७ बैशाख २०८३, सोमबार

समाचार

बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

समाचार
काठमाडौं । दैलेखमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का  २५ वर्षीय खगेन्द्र भण्डारी र २४ वर्षीय गोविन्दबहादुर शाहीलाई शनिबार बेलुकी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिए। शुक्रबार राति १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिए। बालिकाका अभिभावहरुले किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।   शुक्रबार तीजको अवसरमा भएको नाचगान हेरेर फर्किँदै गर्दा उनीहरूले सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख छ। तीज नाचबाट साथीहरूसँग फर्कँदै गर्दै जंगलनजिक पुगेपछि ती दुई पुरूषहरूले लखेटेको जाहेरीमा उल्लेख छ। बालिकाहरू भाग्न थालेपछि उनीहरूले लखेट्दै ढुंगा हानेका थिए। उनीहरूले हान...
पाँच दिनअघि गोहीको आक्रमणमा परेका किशोरको शव भेटियो

पाँच दिनअघि गोहीको आक्रमणमा परेका किशोरको शव भेटियो

समाचार
काठमाडौं । बर्दियाको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणपछि बेपत्ता भएका किशोरको शव पाँच दिनपछि फेला परेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक मंगलबार दिउँसो मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई पौडी खेल्ने क्रममा मगर गोहीले आक्रमण गरेको थियो । निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले थारुको शव अंगभंग भएको अवस्थामा शनिबार दिउँसो फेला परेको थियो। शरीरका दुईवटा हात र एउटा खुट्टा नभएको अवस्थामा शव  फेला परेको वरिष्ठ सहायक संरक्षण अधिकृतसमेत रहेका पौडेलले बताए।   'पाँच दिन पछि शव फेला परेको हो,’ उनले भने, ‘शरीरका अंगहरु क्षतबिक्षत अवस्थामा फेला परेको छ।’ राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीहरुको प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयसमेत थारुलाई गोहीले आक्रमण गरी बेपत्...

आफ्ना हाकिमसँग ‘सम्बन्ध राख्न’ भन्दै बालिकालाई फकाउने कार्यालय सहयोगी पक्राउ

समाचार
काठमाडौं । आफ्नो कार्यालयका हाकिमसँग यौन सम्बन्ध राख्न भन्दै एक बालिकालाई फकाएको आरोपमा कार्यालय–सहयोगी पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार ओखलढुंगाको एक सरकारी कार्यालयमा कार्यरत प्रमिला विश्वकर्मा पक्राउ परेकी हुन्। प्रमिलाले आफूले काम गर्ने कार्यालयका प्रमुखसँग यौन सम्बन्ध राख्न भन्दै १३ वर्षीया बालिकालाई फकाएको अडिओ रेकर्ड पनि प्रहरीले पाएको छ।   बालिकाले दिएको जाहेरीका आधारमा उनलाई साउन २१ गते पक्राउ गरिएको हो। उनीविरूद्ध बालबालिका सम्बन्धी ऐनको बालयौन दुराचार कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको इन्स्पेक्टर भट्टराईले बताए। 'सोधपुछ भइरहेको छ, हामीले अनुसन्धान अगाडि बढाएका छौं,' इन्स्पेक्टर भट्टराईले भने। यो घटनामा कार्यालय प्रमुखबारे भने अझै अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।...
बाबाकाे अन्तिम फाेन शुशिललाई, जाे बाेल्दा- बाेल्दै बेपत्ता भए

बाबाकाे अन्तिम फाेन शुशिललाई, जाे बाेल्दा- बाेल्दै बेपत्ता भए

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ;बाबाकाे अन्तिम फाेन सुशिललाई जाे बाेल्दा- बाेल्दै बेपत्ता भय ,एक घण्टा सम्मा फाेन लाग्थ्यो बुवाकाे, जाे बेल्दा -बाेल्दै बेपत्ता भय। गत बुधबार भारतकाे उत्तराखण्डकाे धरालिमा पहिराेमा बेपत्ता भयका मानबहादुर सिंह लगायत जाजरकोट कुशेका १३ जना र ९ अन्य ठाउँका नेपाली सहित १०० जना बेपत्ता छन । बाढीमा परी हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी दूतावासलाई गराएका छन् । बाढीमा परेर कर्णालीका १५ जनासहित २२ नेपाली बेपत्ता भएको बताइएको छ । त्यहाँ खोजी कार्य जारी छ । मान बहादुर सिंह छाेरा र आफन्त लियर भारतमा राेजगारिकाे लागि गयकाे करिव  महिना बितिसकेकाे थियाे। बाहिर पानी परिरहेको थियाे,आफ्नै गाउका आफन्तसंग एउटा काेठामा बसेका थिय । छाेरा भने अलि माथिल्लाे गाउमा गयर क्यारमबाेर्ड खेलिरहेका ...
नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

