९ बैशाख २०८३, बुधबार

समाचार

नेकपा जाजरकोटद्वारा  मसाल जुलुस :

नेकपा जाजरकोटद्वारा मसाल जुलुस :

Breaking News, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकोटले खलंगामा मसाल जुलुस निकालेको छ । तत्कालीन केपि शर्मा वलीको सरकारलसंग नेकपाले ३ बुदे सहमति गरेको थियो । तर ३ बुदे सहमति गरेको २२ महिना बिति सक्दा पनि सरकारले  सहमति कार्यान्वयन गरेको छैन । ३ बुदे सहमति कार्यान्वयन गर्न दबाब सिर्जना गर्नको लागि मसाल जुलुस गरेको नेकपा जाजरकोटका सेक्रेटरी बिराजन सिले जानकारी दिएका छन् । भेरी नगरपालिका ३ नयाँ बस्तिदेखि सुरु भएको मसाल जुलुस ठाँटीमा गएर कोण सभामा परिनत भएको थियो । कोण सभामा सम्बोधन गर्दै जिल्ला सेक्रेटरी बिराजन सीले सरकारले नेकपासंग गरेको सहमति बिना सर्त कार्यान्वयन गर्न चेतावनी दिएका छन् । अहिले पनि नेकपाका कयौँ कार्यकर्ता देशका बिभिन्न जेलमा छन् । उनीहरुलाई बिना सर्त रिहाई गर्न सेक्रेटरी  सीले कोण सभा मार्फत चेतावनी दिएका छन् । नेकपाको लडाई कुनै पार्टी वा व्यक्तिसंग सम्बन्धित नभइ वैज्ञानिक समाजवादी व...
जाँडाे बढे संगै इन्फ्लुएञ्जा भाइरस सक्रिय हुँदै: सचेत रहन डाक्टरको सल्लाह :

जाँडाे बढे संगै इन्फ्लुएञ्जा भाइरस सक्रिय हुँदै: सचेत रहन डाक्टरको सल्लाह :

Breaking News, माैसम, समाचार, स्वास्थ
४ पुस, काठमाडौं। जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा. मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउँछन् । इन्फ्लुएन्जा सङ्क्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । यसबाट बच्न बिरामी भएकमा व्यक्तिसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भ...
विश्वकप खेलमा कस्ले के पाए

विश्वकप खेलमा कस्ले के पाए

अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, समाचार
  विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो। विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनालाई उपाधि जिताउँदा मेस्सीले फाइनलमा २ गोल गरे। मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल कर्ता, सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी लगायतका कीर्तिमान समेत बनाए। यो सँगै मेस्सीले खेलेका सबै खालका उपाधि जितेका छन्। फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले कतार विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका छन...
विश्वकप : उपाधी अर्जेन्टिनालाई

विश्वकप : उपाधी अर्जेन्टिनालाई

अन्तर्राष्ट्रिय, खेल, समाचार
४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्‍याए । फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका ला...
बिश्वकप : अर्जेन्टिना  र फ्रान्स बराबरीमा

बिश्वकप : अर्जेन्टिना र फ्रान्स बराबरीमा

अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, समाचार
फिफा विश्वकप २०२२ अन्तर्गतको फाइनल खेलमा फ्रान्स र  अर्जेन्टिना दुई गोल गरि वराबरमा पुगेका छन । खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता लिएको थियो। खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता लियकाे थियाे । लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले  गोल गरेका थिए। त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को अवस्थामा आइपुगेको छ।...
विश्वकप २२अौ उपादिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप २२अौ उपादिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
विश्वकप फुटबलको २२ औं उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन्।  खेलका  लागि दुवै टोली तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन्। फ्रान्सविरुद्ध लियोनल मेस्सीको कप्तानीमा सुरुवती ११ को टोली घोषणा गरेको छ। यसअघिभन्दा अर्जेनिटनाको टोलीमा एक परिवर्तन गरेको छ। एन्जल डिमारिया सुरुवाती टोलीमा परेका छन्। लियोनल मेस्सी, जुलियन अल्भारेजसँगै अग्रपंक्तिमा डि मारिया हुनेछन्। मिडफिल्ड भने परिवर्तन गरिएको छैन। रोड्रिगो डे पल, एन्जो फर्नान्डेज र म्याक अलिस्टार हुनेछन्। गोलरक्षकमा इमिलियानो मार्टिनेज कायम रहँदा डिफेन्डरमा ओटामेन्डी, रोमेरो, अकुना र मोलिना रहनेछन्। दोहोरो पहेँलो कार्डका कारण सेमिफाइनल गुमाएका अकुना फाइनलमा फर्किएका छन्। फ्रान्सले भने यसअघिकै टोलीलाई निरन्तरता दिएको छ। आक्रमणमा केलियन एम्बाप्पेसँगै जिरुड, डेम्बेले र ग्रिजमन रहनेछन्। रोबिट र चाउमेनीलाई मिडफिल्डमा निरन्तरता ...
जाजरकोट , कुशे ९ बालमैत्री  वडा घाेषणा ।

