२२ कार्तिक २०८२, शनिबार

सोफा किन्दा १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर, तारालालले दिए बधाई

काठमाडौं । सोफा तथा फर्निचर उत्पादक कम्पनी ‘सोफा हब काठमाडौँ’ले ल्याएको ‘दशैं तिहार झड्का’ अफरको विजेता घोषणा गरेको छ ।
मंगलबार भक्तपुरमा आयोजित एक समारोहका बिच कम्पनीले लाइभ ‘लक्की ड्र’मार्फत थाइल्याण्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो ।
जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतिक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सीईओ तारालाल धरेलले जानकारी दिए ।

कम्पनीले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो ।

उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
स्थापना कालदेखि नै कम्पनीले गुणस्तरीय र आधुनिक डिजाइनका फर्निचरहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ । नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।