिन गईरहेका छौँ ।                                                                          कुनै समय १ जना डाक्टर अनि थोरै संख्यामा र्नसिंग स्टाफ र पारामेडिक्स बाट सञ्चालन हुदै आईरहेको जिल्ला अस्पताल डोल्पाले विभिन्न उतार चढाब सहदै हाल २४ घण्टा सातै दिन एम.बि.बि.एस डाक्टर अनि एक जना गाईनोकोलोजिष्ट र अन्य नर्सिंग स्टाफ र पारामेडिक्स बाट जनतालाई सेवा दिदै आईरहेको कुरा सर्वविदितै छ । १५ शैयाको रुपमा सञ्चालन हुने अस्पतालमा समयक्रम र घटनाक्रम अनुसार सिमित स्रोत साधनको भरपुर उपयोग गर्दै २५ शैया सम्ममा बिरामि राखेर उपचार सेवा दिदै आएको कुरा पनि जानकारि गराउन चाहान्छौ ।                                  ...
जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । जाजरकोट जिल्लाका ७ वटै स्थानिय तहमा राष्ट्रपति  रनिङ सिल्ड हुने भयकाे छ ।बुधबार जाजरकोट जिल्ला खेलकुद बिकास समितिले एक सुचना जारि गर्दै आगामी चैत देखि जेठ सम्ममा मा.वि. स्तरकाे बार्षिक परिक्षालाई मध्यनजर गर्दै रनिङ सिल्ड हुने जनाएकाे हाे । माघ महिनाकाे दाेश्राे साता सम्मा सबै  पालिकाहरुमा कार्यक्रम गरिसक्नु पर्ने र माघ अन्तिम साताबाट जिल्ला स्तरिय कार्यक्रमहरु संचालन गर्नु पर्ने सुचनामा उल्लेख गरियकाे छ । सुचना हेर्नुहाेस :...
नेकपा जाजरकोट काे तेस्रो पुर्ण बैेठक सम्पन्न

नेकपा जाजरकोट काे तेस्रो पुर्ण बैेठक सम्पन्न

राजनीति, राष्ट्रिय, समाचार
नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिती जाजरकोटको ऐतिहासिक तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । पौष ५ र ६ गते जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा १ को सहिद पार्कमा  सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, जाजरकोटी कम्युनिस्ट आन्दोलन, एकीकृत जनक्रान्तिको कार्यदिशाकाे  सम्भावना, संगठनिक, संघर्ष, आर्थिक, सास्कृतिक, प्रकाशन र उत्पादन लगाएतका बिषयमा महत्त्वपूर्ण निर्णय गरेको नेकपा जिल्ला सेक्रेटरी बिराजन सीले जानकारी दिएका छन् । बैठक पछि प्रेस विज्ञप्ति निकाल्दै नेकपाले बैठकमा गरेका निर्णय बारे खुलासा गरेको छ । पार्टीको बिचार, निति तथा कार्यक्रम सम्प्रेषणका लागी शिवालय गाउँ पालिकाबाट २०७९ पुस २० गते देखी जनजागरण अभियान संचालन गर्ने, जाजरकोट जिल्ला भित्र रहेका बिकृती, बिसंगति जस्तैः कालोबजारी, महङ्गी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, सामाजिक विभेद, महिला हिं...
चिनमा काेराेनाकाे नयाँ लहर फैँलदाे WHO द्वारा चिन्ता

चिनमा काेराेनाकाे नयाँ लहर फैँलदाे WHO द्वारा चिन्ता

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ
७ पाैष , काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन( who)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । WHO इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’ चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस...
प्राकृति श्राेतमा भयकाे दाेहन बिरुद्ध नेकपा बहुमत ललितपुरद्वारा  बिज्ञप्ति

