१२ असार २०८२, बिहीबार

समाचार

भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद

भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद

समाचार
काठमाडौं । भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको भन्सार छलेका सामान बरामद भएको छ।   आइतबार बिहान साढे १० बजे सूर्यविनायक नगरपालिका-८ जगातीस्थित चेकप्वाइन्टमा एउटा गाडीबाट ७२ लाख बराबरका भन्सार छलेका सामान बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।   साँगाबाट काठमाडौं आउँदै गरेको बा. ४ ख. ७६० नम्बरको गाडीबाट प्रहरीले लत्ताकपडा, धाराका पार्टपूर्जा बरामद गरेको हो।   चालक दोलखा कालिन्चोक गाँउपालिका वडा नं. २ बस्ने ४७ वर्षीय लक्ष्मण थामीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। ...
बीमितको साढे १८ लाख बढी रकम हिनामिना गरेको आरोपमा एक पक्राउ

बीमितको साढे १८ लाख बढी रकम हिनामिना गरेको आरोपमा एक पक्राउ

समाचार
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय होलेरीका एक जना कर्मचारी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।   सल्यान जिल्लाको शारदा नगरपालिका–४ घर भई पछिल्लो समय दाङको घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएका ३१ वर्षीय गणेश पहाडी पक्राउ परेका हुन्। पहाडी इन्स्योरेन्सको उपशाखा कार्यालय होलेरीको सपोर्ट पदमा कार्यरत रहँदा बखत बीमित व्यक्तिहरूको १८ लाख ६७ हजार सात सय एक रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन्।   रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार पहाडीले बीमित व्यक्तिहरूको रकम बुझेर कम्पनीको सफ्टवयरमा अद्यावधिक गर्नुपर्नेमा आफूखुसी राखेर रकम हिनामिना गरेका थिए। विभिन्न मितिमा होलेरी शाखाबाट विभिन्न ५६ जना व्यक्तिहरूले बीमा बापत जम्मा गरेको रकम पहाडीले आफूखुसी अपचलन गरेको प्रहरी निरीक्षक चापागाईंल...
चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति

चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं ।  अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाउने निर्णय गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म चलेको अमेरिका-चीन व्यापार वार्ताबाट दुवै देशले एक अर्कालाई लगाएको भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति भएको हो।   सोमबार वार्तापछि संयुक्त वक्तव्य जारी गरिएको छ। वक्तव्यअनुसार हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको छ। अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। २ दिनसम्म बसेको बैठकपछि वार्तामा सहभागी प्रतिनिधिहरूले आइतबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उल्लेख्य उपलब्धी भएको बताएका थिए। &nb...
जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

जाजरकोट, कारागारमा एक कैदिले गरे आत्महत्या

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोट कारागारमा एक थुनुवा कैदीले आत्महत्या गरेका छन्। भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारकाे शाैचालयमा झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले  जानकारी दिएका छन्। बुढा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनीमाथि चलिरहेको मुद्दाको फैसलाअघि नै कारागारमा आत्महत्या गरेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डीएसपी शर्माका अनुसार घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।...
बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंसँग तीन दिनसम्म बयान

बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंसँग तीन दिनसम्म बयान

समाचार
काठमाडौं ।  दुर्गा प्रसाईं विरूद्धको बैंकिङ कसुर मुद्दामा तीन दिनसम्म बयान भएको छ।   विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा गएको साता प्रसाईंसँग तीन दिनसम्म बयान लिइएको हो। एउटा कामको लागि बैंकबाट ऋण लिएर अर्कै ठाउँमा खर्च गरेपछि प्रसाईंविरूद्ध नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई गत माघ २३ गते पत्राचार गरेको थियो।   त्यसयता सिआइबीले प्रसाईंमाथि बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको हो।   मेडिकल व्यवसायीसमेत रहेका 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' प्रसाईं हाल राज्य विरूद्धको कसुर, ज्यानमार्ने उद्योग र संगठित अपराध कसुरको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। चैत २९ गतेदेखि हिरासतमा रहेका उनलाई सिआइबीले बयानका लागि विशेष सरकारी ...
आइपिएलका बाँकी खेल यसै सातादेखि हुने सम्भावना

आइपिएलका बाँकी खेल यसै सातादेखि हुने सम्भावना

समाचार
काठमाडौं ।  भारत र पाकिस्तान बीच शनिबार युद्धविराम घोषणा भएपछि भारतको क्रिकेटको प्रशासनीक निकाय बिसिसिआईले आइपिएल २०२५ पुन: सुरु गर्न प्रक्रिया अघि बढाएका छन्।   'युद्ध रोकिएको छ। नयाँ परिस्थितिमा बिसिसिआईका पदाधिकारी र आइपिएल सञ्चालक परिषदले आइतबार छलफल गरी निर्णय लिनेछ, ' बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले पिटिआईसँग भनेका छन्।   दस टोलीले विदेशी खेलाडी र कोचिङ स्टाफलाई भारत फर्काउन प्रयास गरिरहेका छन्। किनभने आइपिएल तत्काल सुचारु गर्ने योजनामा आइपिएलछ।   यो हप्ताको सप्ताहान्त (मे १५ तिर) भारतीय सरकारको अनुमतिमा आइपिएल सुरु हुन सक्ने बुझिएको क्रिकइन्फोले जनाएको छ। भारत र पाकिस्तानबीच सीमा तनाव बढेपछि शुक्रबार एक हप्ताका लागि आइपिएल स्थगित गरिएको थियो। तनावका कारण मे ८ मा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल पहिलो इन...
गाैरीघाटमा संचालनमा आयो किसान रैथाने मार्ट

