३१ भाद्र २०८१, सोमबार

नेकपा बहुमत जाजरकोटद्वारा १३० ओैं माओ जन्म जयन्ती दिवश सम्पन्न ।

११ पुस जाजरकोट ।
नेपाल कम्युनिष्ट पार्टी बहुमत जाजरकोटले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष तथा बिश्व श्रवहारा बर्गका महान नेता माओत्सेतुङ काे १३० ओै जन्म जयन्तीको अबसरमा माओ दिवश मनायकाे छ ।

जिल्लाकाे नलगाड नगरपालिका वडा नं ३ कैना स्थित श्री  सुर्याेदय माः बि काे प्राङ्गणमा उक्त कार्यक्रम गरियकाे थियाे । कार्यक्रम काे संचालन अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य शितल बिष्ट ,सभापति  नेपाल कम्युनिस्ट पार्टी बहुमत जिल्ला सम्मेलन आयाेजक समिति सदस्य तथा नलगाड नगरपालिका ईन्चार्ज कः दिनेश  , जिल्ला संयाेजक कः महानकाे प्रमुख आथित्यतामा सन्चालन भयकाे थियाे ।उक्त कार्यक्रममा जिल्ला आयाेजक कमिटी सदस्य तथा भेरि नगर ईन्चार्ज कः हिमाल,  अखिल क्रान्तिकारी डाेल्पा जिल्ला ईन्चार्ज कः विशाल,    कुसे गाउपालिका ईन्चार्ज कः बरुण बारेकाेट गाउपालिका ईन्चार्ज कः बिश्व र बिद्यालय परिवार सहिद परिवार लगायत अन्य बुद्धिजीवी हरुकाे महत्त्वपूर्ण उपस्थिति थियाे। उक्त कार्यक्रमा बाेल्दै प्रमुख अथिति कः महानले जसरि चिनियाँ कम्युनिष्ट आन्दाेलनका धराेहर क माओ काे बिचारधारा लाई आत्मसाथ गर्दै नेपालमा पनि थुपणरै पार्टी स्थापना भय थुप्रै युद्ध सैलिहरु प्रयास गर्दै आयपनि साम्राज्यवादी हरुकाे सड्यन्त्र र लिडरहरुकाे दक्षिणपन्थी अबसरवादि बिचारका कारण अहिले माअाेवादि हरु माअाे बिचार हिन भयका छन र कम्युनिष्ट नाम भजायर संसदिय ब्यबस्थामा रजाई गरिरहेका छन । त्यसैले हामिले नेपालमा शासन गरिरहेकाे दलाल पुजिपति बर्गकाे अन्त्य र श्रमिक किशान बर्गकाे मुक्ति र अधिकारकाे निमित्त दर्हाे रुपमा बर्ग संघर्ष गर्न आबश्यक छ र उहीँ बर्षवाट महान बिचार दर्शन र ब्यबहारिक माओ नेपालमा पनि जन्माउन आबश्यक छ र त्यसकाे नेतृत्व नेपाल कम्युनिष्ट  (बहुमत) ले गर्ने छ । त्यसैले समाजवादी क्रान्तिकाे कार्यदिशामा एकताबद्ध हुन सम्पुर्ण लाई आव्हान गर्नुभयाे । उक्त कार्यक्रममा युवा बिद्यार्थी शिक्षक ब्यापारि कर्मचारी लगायत सयाैकाे बिचमा सभाअध्यक्ष दिनेशले समापन गर्नुभयकाे छ ।