२ कार्तिक २०८१, शुक्रबार

बाग्लुङ केन्द्र बिन्दु भएर मंगलबार राति भुकम्प महसुस

 बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएक‍ो छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १:२३ देखि ३:२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो।

राति १:२३ मा अधिकारी चौर भएर ४.७, राति २:७ मा खुंगा केन्द्रविन्दु भएर ५.३ र राति ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।