गाैरीघाटमा संचालनमा आयो किसान रैथाने मार्ट

कृषि, समाचार
काठमाडौ । नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले किसान रैथाने मार्ट संचालनमा आएको छ। काठमाडौं पशुपति-गाैरीघाट गुहेश्वरी पुल अगाडि संचालनमा आएको किसान रैथाने मार्टले कृषि बजारमा विभिन्न खालका व्यवसायमैत्री हुन प्रविधिका सामाग्रीहरु तथा विभिन्न जिल्लामा उत्पादित किसानका उत्पादनहरु समेत मज्जाले देख्न पाइन्छ । खास गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोगबाट उत्पादित उपजहरुलाई मार्टले विक्रिको लागि विशेष जोड दिएको छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्दै व्यवसायिक कृषिको प्रवद्धन गर्ने उदेश्यले हामी कृषि उद्यमीहरू नै मिलेर मार्ट संचालन गरेको ककनी स्ट्रबेरी एवं नमुन्चेत कृषि फार्मका संचालक युवा व्यवसायिक छेसाङ तामाङले बताउनुभयो ।...
पुरानो गीत ‘जत्तुकु मुबा आङीला जामे’ नयां स्वाद सहित पुनःताजकिकरण

पुरानो गीत ‘जत्तुकु मुबा आङीला जामे’ नयां स्वाद सहित पुनःताजकिकरण

मनाेरन्जन, समाचार
काठमाडौं । पुरानो निक्कै नै हिट गीत जत्तुकु मुबा आङीला जामे बोलको गीत नयां स्वाद सहित पुनः बजारमा ल्याएको छ ।एनालग जमानामा स्थापना गरेर संचालमा रहेको पुरानो म्युजिक कम्पनि Shree Music ले पुरानो गीतलाई रि-रेकर्ड गरेर डिजिटल बजारमा भिडियो सहित सार्वजनिक गरेका हुन् । २०५४ सालमा ‘सेम’ एल्बममा समाबेश गरिएको यो गीत तामाङ गीतसंगीतको ईतिहांसमा निक्कै नै हिट गीत रहेका थिए । एनालगको जमाना मै हिट रहेको यो गीकलाई नयां प्रविधिको प्रयोग सहित पुनः डिजिचल बजारमा ल्याएको हो । लाल बहादुर योञ्जनको शब्द रहेको उक्त गीतमा वरिष्ठ संगितकार भरत योञ्जनको संगीत रहेको थियो भने आवाज शब्द रचनाकार लाल बहादुर योन्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो । शुक्रबार Shree Music बाट सार्बजनिक गरिएको उक्त गीतको नयां भर्जनमा भने वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ र The Voice of Nepal Season 5 का फर्स्ट रनर-...
भारत – पाकिस्तान युद्ध विरामकाे घाेषणा

भारत – पाकिस्तान युद्ध विरामकाे घाेषणा

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।...
श्यामलाल योन्जनको प्रेम गीत बिगतको कुरा भिडियो सहित सार्वजनिक

श्यामलाल योन्जनको प्रेम गीत बिगतको कुरा भिडियो सहित सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौ । युवा नेता तथा व्यवसायी श्यामलाल योन्जनको नेपाली प्रेम गीत विगतको कुरा भिडियो सहित सार्वजनिक भएको छ। शुक्रवार भक्तुर सुर्यविनाय स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । उत्प्रेरक वक्ता , वरिष्ठ प्रशिक्षक विकाशदेव योन्जनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । प्रेम र विछोडको समिश्रणमा आधारित उक्त गीतले प्रेमको सकरात्मक पक्षलाई उजागर गरेको पाईन्छ । भिडियोको निर्देशक विकाश देव योन्जनले गीतको भिडियोमा ग्ल्यामरस दृश्य थोरै समेट्ने जमर्को गरे पनि भल्गाराटिलाई प्रोत्साहन नदिएको कुरा प्रष्ट पारेका छन् । निक्कै मिहनतका साथ गरेको यो प्रयासलाई आम दर्शकले आलोचित ढंगले नभएर सिक्ने अवसरको रुपमा हेर्न अनुरोध गरेका छन् । गीतको भिडियो अभिनय गरेका नव मोडल श्यामलाल योन्जनको शब्द रचनामा बनेको उक्ता गीत...