१३ असार २०८२, शुक्रबार

समाचार

द फेस अफ मोडल सिजन २ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

द फेस अफ मोडल सिजन २ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

समाचार
काठमाडौं। डिभाइन एण्ड एलिगेन्ट डि.ई. इभेन्ट्सद्वारा आयोजना गरिएको द फेस अफ मोडल सिजन २ (२०८२) को ग्राण्ड फिनाले बैशाख ९ गते फुड कोर्ट, सिटी सेन्टरमा भव्यताका साथ सम्पन्न भयो। कडा प्रतिस्पर्धामाझ विवश सिंह थापाले मिस्टर फेस अफ मोडल तथा पुनम तामाङले मिस फेस अफ मोडलको उपाधि जित्न सफल भए। त्यस्तै, प्रतियोगितामा जेसिका बुद्ध क्षेत्रीले यस सिजनको ब्रान्ड एम्बेसडर को उपाधि हात पारिन् भने अर्गनाइजर च्वाइस अवार्ड देवांश चन्दले प्राप्त गरे । आम पब्लिकको मन जित्दै आरुष कडरियाले मोस्ट पपुलर मोडलको उपाधि जिते। कार्यक्रममा निर्णायकको भूमिकामा सरोज ओझा, सुशिला थापा, टेकराज पाण्डे, र सन्नि सिंह रहनुभएको थियो । डि.ई. इभेन्ट्स की प्रबन्ध निर्देशक अमिशा ओलीले कार्यक्रम नेपाली सांस्कृतिक सम्पदा, कलात्मक अभिव्यक्ति र नयाँ प्रतिभाको सम्मानका रूपमा आयोजना गरिएको जानकारी दिइन्।...
सुरक्षा व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा भण्डारी निर्वाचित

सुरक्षा व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा भण्डारी निर्वाचित

समाचार
काठमाडौं । सुरक्षा व्यवसायी सङ्गठन नेपालको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको १७ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा खेम राज भण्डारी निर्वाचित भएका छन् । सुरक्षा व्यवसायी सङ्गठन नेपालको उपाध्यक्षहरूमा प्रमोद आचार्य, सबल चन्द्र शाह, भोज कुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा विष्णु प्रसाद तिमल्सिना, सचिवमा विजय कुमार तामाङ, सह सचिवमा अच्युत राज गौतम, कोषाध्यक्षमा उद्धव चमरेल र सदस्यहरूमा नारायण प्रसाद श्रेष्ठ , ओम प्रसाद धमला , दीपक सेढाईं, महेश कुमार कुशवाहा, ईश्वरी प्रसाद पौडेल निर्वाचित भएका छन् । कार्यक्रमको स्वागत मन्तव्य खेमराज भण्डारी र संगठनको गतिविधिबारे सभाका अध्यक्ष उद्द्बराज डल्लाकोटीले प्रकाश पारेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष विष्णु प्रसाद आचार्य प्रमुख अतिथि थिए । त्यस्तै प्रमुख निर्वाचन अधिकृत तीर्थराज पराजुली, निर्वाचन ...
लिंकन स्कुलले लगायो सार्वजानिक जग्गामा पर्खाल : स्थानियहरु भन्छन् यस्तो ज्यादती कहिले सम्म सहनु पर्ने हो सरकार ?

लिंकन स्कुलले लगायो सार्वजानिक जग्गामा पर्खाल : स्थानियहरु भन्छन् यस्तो ज्यादती कहिले सम्म सहनु पर्ने हो सरकार ?