प्राकृति श्राेतमा भयकाे दाेहन बिरुद्ध नेकपा बहुमत ललितपुरद्वारा बिज्ञप्ति

Breaking News, अर्थवाणिज्य, राजनीति, समाचार
ललितपुर । नेकपा बहुमत ललितपुरद्वारा गाेदावारि नगरपालिका लेले मा भयकाे अवैध ढंगले ढुंगा खानि संचालन गरि प्राकृतिक रुपमा दाेहन भईरहेकाे भन्दै प्रेस बिज्ञप्ति मार्फत बन्द गर्न आव्हान गरियकाे छ । लेलेलाई खानि  क्षेत्रमा घाेषणा गरिनुले ले त्यहाका केही सिमित ब्यवसायि  ब्यक्ति र नगरपालिकाकाे मिलेमतोमा भयकाेले आम लेले बासिकाे भबिष्यमा प्रश्नचिह्न खडा भयकाे ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवाल द्वारा जारि बिज्ञप्तिमा भनियकाे छ। बिज्ञप्ति हेर्नुहाेस : ...
चलचित्र बिकास बाेर्डले गर्याे आन्दोलनका कार्यक्रम घाेषणा ।

चलचित्र बिकास बाेर्डले गर्याे आन्दोलनका कार्यक्रम घाेषणा ।

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन्। जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् । चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निष्कर्षमा आफूहरु पुगेको बताए । ‘अब हामीहरु मन्त्रालयस्तरमै वार्ता गर्छौं,’ उनले भने, ‘हामी क्रमशः कडा आन्दोलनसहित अघि बढ्छौं ।’ एक साताअघि नै...
नेपाली कांग्रेस संसदीय दलकाे नेतामा देउवा विजयी ।

नेपाली कांग्रेस संसदीय दलकाे नेतामा देउवा विजयी ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गर्रै देउवा विजयी भयका हुन्।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो । निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ। देउवाले गगनलाई ३९ मतले पराजित गरेका हुन्। गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए , भने देउवालाई उपसभापति रामचन्द्र पाैडेल र पुर्ण बहादुर खड्का काे समर्थन थियाे ।...
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे साधारण सभा

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे साधारण सभा

Breaking News, समाचार, सुचना संचार
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे ११ अौं साधारणसभाकाे  उदघाटन  आज महासंघकाे  शाखा  कार्यलय भेरि नगरपालिका ३ नयाँ बस्ति संचारग्राममा संंचालन भईरहेकाे छ । सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य भिम बहादुर सिंह , कर्णाली प्रदेश सभा  सदस्य वेदराज सिंह ,प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने ,   जिल्ला समन्वय समिति जाजरकोट का प्रमुख काली बहादुर खत्रि, प्रहरी प्रमुख सन्ताेश निराैला ,शसस्त्र प्रहरी बल जाजरकोट का प्रमुख  र जाजरकोटमा क्रियाशील पार्टी का प्रमुख लगायत सराेकारवालाहरुकाे सहभागीतामा कार्यक्रम सुरु भईरहेकाे छ । कार्यक्रम काे अध्यक्षता पत्रकार महासंघका जिल्ला  अध्यक्ष बालकुमार शर्मा ले गर्नु भयकाे छ भने , संचालन सचिव भरत शर्माले गर्नु भयकाे छ । साधारणसभामा आगामी पाैष ८/९ सुर्खेत मा हुने केन्द्रीय साधारण सभाका लागि  महत्त्वपुर्ण निर्णय हुनुका साथै जाजरकोटमा भईरहेका विशेष  सा...
नेपाली कांग्रेसको संसदीय दलकाे नेता बन्न  देउवा र गगनकाे  दाैड:

नेपाली कांग्रेसको संसदीय दलकाे नेता बन्न देउवा र गगनकाे दाैड:

Breaking News, राजनीति, समाचार
नेपाली कांग्रेसको संसदीय दलका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने पक्का भएको छ। कांग्रेसको निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा दुवै नेता यथावत रहेका छन्। दलको चुनावअघि देउवाको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा पस्तावकमा बसेका छन्। त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्। अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ। तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ। कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन्। अदालतमा मुद...