१ जेष्ठ २०८२, बुधबार

समाचार

समाजवादी माेर्चालाई बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुकाे सुझाव यस्तो छ

समाजवादी माेर्चालाई बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुकाे सुझाव यस्तो छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : चार दलिय समाजवादी माेर्चालाई बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुहरुले आज विभिन्न सुझाव, आलोचना र टिप्पणी गरेका छन । नेकपा माओवादी केन्द्र , नेकपा एकीकत समाजवादी, नेकपा र जसपा सम्मिलित समाजवादी माेर्चाले आज बुद्धिजीवी र नागरिक समाजका अगुवा संग परामर्श कार्यक्रममाकाे आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रममा सहभागी भएका नेपालका बामपंथी  बुद्धिजीवीहरुकाे उक्त पार्टी र माेर्चालाई विभिन्न सुझाव दिएका थिय ।भाेजराज रेग्मी : यस्ता कार्यक्रम विप्लव रसिला हुन्थे आज निन्याउराे , उकुसमुकुस देखिन्छ , बाेलिमा तगाडा तियाे , आज किन निराशा देखिनु हुन्छ ,हाे निराशा काे भुमरिमा हामी छाै २०७५ पछि बहुमत पछि अध्याधिक बहुमत थियाे , उर्जा थियाे , केही कुरा गम्भीरता पुर्वक साेच्ने वेला छ , अहिले गणतन्त्र माैन किन राजावादी किन सडकमा  ,सामाजिक संजालमा गणतन्त्र डिफेन्सङ भयर किन आयाे ।सत्ताका लागि जे पायाे...
माओवादी मात्र हाेईन सिङ्गो कम्युनिस्टहरुकाे एकताकाे अभियानमा छाै : विप्लव सि

माओवादी मात्र हाेईन सिङ्गो कम्युनिस्टहरुकाे एकताकाे अभियानमा छाै : विप्लव सि

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने उद्घोष गरेका छन् ।समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् ।महासचिव विप्लव सीले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताउदै भने- ‘हामी नेपालको होल कम्युनिस्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त ? भन्नेमा पनि सोचिरहेका छौँ । माओवादीलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिस्ट मुभमेण्टलाई नयाँ अवधारणामा, रूपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।’ यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले तत्कालीन राजा विरेन्द्रको वंशनाश हुनेगरी भएको द...
नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न

नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न

खेल, समाचार
काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ - नेकोस द्वारा आयोजित १ vs १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा भएको हो । उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल शिन क्योकुशिन कराँते संघका नेपाल प्रमुख सुर्य बहादुर बुढाथोकीको अध्यक्षतामा रहेको उक्त प्रतियोगितामा नेकपा एमालेका केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघका इन्चार्ज तथा पुर्व बागमती प्रदेश मन्त्री जेएन थपलिया प्रमुख अतिथि साथै प्रधानमन्त्री केपी शर्मा ओलिका स्वकीय सचिव तथा नेकोसका उपाध्यक्ष दिपेन्द्र दाहाल विशेष अतिथिको रूपमा सहभागी भएका थिए । फुलकन्ट्याक्ट कराँते संघ - नेकोसका अध्यक्ष तथा नेपाल बुदोकाई-दो संघका अध्यक्ष ...
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।   युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । ...
हरियाणामा भाजपा नेता सुरेन्द्र जवाहराको गोली हानी हत्या

हरियाणामा भाजपा नेता सुरेन्द्र जवाहराको गोली हानी हत्या

समाचार
काठमाडौं । भारतको हरियाणाको सोनीपतमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुरेन्द्र जवाहराको गोली हानी हत्या भएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उनका छिमेकीले जवाहराको गोली हानी हत्या गरेका हुन् । जवाहराका छिमेकीले तीन राउण्ड फायर गरेका थिए ।   शुक्रबार भाजपा नेता जवाहराले आफ्नो परिवार र पार्टी कार्यकर्तासँग होली खेलेका थिए । उनीहरु राति करिब ९ बजे घर पुगेका थिए, त्यही क्रममा छिमेकीले पेस्तोलले गोली हानेका थिए ।   घटनाको सीसीटीभी फुटेजमा भाजपा नेता जवाहरा आफ्नो ज्यान जोगाउन पसलमा पसेका थिए तर तीन राउण्ड गोली चलाउँदा ज्यान गुमाए । उनको शव खानपुर कलान गाउँस्थित फूलसिंह सरकारी महिला मेडिकल कलेज अस्पतालमा राखिएको छ ।   प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ...
देशभर स्ववियु चुनावको रौनक : राजनीतिक दलहरुको परीक्षा