समाचार
काठमाडौं । काठमाडौं उपत्यकामात्र नभई देशै भरिको सार्वजानिक जग्गा अतिक्रमणका घटनाहरुका बिषयमा दिन प्रतिदिन सामाजिक संजाल र अनलाईन मिडियाहरुमा केहि न केहि आईरहेकै छन् । डि मिडिया कम्पनिले सन्चालन गरेको अनलाईन टेलिभिजन कार्यक्रम मिसन भण्डाफोरले नेपालमा अमेरिकन लगानीमा संचालन भईरहेको लिंकन स्कुलले सार्वजानिक जग्गा अतिक्रमण गरेको बिषयमा रिपोर्ट बजाए पछि अहिले त्यस जग्गाको बारेमा जताततै चर्चा हुन थालेको छ । काठमाडौंको कालिमाटी सोल्टीमोड मा रहेको लिंकन स्कुल नेपाल संग भाईचाराको संबन्ध बिस्तार गरेर नेपालमा आफ्नो भौतिक उपस्थिति जनाउन राजदुतावास खोले पछि आफ्ना कुटनितिक नियोगका अधिकारीहरुका बालबच्चाको लागि भनेर अमेरीकाले नेपालमा खोलेको एक स्कुलको नाम हो । पहिला त यो स्कुलमा अमेरिकबाट नेपालमा आएका कुटनितिक नियोगमा रहेका अधिकारीहरुका बालबच्चा मात्र पढ्न पाउँथे तर अहिले भने नेपालको शिक्षा निति अनुसार...
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गधराज निर्वाचित

सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गधराज निर्वाचित

समाचार
काठमाडौं । पछिल्लो समय सिन्धुपाल्चोक माओवादीमा चर्चित बन्दै गएका युवा नेता तोक बहादुर गधराज (तोकेन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा चयन भएका छन् । गत २०७९को स्थानिय निर्वाचनमा निहु खोज्न आउनेलाई कम्मरमुनि हान्दिनु भन्ने भाषण दिए पछि चर्चामा आएका गधराज सिन्धुपाल्चोक माओवादीमा मात्र नभएर ग्रंील तथा स्टील व्यवसायी महांसंघ नेपालमा केन्द्रिय सदस्यको रुपमा कार्यरत छन् । बिभिन्न सामजिक संस्थामा सकृय गधराज ग्रील तथा स्टील व्यसायी समेत हुन् । हरेक परिस्थितिलाई सहजरुपमा पार लगाउने क्षमता भएका गधराजको नेतृत्वले सिन्धुपाल्चोक माओवादीलाई थप बलियो बनाउने आँकलन गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट गधराजको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका हुन् । नवगठित समितिमा १) अध्यक्ष : तोक बहादुर गधराज(तोकेन्द्र) २) बरिष्ठ उपाध्यक्ष : स...
ठगी अभियोगमा पाँच जना बंगलादेशी पक्राउ

ठगी अभियोगमा पाँच जना बंगलादेशी पक्राउ

समाचार
काठमाडौँ । प्रहरीले बंगलादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ कालीमाटी बस्ने बंगलादेशी नागरिक मोहम्मद मुस्तफिजुर रहमान, महम्मद फरहाद हुसेन चौदरी, अबु युसुफ एमडी हानिफ, मिल्तान काजी शाहताब हुसेन र अजिम मोलिक रहेका छन् । उनीहरूले नेपाल हुँदै अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भियालगायतका मुलुकमा रोजगारीको लागि पठाउने भन्दै एजेन्टमार्फत पर्यटक भिसामा बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कविहीन बनेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उजुरीको आधारमा उनीहरूलाई सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो । यस...
अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ । भारतीय सेनाले कश्मीर उपत्यकाभर व्यापक रूपमा आतंकवादीहरू ‘खोज र नष्ट अभियान’ सुरु गरेको छ । त्यसका लागि निगरानी ड्रोनहरू तैनाथ गरिएको छ । र, सैनिक संख्यालाई बढाइएको छ । यो खोज अभियानले तीन संदिग्धहरूको खोजी गरिरहेको छ । तीनमध्ये एक भारतीय नागरिक र दुई पाकिस्तानी छन् ।   शुक्रबार बिहान, कश्मीरका अधिकारीहरूले दुई संदिग्ध उग्रवादीका घर भत्काइदिएका छन् । जसमध्ये एक मंगलबारको आक्रमणमा आरोपी रहेको एक अधिकारीले बताएका छन् । दुई देशहरूबीच तनाव बढ्दै जाँदा, संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह गरेको छ । दुई देशबीचको सम्बन्ध वर्षौंपछिको सबैभन्दा निम्न स्तरमा झरेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।   भारत पाकिस्तान सीमाक्षेत्रमा बिहीबार राति गोली हानाहान भएको छ । भारतीय सेनाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार ए...
धनुषामा राजेन्द्र लिङ्देनको पुत्ला जलाइयो