समाचार
काठमाडौं। नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो ।   महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो । पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो । यातायातका साधनको चाप बढेसँगै बेलीब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्टहरु खुस्किएर बिछ्याइएका पाताहरु खुकुलो हुन थालेपछि जोखिम बढेको थियो । यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्न...
चक्रे मिलनसँग भक्तपुर प्रहरीले लियो बयान

चक्रे मिलनसँग भक्तपुर प्रहरीले लियो बयान

समाचार
काठमाडौं। प्रहरी हिरासतमा रहेका गुण्डा नाइके चक्रे मिलनसँग भक्तपुर प्रहरीले बयान लिएको छ । एक वर्षअघि भक्तपुरमा एक युवकमाथि कुटपिट गरेको घटनामा उनको बयान लिइएको हो ।   २०८१ भदौ १० गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा सर्लाहीका मनीष रायमाझीमाथि कुटपिट भएको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए। केही दिन पहिले उनलाई काठमाडौं प्रहरीले जन्मदिनको बहानामा आतंक मच्चाएको आरोपमा पक्राउ गरेको थियो । भक्तपुर प्रहरीले बयान लिएर उनलाई फेरि काठमाडौं प्रहरीको जिम्मा लगाइसकेको छ । ...
उत्तराखण्ड पहिराेमा पुरियका जाजरकोट टालेगाउका ६ र जुम्लाका एक जनाकाे सनाखत

उत्तराखण्ड पहिराेमा पुरियका जाजरकोट टालेगाउका ६ र जुम्लाका एक जनाकाे सनाखत

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : भारतकाे उत्तराखण्डकाे पहिराेमा परि कुशे गाउपालिका - २ टालेगाउका  ६ जना र जुम्ला तातोपानी गाउपालिका कुडारीका एक जनाकाे मृत्यु भयकाे पुष्टि भयकाे छ । मृत्यु हुनेहरूमा कुशे गाउँपालिका-२ टालेगाँउका कर्ण बहादुर  सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, तिलबहादुर सिंह, रबिन सिंह छन् । मृतक एक जनाको नाम नखुलेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर अझै ६ जना बेपत्ता रहेको परिवारका सदस्यले दिएको जानकारी दिएको अध्यक्ष बस्नेतले बताउनुभयो । अर्का मृतक जुम्ला कुडारीका जनक बहादुर शाही रहेको बताइएको छ ।  ...
भारतकाे उत्तराखण्ड पहिराेमा जाजरकोटका एउटै वडाका १३ जना बेपत्ता

भारतकाे उत्तराखण्ड पहिराेमा जाजरकोटका एउटै वडाका १३ जना बेपत्ता

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट :भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्। कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउनका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। विज्ञप्तिमार्फत प्रदेश तथा सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइएको छ। उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भई आएको भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो।...
पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी

समाचार
काठमाडौँ ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन् ।   पक्राउ मध्ये राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रुपैयाँ र चन्द्र बहादुरले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार  रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार पक्राउ गरेको हो ।   ...

शिक्षक बढुवा तीन तरिकाबाट गर्ने प्रस्ताव शिक्षा समितिबाट पारित

समाचार
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट तीन तरिकाबाट शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार सिंहदरबारस्थित समिति सचिवालयमा बसेको बैठकले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो । समिति बैठकमा मन्त्रालयका सचिव चूडामणि पौडेलले पेस गरेको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा गर्ने प्रस्ताव समिति बैठकबाट पारित भएको हो । सचिव पौडेलले आधारभूत तहका तृतीय श्रेणीका शिक्षक शतप्रतिशत खुला प्रतियोगिताबाट बढुवा गर्ने, दृतिय श्रेणीका शिक्षक आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा हुने प्रस्ताव गरेका थिए । प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताब...