
राष्ट्रिय युवा समाज नेपाल र सुन्दर परिकल्पना सक्षम समाजको आयोजनामा पशुपतिमा महायज्ञ गरिदै
काठमाडौं । सडकमा बेवारिसे अवस्थामा छोडिएको गाई संरक्षण गर्दै आएको संस्था राष्ट्रिय युवा समाज नेपाल र सुन्दर परिकल्पना सक्षम समाजको संयुक्त आयोजनामा यहि २०८२ श्रावण १ गते बाट श्रावण ३० गते सम्म बेवारिसे गाई संरक्षण तथा गौशाला निर्माणको सहयोगार्थ पशुपतिमा महायज्ञ हुने भएको छ । आज रिपोटर्स क्लबमा एक पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा बेवारिसे मानव व्यवस्थापनमा लागेका सामाजिक अभियन्ता बिनय जंग बस्नेत, सामाजिक अभियन्ता पुण्य गौतम तथा सनातन हिन्दु धर्मका अभियन्ता राजानाथ माण्डव्यको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा समाजका अध्यक्ष राम बहादुर तामाङ र सुन्दर परिकल्पना सक्षमसमाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु) लगायतका वक्ताहरुले संस्था र महायज्ञको लक्ष्य र उदेश्य बारे बोल्नु भएको थियो भने सामाजिक अभियन्ताहरुले यो कार्यक्रममा आफ्नो सकृय सहभागिता र सक्दो ...