
वार्ता भएको केही घन्टामै रूसले गर्यो युक्रेनमा ड्रोन हमला
काठमाडौं । टर्कीको इस्तानबुलमा वार्ता भएको केही घन्टामै रूसले युक्रेनमाथि ड्रोन हमला गरेको छ।
शनिबार बिहान रूसले युक्रेनको बिलोपिलिया सहरमा प्रहार गरेको ड्रोन यात्रुवाहक बसमा लाग्दा ९ जनाको मृत्यु भएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
उक्त हमला युक्रेनको स्थानीय समयअनुसार शनिबार बिहान ६:१७ बजे भएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन हमलामा परी क्षतविक्षत भएको बस र त्यसमा मारिएका युक्रेनी नागरिकहरुको तस्बिर एक्स (पहिले ट्वीटर)मा राखेका छन्।
आक्रमणमा रूसले सटिक र घातक ल्यान्सेट ड्रोन प्रयोग भएको थियो। युक्रेनी अधिकारीहरुका अनुसार यो ड्रोनलाई अर्को निगरानी ड्रोनले लक्ष्यसम्म डोहोर्याएको थियो।
आक्रमणमा सात जना घाइते भएको बताइएको छ।
युक्रेनका विदेशमन्त्री आन्द्रे सिबिहाले यो आक्रम...