देशभर स्ववियु चुनावको रौनक : राजनीतिक दलहरुको परीक्षा

समाचार
काठमाडौं ।  राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका कारण देशभरका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ । यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिविअन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । विशेषगरी राजनीति दलहरुले स्ववियु निर्वाचनलाई आफ्नो शक्ति प्रदर्शनका रुपमा हेरेका छन् । चुनावको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रीत गतिविधिहरु भइरहेका छन् । उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन् । मुख्यगरी काठमाडौंको प्रदर्शनी मार्ग, बागबजार, पुतली सडक, घन्टाघर क्षेत्रमा विद्यार्थीहरुको चहलपहल बाक्लो छ । यद्यपि, कतिपय ठूला मानिएका क्याम्पसमा भने विद्यार्थी, निर्वाचन समिति, क्याम्पस प्रशासनबीच मनमुटाव हुँदा निर्वाचन स्थगित समेत भएको छ । तथापी, निर्वाचन निश्चित भएका काठमा...
मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु

मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु

समाचार
काठमाडौं । कैलालीमा नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ।   धनगढी नगरपालिका-१९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय १६ वर्षीय दिनेश ओझा र १५ वर्षीय आशिष ओझा छन्।   कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार शुक्रबार दिउँसो तीन बजे नुहाउन भनेर आशिष र दिनेश चारजना साथीहरूसँगै गएका थिए।   १६ वर्षीय करणसिंह धामी, १५ वर्षीय आदर्श पुजाराले उनीहरू डुबेको खबर गरेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए।   खोजी गर्दा साँझ ५ बजेर ५ मिनेटमा दिनेश ओझा र ५:२५ बजे आशिलाई नदीबाट मृत अवस्थामा निकालिएको डिएसपी बोहराले बताए।   शव पोस्टमर्टमपछि परिवारको जिम्मा लगाइने उनले बताए।घटनाबारे थप अनुसन्धान  भइरहेको पनि उनले बताए। ...
ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाले निकाल्यो दक्षिण अफ्रिकाका राजदूतलाई

ट्रम्पको विरोध गरेको भन्दै अमेरिकाले निकाल्यो दक्षिण अफ्रिकाका राजदूतलाई

समाचार
काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई निस्कासन गरको छ।   अमेरिकाका  विदेशमन्त्री मार्को रूबिओले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसुललाई अब अमेरिकामा स्वागत गर्न नपर्ने भनेर एक्समा लेखेका छन्।   क्यानडामा जी-७ राष्ट्रहरुको विदेश मन्त्रीहरूबीचको बैठक सकेर अमेरिका फर्किएका रूबिओले राजदूत रसुललाई अमेरिका प्रवेशमा रोक लगाइएको बताएका हुन्।   विदेशमन्त्री रूबिओले रसुलले जातीय राजनीति गरेको र अमेरिकी राष्ट्रपति ट्रम्पको कट्टर विरोधी भएका कारण उनलाई अमेरिकामा स्वागत गर्न नसकिने भनेर एक्समा लेखेका छन्।   ‘दक्षिण अफ्रिकी राजदूत रसुललाई हाम्रो महान देश अमेरिकामा स्वागत छैन। उनी एक जातीवादी हुन् जो अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन्,’ रूबिओले एक्समा लेखेका छन्।   ...

जयन्दु बाल सुधार गृहमा तनाव: थप १५ जना घाइतेलाई पठाइयो अस्पताल

समाचार
काठमाडौं ।  बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियाँस्थित जयन्दु बाल सुधार गृहका थप १५ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।   स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीभित्र प्रवेश गरी घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको हो। बालबन्दीले शनिबार बिहान आफू बस्ने भवनमा आगो लगाएका थिए। आगो लगाएपछि उनीहरू छतमा बसेका थिए। आगो निभाउन गएको दमकल पनि उनीहरूले भित्र प्रवेश गर्न दिएका थिएनन्।   उनीहरूले रेलिङ भत्काएर, ढुंगा र इँटाहरूले घरको छतबाट प्रहरीमाथि आक्रमण गरेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले आफै माइकिङ गरी शान्त बस्न र केही समस्या भए राख्न आग्रह गर्दा पनि बालबन्दीहरू शान्त भएका थिएनन्। बालबन्दीहरूको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले...

काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिए पछि दुईजनाको ज्यान गयाे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिएपछि भएको दुर्घटनामा माेटर साईकल सवार एक जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका कागेश्वरी मनहरा र शनिबार बिहान काठमाडौंको तीनकुनेमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन्। काठमाडौं महानगरपालिका ३२ तीनकुने गौरीगाउँमा शनिबार बिहान साढे चार बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र३–०२ –००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोक पनौती ११ का सुकराम तामाङको मृत्यु भएको र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का रमेश तामाङ घाइते भएका छन्। दुर्घटनापछि फरार भएको टिपर विमानस्थल भन्सार कार्गाेभित्र भेटिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उता, कागेश्वरी मनहरा वडा नम्बर १ स्थित सानीटारीमा पनि टिपरकै कारण मोटरसाइकल चालकले ज्यान गुमाएका छन्। बा ५ ख ११६८ नम्ब...