
काठमाडौंमा मोटरसाइकल चोरेर भागेका युवक टिपरसँग ठोक्किएर गम्भीर घाइते
काठमाडौंमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
गएराति १२:४५ बजे काठमाडौं महानगरपालिका-०३ नारायणगोपाल चोकनजिक नयाँ बसपार्कबाट जाँदै गरेको बा ४ ख १२०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदैं गरेको बा.प्र-०२-०४१ प ३९३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार टिपरसँग ठोक्किएपछि मोटरसाइकल चालक धादिङको गजुरी गाउँपालिका-०७ का २० वर्षीय दर्तामान तामाङ गम्भीर घाइते भएका छन्।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको निधार, घाँटी र नाकमा चोट लागेको पनि प्रहरीले जनाएको छ।
दुर्घटनाको प्रारम्भिक अनुसन्धानबाट दार्तारामले चलाएको मोटरसाइकल चोरीको भएको पाइएको एसपी बोहराले जानकारी दिए।
दार्तारामले गएराति नै शंखरापुर नगरपालिका-७ साँखुबाट उक्त मोटरसाइकल चोरी गरेको भेटिएको छ। मोटरसाइकल धनी अनील स...