धनुषामा राजेन्द्र लिङ्देनको पुत्ला जलाइयो

समाचार
काठमाडौं । धनुषामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको पुत्ला दहन गरिएको छ ।   नेपाली काँग्रेसका नेता कार्यकर्ताले लक्ष्मीनियाँमा लिङ्देनको पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर-ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो ।   सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरे । लिङ्देनले भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह-महामन्त्रीको छोरा संलग्न रहेको दावी गरेका थिए ।...
काठमाडौं महानगरमा आइतबार शोक बिदा

काठमाडौं महानगरमा आइतबार शोक बिदा

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।   तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरपालिकाले आइतबार शोक बिदा दिएको हो ।   उनको हिजो शुक्रबार निधन भएको थियो । निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।   प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी गराएको छ । वि. सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उपप्रधानपञ्चका रुप उहाँले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याएको योगदानको उच्च सम्मान बिदा दिने निर्णय भएको महानगरले जनाएको छ । ...
पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध

पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध

समाचार
काठमाडौं ।पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाएको छ।   मंगलबार भारतप्रशासित जम्मू-कश्मिरको पहलगाममा २६ जनाको मृत्यु हुनेगरी भएको आतंकवादी हमलापश्चात दुई देशबीच बढ्दै गएको तनावकाबीच पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाशमा उडान प्रतिबन्ध लगाएको हो। पाकिस्तानको यो निर्णय भारतले सिन्धु जलसम्झौता निलम्बनको निर्णयपछि आएको हो।   पहलगाम घटनाको समयमा युएई भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण छोट्याएर फर्किएको भोलिपल्ट सुरक्षा क्याबिनेट बैठक बोलाएर सिन्धु जलसम्झौता तत्कालका लागि निलम्बन गर्ने लगायतका पाँच निर्णय गरेका थिए। त्यसको जबाफमा बिहीबार पाकिस्तानले पनि सिमला सम्झौता, भारतसँगको सबै द्वीपक्षीय सम्झौता र  व्यापारसमेत तत्कालका लागि रोक्ने निर्णय गरेको थियो।   त्यस्तै भारतीय जहाजहरुलाई पाकिस्तानी आकाश उपयोग गर्न ...
शिक्षक आन्दोलनमा कुटिए शिक्षक

शिक्षक आन्दोलनमा कुटिए शिक्षक

समाचार
काठमाडौं । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनमा एक जना शिक्षक कुटिएका छन्।   शनिबार दिउँसो १ बजेतिर काठमाडौं महानगरपालिका-१० बिजुलीबजारस्थित नेपाल शिक्षक महासंघ राष्‍ट्रिय आन्‍दोलनमा सहभागी एक शिक्षकमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।   कैलाली धनगढी उपमहानगरपालिका-१ घर भइ काठमाडौं-३१ आलोकनगर बस्दै आएका ५४ वर्षीय केशव राज जोशीमाथि कुटपिट भएको हो।   उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन्।   अन्दाजी १५/२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको एसपी बोहराले बताए। उनलाई प्रहरीले उद्धार गरी सिभिल अस्पतालमा पुर्‍याएको छ। उनको उपचार भइरहेको एसपी बोहराले बताए। उनको टाउकोमा टुटुलको उठेको र शरीरको विभिन्न भागमा चोट लागेको ...