२३ भाद्र २०८१, आईतवार

नेकपा बहुमत निकट विद्यार्थीको र युवा संगठनकाे ४ दिने पार्टी स्कुलिङ काठमाडौँमा सुरु

१२ पुस काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा युवा नेपाल जनस्वम्सेवक नेपाल र अखिल क्रान्तिकारीको स्कुलिङ काठमाडौँमा सुरु भएको छ । मङ्गलबार उद्घाटन भई ४ दिनसम्म चल्ने स्कुलिङको उद्घाटन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले गरेका थिए ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज तथा पार्टी प्रवक्ता सुदर्शनले पार्टीका नेता–कार्यकर्ताहरूमा सही विश्वदृष्टिकोण निर्माण गर्न यो स्कुलिङ सञ्चालन गरिएको बताए । उनले भने ‘स्कुलिङ भनेको विश्वदृष्टिकोणको समस्या समाधान गर्ने महत्वपूर्ण उपाय हो । विश्वदृष्टिकोणको समस्या समाधान गर्नु भनेको पुरानो र खराव विचारधाराका विरुद्ध नयाँ र सहि विचारधारा स्थापना गर्नु हो, पुरानो र खराव चाल चलनका विरुद्ध नयाँ र सही चालचलनको स्थापना गर्नु हो र पुरानो र खराव रीति रिवाजका विरुद्ध नयाँ र सही रीति रिवाजको स्थापना गर्नु हो ।’

चार दिनसम्म सञ्चालन हुने कक्षामा सिकेको कुरालाई व्यवहारमा लागू गर्नुपर्ने भन्दै उनले राजनीतिक–विचारधारात्मक क्षेत्रमा सही दृष्टिकोण निर्माण भएन भने त्यो क्रान्तिका लागि बाधक हुने बताए । ४ दिने स्कुलिङमा सबै कुरा सिक्न नसकिने तर दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा सामान्य बाटो देखाउने काम गर्ने बताए । पार्टीका नेता–कार्यकर्ताहरूको एउटैखाले बुझाइ निर्माण गर्न, यसलाई एउटै लयमा ल्याउन विचारधारात्मक तथा राजनीतिक एकरूपता पैदा गर्न, ग्रेड अफ हुन र सङ्गठित हुन आवश्यक रहेको बताए ।
उद्घाटन समारोहमा पार्टीका कार्यालय सदस्यहरू दीपक र प्रवीर, सचिवालय सदस्यहरू शार्दूल र समरजङ्गलगायत अतिथि उपस्थित थिए । उद्घाटनको अध्यक्षता युवा जनस्वयम्सेवकका केन्द्रीय अध्यक्ष हरिश भट्टले गरेका थिए भने सञ्चालन अखिल क्रान्तिकारीकी महासचिव रूपा बुढाले गरेकी थिइन् । अतिथिहरूलाई अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र शाहले स्वागत गरेका थिए ।
मङ्गलबारको कक्षामा अर्थशास्त्रका बारेमा गुणराज लोहनीले र दर्शनशास्त्रका विषयमा लालबहादुर बीसीले पढाएका थिए । उक्त स्कुलिङमा युवा र विद्यार्थीबाट गरी ६५ जनाको सहभागिता रहेको छ।