काठमाडौं । पाँचथरमा दाजु बहिनीको शव फेला परेको छ ।
याङवरक गाउँपालिका-१ च्याङथापुबाट यही साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र चार वर्षीया छोरी नानुमा राईको शव फेला परेको हो।
विरूवा खोलाको किनारमा उनीहरूको शव फेला परेको हो । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।...
काठमाडौं । आँगनमा खेल्दै गरेका एक जना शिशुको कुलोमा डुबेर मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत आगनमा खेल्ने क्रममा घरनजिकै रहेको कुलामा लड्न पुग्दा बगेकी थिइन्।
सोमबार बेलुकी साढे पाँच बजेतिर घरको आँगनमा खेल्दै गर्दा गोठुवा कुलोमा बगेकी शुष्माको बेलुकी ६ बजेतिर उद्धारपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको थियो।
शुष्माको उपचारका क्रममा राति साढे नौ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
...
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।
मुख्यमन्त्री पदमा कांग्रेस सांसद बानियाँले मात्रै दाबी पेस गरेका थिए। नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई मंगलबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाको भनाइ छ।
नेपाली कांग्रेसकै बहादुर सिं लामा तामाङ यसअघि मुख्यमन्त्री थिए। तामाङले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री नियुक्त भएका हुन्।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।
...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरकोे भाउ केही वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ तीन पैसा, सिङ्गाप...
काठमाडौं । पानी पार्ने प्रणाली, मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा रहँदा लुम्बिनी प्रदेशका दुई केन्द्रमा अति भारी वर्षा भएको छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार दाङको जलकुण्डसिमा पछिल्लो २४ घन्टामा २३९.२ मिलिमिटर वर्षा भएको छ। २४ घन्टामा २०० मिलिमिटरभन्दा बढी वर्षमा भएमा अति भारी वर्षा भएको मानिन्छ।
त्यस्तै बाँकेको सिक्टामा २१०.२ मिलिमिटर वर्षा भएको छ। बाँकी तीन केन्द्रमा धेरै भारी वर्षा भएको छ।
बर्दियाको मानपुर केन्द्रमा पछिल्लो २४ घन्टामा १७४.४, बाँकेको पश्चिम राप्तीमा १७७.४, दाङको अम्बापुरमा १९३.२ मिलिमिटर वर्षा भएको छ।
...
काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा फरक मत लेख्ने तयारीमा प्रतिपक्षी दलका सांसदहरू छन्।
नेकपा (माओवादी केन्द्र), रास्वपा र राप्रपाका सांसदहरूले फरक मत लेख्ने तयारी गरेका हुन्।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई जिम्मेवार बनाउनुपर्छ भनेर हामीले भनेका छौं, सत्तापक्षीय सांसदहरूले यो कुरा मान्नु भएन भने फरक मत लेख्छौं,’ समितिका एक सांसदले भने।
प्रतिपक्षी दलका सांसदहरू बैठक छाडेर निस्केका छन्। नेपाली कांग्रेसले समिति सभापति रामहरि खतिवडालाई जोगाउन भूमिका खेलेको आरोप उनीहरूको छ।
‘समिति सभापतिलाई जोगाउने र कर्मचारीलाई मात्रै दोष थुपार्ने भूमिकामा कांग्रेस देखियो, हामी फरक मत लेख्छौं,’ ती सांसदले भने।
नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा गठित ७ ...
काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको छ ।
...
काठमाडौं । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएका छन ।
एउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्ष गरिरहेको छ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि सेरोफेरोको कथा सुस्केराले बोल्ने निर्देशक तथा लेखक घायलले बताए ।
यस चलचित्रमा दिनेश कोइराला , नेहा देव, डा. ओमकृष्ण प्रसाइ, नबराज अधिकारी ,मौसमी कार्कि, र बालकलाकार हरु आलोक चौरेलि, नायरा प्रसाइको अभिनय रहने छ ।
चलचित्रमा रबिन्द्र बरालको छायांकन , राजन महर्जनको नृत्य ,मदन न्यौपानेको मेकप , राजेस कुमारको सम्पादन रहने छ भने शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने । चलचित्रको काठमाडौका लागि मिडिया कोर्डिनेटर प्रमोद डिजी हुन भने कोसी प्रदेशको मिडिया कोर्डिनेटर मनोज दहाल रहेका छन ।
चलचित्रको छायांकन यहि भदौको दोश्रो साता बाट हुनेछ भने चलचित्रको छायांकन काठमाड...
Banepa, Kavre — Journalist and social activist Rajan Thapa has been presented with the ‘Outstanding Youth Journalism Award – 2025’ at the ‘Seventh Edition Kids of the Year International 2025’ organized by Radiant Event Management Agency.
The program was held grandly at Lotus Events and Reception in Banepa. The chief guest, Deepak Kumar Gautam, Chief of District Coordination Committee Kavre, and international model and fashion coach Raj Faizu presented Thapa with a certificate and honor.
Thapa, a resident of Sangla, Kathmandu Metropolitan City-1, has been active in journalism and social service for the past decade. He has been presenting truthful and investigative content on issues of distortion, anomaly, culture, art, politics and public interest.
He is also active in producing do...
काठमाडौं । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।
राममिलनले चलाएको मोटरसाइकलको पछाडि बसेका उनका छोरा विनोद भने घाइते भएका छन् ।
मोटरसाइकल अन्यिन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जानकारी दिएको छ ।
...