जाजरकोट , कुशे ९ बालमैत्री वडा घाेषणा ।

Breaking News, मनाेरन्जन, शिक्षा, संस्कृति, समाचार
जाजरकोट  । जाजरकोटको कुशे गाउँपालिका–वडा न.९ लाई बालमैत्री वडा घोषणा गरिएको छ। शनिवार  वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो। यसअघि यहि पालिकाको वडा नम्बर ०१ लाई १२ चैत्र २०७८  मा बालमैत्री वडा घोषणा गरिएको थियो। घोषणासँगै यो वडा जिल्लाकै तेस्रो बालमैत्री वडा बनेको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले   तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ। बालमैत्री स्थानीय शासन स्...
चाैथाे जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने

चाैथाे जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने

Breaking News, अर्थवाणिज्य, खेल, राष्ट्रिय, समाचार
आगामी पौष ११ देखि १६ गते सम्म सञ्चालन हुने चौथो जाजरकोट महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा सञ्चालन हुने महोत्सवमा अहिले सम्मकै ठुलो पुरस्कार राशीको भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो । महोत्सवमा पुरुष खुल्ला भलिवलमा विजेताले २ लाख ५ हजार ५५५ पुरस्कार पाउने छ भने उपविजेताले १ लाख २५ हजार ५५५ पुरस्कार पाउने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जाजरकारी दिए । यस्तै, तेस्रो स्थान प्राप्त गर्ने टीमले ५० हजार ५५५ पुरस्कार पाउने छ । दर्ता शुल्क १० हजार रहेको छ । चौथो जाजरकोट महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहनेछ ।...
भारतमा पेट्रोलकाे मूल्य घट्यो

भारतमा पेट्रोलकाे मूल्य घट्यो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, समाचार
१ पुस, काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ। यस पटक पनि घटेर मूल्यसूची आएपछि नेपालको बजार मूल्य कम गर्न निगमलाई दबाब परेको छ। यसअघि घटेर आउँदा निगमले घाटा धेरै रहेको भन्दै मूल्य समायोजन गरेको थिएन। यस पटक इन्धनको मूल्य घटाउने तयारी निगमले गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ। त्यहीअनुसार आईओसीले घटेको मूल्यसूची पठाएको हो।...
बिश्वका हाेचाे ब्यक्ति बने:  ईरानका  अफिसन इस्माइल  गदरजादे ।

बिश्वका हाेचाे ब्यक्ति बने: ईरानका अफिसन इस्माइल गदरजादे ।

अन्तर्राष्ट्रिय, मनाेरन्जन, समाचार
२९ मंसिर काठमाडौं ।संसारको सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ। गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन्। अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन्। उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन्। जन्मिदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ। होचो भएकै कारण उनी स्कुल जान सकेनन्। तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन्। जसका कारण उनी निकै खुसी छन्। निरन्तरको उपचार र शारीरिक कमजोरीका कारण उसले पढ्न छाड्यो, नत्र उसलाई मानसिक समस्या छैन,’ उनका बुबा इस्माइल गदरजादे भन्छन्। अफसिन स्मार्टफोन चलाउन सिपालु छन्। तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ। ‘धेरैबेर चलाउनलाई फोन ज्यादा गह्रौँ हुन्छ। तैपनि म चलाउँछु,’ उनी भन्छन्। गाउँ...